कृष्ण सारू मगर
दोहा,कतार ९ जुलाई – स्थाई घर जिलिङ ३ नुवाकोट बस्ने बाबा पिताम्बर दहाल र आमा गंगा दहालकी तीन सन्तान मध्ये २३ वर्षीय पुस्पक दाहाल जेठा छोरा उनी डेढ वर्ष अगाडि ६ सेप्टेम्बर २०१४ का दिन अल सहेली म्यानपावर एजेन्सी बाट रोजगारीको शिलशिलामा इस्काभेटर अपरेटरका लागि अल हसन ट्रास्पोर्ट कंपनीमा आएका हुन् ।
कतार आईडी नं( २९२५२४२५८८९ बाहक दहालको अलखिसा नजिकै अर्का इस्काभेटर अपरेटर भारतीय मुलका नागरिक बाट दुर्घटनामा परी गएको २८ अप्रैल २०१५का दिन बायाँ तर्फको खुट्टामा ठूलो चोट लागेर पैतालाको भाग गुमाउनु परेको हो ।
हमाद अस्पताल स्थित उपचारको क्रममा केही समय सम्म कम्पनी बाट तलब पाएको तर हाल उनले उक्त सेवा सुविधा नपाए पछि विचल्लित दहाललाई अन्ततः नुवाकोट सेवा समाजले तत्काल समस्या र समाधानका लागि सामान्य एक महिना सम्म पुग्ने गरी आर्थिक सह्योग गरेको समाजका सचिव सुरेन्द्र रिमालले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
अत्यन्तै कष्टकर अब्यवस्थाको लेबर क्याम्प सैलिया १ स्थित रहेका पिडित दहालका अनुसार केहि उपचार पछि दहालले घर पठाउन पटक,पटक आग्रह गर्दा समेत कम्पनीले विभिन्न बहानामा घर फर्काउन आलटाल गरेको हुँदा उचित क्षतिपूर्ति सहित स्वदेश जानका लागि सहजीकरण भुमिका निर्वाह गर्न कतारमा रहेका कानुनी अधिकारवादी संघ, संस्था, दुताबास तथा सम्वन्धित सबैमा उद्धारका लागि पहल गर्न अनुरोध गरेका छन् ।