नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष लगायतकालाई जाडरक्सी र आईफोनमा बिकेको आरोप

Read Time:5 Minute, 28 Second

नेपाल पत्रकार महासंघ युरोपको शाखाको ध्यानाकर्षण 

ददि सापकोटा
फ्रान्स
ब्लग संचालक: नेपाल प्लस डट कम

विषय: स्पष्टिकरण सोधिएको

तपाइँ फ्रान्स निवासी ददि सापकोटाले संचालन गर्नु भएको ब्लग( आधिकारिक सुचना, जानकारी तथा समाचारमुलक नहुने ) साइट- नेपाल प्लस डट कममा मिति ३० जुन २०१६ मा तपाईं आँफैले सामाजिक संजालमा लेख्नु भएको भन्दै प्रकाशन गरिएको ”पत्रकार महासंघलाई प्रश्न : कति बोत्तल जाँड, विमान टिकट, खानपिन र उपहारसित साटिएका हुन् अन्तर्राष्ट्रिय पत्रकार महासंघका कार्ड ?” भन्ने शिर्षकको ब्लगमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

हुँदै नभएको कपोकल्पीत एवं अशोभनीय भाषा प्रयोग समेत गरिएको उक्त ब्लग लेखलाइ जांची हेर्दा तपाइँ ददि सापकोटाको फेसबुक वालमा समेत सोहि हुबहु व्यहोराको आसय सहितको लेख राख्नु भएकोले तपाइँ आफुले लेखेको विषयमा यो २४ घन्टे स्पष्टिकरण सोधिएको छ ।

तपाइंले आफ्नो ब्लग र फेसबुकमा उल्लेख गर्नु भएको कुरा अनुसार अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता कार्ड उपलब्ध गराए वापत नेपाल प्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट ,महासचिब उजिर मगर र नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईलाई लक्षित गरी तथा किटान गरी आइफोन किनिदिएर, जहाजको टिकट किनिदिएर युरोपमा रहेका नेपाली पत्रकारलाई अन्तराष्ट्रिय प्रेस कार्ड उपलब्ध गराई दिएको र यी साथै लगायत अन्य असभ्य भाषा र शब्द ( जो यहाँ उल्लेख गर्न असान्दार्भिक ठानिएको छ ) प्रयोग गरी अवाञ्छित लान्छना लगाउने तथा आधारहीन तथा कपोकल्पित आरोप लगाउने कार्य भएको – देखिएकोले र पागलपना प्रस्तुत गर्नु भएकोले , तपाइँ आफुलाई पत्रकार भन्ने ठान्ने तर तपाइँले पत्रकारिताको मर्म विपरीत महासंघको विधान स्पष्ट रुपमा उलंघन गरेको ठहरिएकोले नेपाल पत्रकार महासंघको विधान अनुरुप पत्रकार महासंघका कुनै पनि समितिले गर्ने काम कर्तब्य र अधिकार अन्तर्गतको बुँदा नम्बर १८ को उपदफा ( झ ) र शाखाको आन्तरिक आचारसंहिता अनुरूप तपाइँलाई यो स्पष्टिकरण सोधिएको छ ।

तपाइईले लगाएको आरोप पुष्टी गर्न स-प्रमाण अधारहरु प्रस्तुत गर्नको लागि तपाइँलाई २४ घन्टाको समय दिइएको पनि यसै पत्र मार्फत जाकारी गराइन्छ । अन्तर्राष्ट्रिय प्रेस कार्ड प्राप्त गर्नको लागि कसले कसलाई आइफोन किनिदिएको, कसले कसलाई जहाज टिकट किनिदिएको तथा कसले कसलाई जाँडको खोलोमा नुहाईदिएको हो ? सो कुरा स- प्रमाण सहित २४ घण्टा भित्र स्पष्टिकरण दिनुहुन् अनुरोध गरिन्छ ।

स्मरण रहोस नेपाल पत्रकार महासंघ युरोप शाखा आफ्नो विधी-विधानको पालना र प्रत्येक सदस्यहरुको अनुशाशन प्रति सजग छ । केन्द्रीय पदाधिकारीहरू र यस शाखाका पदाधिकारीहरु प्रति लगाईएको गम्भिर आरोपहरुको पनि केन्द्र मार्फत छानविन होस् भन्ने चाहन्छ । पुनश्च: पत्रकारिताको नाममा छाडा हुने र कसैलाई छाडा छोड्ने प्रवृत्ती विरुद्ध पनि पत्रकार महासंघ युरोप शाखा आगामी दिनमा सजग रहने जानकारी पनि गराइन्छ । र तपाई ददि सापकोटाले लेख्नु भएको कुराहरूको निन्दा र भर्त्सना गर्दे
यो पत्र प्रकाशित भएको समयले २४ घण्टा भित्र तपाईं ददि सापकोटा ( फ्रान्स )ले उचित प्रमाण सहित प्रष्टीकरण दिनु हुनेछ । २४ घण्टा भित्र स्पष्टिकरण नआएको खण्डमा र चित्त नबुझ्ने प्रकारका भए नेपाल पत्रकार महासंघको केन्द्रीय र आन्तरिक विधी र विधान अनुरुप काम कारबाही हुने व्यहोरा पनि जानकारी गराइन्छ ।

बोधार्थ: नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, संचारग्राम काठमाडौं, नेपाल । अध्यक्ष महासचिब ०१ जुलाई २०१६

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %