देब पचभैया
पाल्पा पाल्पाको बौघागुम्हा ४ मा , ६ बर्ष देखि संचालनमा आएको रानीमहल मगरी हो स्टे ले एकातिर मगरी सस्कृति सरक्षण गरेको छ भने युवा र पाका पुस्ताको सम्बन्धलाई नजिक बनाएको छ । लाहुरे गाउको रुपमा परिचित गुम्हामा संचालित होम स्टेले रोजगारी दिएपछि स्थानियको आय स्रोत पनि बढ्दै गएको छ ।
गाउमा पाहुन पर्न थालेपछि जिवैमामा, मारुनी, कृष्ण चरित्र , करुवा ,सालै जो, झ्याउरे जस्ता पुराना गितहरु पुन घन्किन थालेका छन् । पाका पुस्ता बाट पुराना गितसंगितको जानकारी पाएका छौ, होमस्टेशका युवा सदस्य भिम लम्तरी भन्नुहुन्छ “पाहुनालाई सस्कृति देखाएर आर्थिक आर्जन पनि भएको छ ।” लम्तरीको सम्झनामा होम स्टेश संचालन नहुदा बुढापाका र युवा बिच खासै राम्रो सम्बन्ध थिएन ।
बुवा आमा गाउनुहुन्छ, हामी नाच्छौ, अर्की युवा सदस्य प्रमिला राना भन्नुहुन्छ जातिय भेष भुषा र गित संगितको बारेमा हामी युवालाई पनि ज्ञान भएको छ ।
गाउकै उब्जाउ अन्नपात प्रयोग हुदा दोहोरो फाईदा भएको छ । होमस्टेका अध्यक्ष लेख बहादुर थापाका अनुसार मगरी सस्कृतिमा गाउने नाच्ने, खाने बस्ने बाहेक घुमफिरको पनि ब्यवस्था छ । पर्यटकलाई रानीमहल, रिडि, भैरबस्थान, स्याङ्गजाको आलमदेबी लगाएतका स्थानमा पुर्याउने ब्यवस्था मिलाईएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
पाहुना संग भलिवल, क्रिकेट, ब्याडमिन्टन लगाएतका खेल खेल्न, उनीहरुलाई गाउ डुलाउन पनि हामी युवा सक्रिय छौ, स्थानिय माया राना भन्नुहुन्छ रानीघाट, भैरबस्थान, आलमदेबी लगाएतका स्थानमा टे«किङ्ग लादा पनि युवाको कमाई बढेको छ ।
७५ घर मगरको मात्रै बासोबास रहेको यो गाउमा ११ घरमा होम स्टे संचालनमा छ । धेरै पाहुना आए अरु १४ घर पनि तयारी अवस्थामा राखिएका छन् । पाहुनाको स्वागत, खाजा, खाना र बसोबास लगाएतका काम गर्न जिम्मेवारी बाडफाड गरिएको छ । ७० बर्षिय लोक बहादुर लम्तरीलाई सास्कृतिक फाटको जिम्मेवारी छ । नेपाली पर्यटकले ठुलो नाच (कृष्ण चरित्र) , जिवैमामा, करुवा नाच मन पराउछन्, उहा भन्नुहुन्छ उफ्रिन पाएर होला बिदेशीलाई चाही पन्चे बाजा मन पर्छ ।
लम्तरीका अनुसार गाउमा पुग्ने पर्यटकले सस्कृति हेर्नको लागी अतिरितm पैशा थप्नुपर्छ । समितिको निर्णय अनुसार ठुलो नाचको पन्ध्रशय, पंन्चे बाजाको पैतीस शय, कौरा नाचको हजार, जिवै मायाको पन्ध्रशय लिईन्छ ।
सदरमुकाम तानसेन देखि १० किलोमिटर उत्तर पश्चिममा रहेको रानीमहल होमस्टेमा पाहुनाको चाहाना अनुसारका खाना नास्ता तयार हुन्छन् । स्थानिय कुखुरा, बंगुर, खसी बाख्रा, हास देखि कोदो, फापर, गहु, आलु लगाएतका सामग्री पाहुनाको रोजाईमा पर्छन् ।
झिलिङ्गे (बोडी ) को बटुक, सेलरोटी, चुकाउनी र गुन्दु्रकको अचारले पाहुनाको स्वागत गर्छौ, होमस्टेका सदस्य माया लम्तरी भन्नुहुन्छ गाउमा आउने पाहुनालाई पन्चे बाजा र फुल मालाले स्वागत गरिन्छ
हरेक घरमा दुई जनाको दरमा पाहुना राखिन्छ । एक रातको प्रति बिस्तारा १७५ रुपिया लाग्छ । दालभात सब्जीको १५० , नास्ताको ८०, चियाको १५ , लोकल अन्डाको २५ रुपिया लिईन्छ । पुरी, सुख्खा रोटी, मकै , भट्ट पाहुनाले जे चाहान्छन् त्यही अनुसार नास्ता तयार हुन्छ । होमस्टे गाउ माथिको डाडोमा कुडुले घर निर्माण गरिएको छ । यही बाट हिमाल हेर्न सकिन्छ , स्थानिय टोप राना भन्नुहुन्छ, तलतिर नागबेली जस्तै बगेको कालीनदी र वरिपरिका गाउ हेर्दा पर्यटकहरु घण्टौ भुल्न सक्छन् ।
काठमाण्डौ तारागाउमा संचालित होम स्टे को सहयोगमा २०६६ साल फागुन २३ गते रानीमहल होमस्टेशको शुरुवात भएको हो । शुरुमा केही थाहा थिएन् होमस्टेको शूरुवाती दिन सम्झदै सस्थापक अध्यक्ष एबं गाबिसका निर्वतमान अध्यक्ष टुक बहादुर थापा भन्नुहुन्छ शहरमा बस्न छोडेर यो गाउमा किन पाहुना आउलान् र भन्ने लाग्थ्यो, बिस्तारै प्रचार भएर होला, हिजो आज स्देशी भन्दा बिदेशी पाहुनाको भिड बढेको छ । थापाका अनुसार ईटली, अमेरिका, फ्रान्स लगाएतका नागरिक बढी गाउ पुगेका छन् ।
हामीलाई त बोल्न पनि राम्ररी आउने थिएन, होम स्टेका अर्की सदस्य निरि सरा राना भन्नुहुन्छ खाना पकाउने , कोठा घर आगन सफा राख्ने , पाहुना संगको ब्यवहार लगाएतका बिषयमा तालिम पाएपछि हामी महिलाहरु उत्साहित भएका हौ ।
पाहुना संग त हास्न पनि जान्नु पर्दो रहेछ, निरि सरा फिस्स हासेर भन्नुभयो नेपाली राम्रो बोल्न नसक्ने हामी महिलाहरु हिजो आज अंग्रेजी पनि बोल्न थालेका छौ ।
रानीमहल होम स्टे पुग्न सदरमुकाम तानसेन बाट कच्ची बाटो हुदै शय रुपिया तिरेर एक घण्टाको जिपको यात्रा गर्नुपर्छ । गाउ बाट बिहान आउने जिपहरु तानसेन बाट बेलुकी गाउ फर्किन्छन् । नत्र दुई घण्टाको पैदल मार्फत पनि यो ठाउमा पुग्न सकिन्छ ।