जानुका राई
जुलार्इ,५- गत ३ जुलाई,२०१६ का दिन भिमु मेमोरियल ट्रष्ट संस्थाले बेलायस्थित टेन्टरडेनको सुन्दर पार्क बगैचामा १०३ औं भानु जयन्ती तथा सहित्य महासंघको छैटौं स्थापन दिवस भब्यताका साथ मनायो ।
भिमु मेमोरियल ट्रष्ट र बिश्व साहित्य महासंघको सयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्विरमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र साहित्यकारहरुले फूलको गुच्छा र खादा मल्यार्पण गरी औपचारिक कार्यक्रमको थालनी गरेका थिए ।
बिश्व नेपाली साहित्य महासंघ बेलायत साउथका अध्यक्ष बिजय हितान मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा भिमु मेमोरियल संस्थाका संस्थापक शिवकुमार राईले कार्यक्रममा स्वागत मन्तब्य दिएका थिए ।
नेपालका बरिष्ट गायक तथा संगीतकार जितेन राई, चर्चित गायिका पार्वती र सरला राईलाई,उपस्थि सम्पूर्ण संस्थका प्रतिनिधिहरुले खादा ओडाएर सम्मान गरेका थिए भने संस्थापक राईले संस्थादारा केही आर्थिक रकम उपहार स्वरुप नेपालका कलाकारहरुलार्ई प्रदान गरेका थिए । संस्थाका अध्यक्ष जानुका राईले बाबा भिमबहादुर र माता मुगासरी राईका नाममा २०६९ साल मा नेपालमा स्थापना भएको उक्त संस्थाको बारेमा विस्तृत जानकारी गराएका थिए । नेपालका केही गरीब तथा जेहेन्दार बाल बलिकाको शैक्षिक सहयोगको
दृष्टिकोणले स्थापना भएको उक्त संस्थाले नेपालका बिभिन्न ठाउँमा गतसाल गएको बिनाशकारी भूकम्प पीडित, ताम्लेजु बाढी पैरो, उदयपुर जिल्लाका खेलकुद क्षेत्र, र केही बिमारीलाई आर्थिक सहयोग रु३,३२,३३३। सहयोग गरिसकेको र अन्य क्षेत्रमा पनि सहयोग गरी भुमिका निभाउदै आएको कुरोको जानकारी गराए । चार बर्षदेखि उदयपुर बसाहाका आर्थिक बिपन्न दुई बालकको शैक्षिक सहयोग गर्दै आएको उक्त संस्थाले २०१६ र २०१७ साल भित्रभित्रमै काभ्रे जिल्ला र नेपालका पश्चिम क्षेत्रका केही बिपन्न तथा जेहेन्दार बालबालिका र दूरगम क्षेत्रका केही पत्रकारलाई आर्थिक सहयोग गर्ने निर्णय भैसकेको कुरोको पनि जानकारी गराए। संस्थापक शिव र अध्यक्ष जानुका राईले तयार पारेको अनाथको जीवनमा आधारित गीतको भिज्युवल प्रदर्शन गरी सहभागी सबैलाई भावुक बनाएका थिए । उक्त कार्यक्रमको दोस्रो चरणमा बिश्व नेपाली साहित्य महासंघ केन्द्रिय अध्यक्ष बिश्वाशदीप तिगेलाले भिमु मेमोरिय संस्था र आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यको क्षेत्रमा पुरयाएको योगदनको बारेमा प्रष्ट पारेका थिए। कार्यक्रममा बाल कलाकार शशाङ्कशेखर राईले गायक माइकल ज्यकशनको गीतमा सुन्दर नाँच प्रस्तुत गरी दर्शकहरुलाई चकित पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका बरिष्ठ गायक तथा संगीतकार जितेन राईले बेलायतका बिभिन्न समुदायका नेपालीहरुलाई एक मुस्ट बनाएर अगाडि बढाउन सफल बिश्व नेपाली साहित्य महासंघ बेलायत साउथका अध्यक्ष बिजय हितान मगर र समाज सेवामा अब्बल भुमिका निभाउदै आएकी अध्यक्ष जानुका र संस्थापक शिब राईलाई धन्यवात ग्यापन गर्दै ’ए पुर्वै धरान जन्म त गाउँमै हो कहाँ मरण।।लगायत केही चर्चित गीतहरु गाएका थिए भने बिनायो र मुर्चुगाको सुन्दर धून पस्केर सहभागी सबैलाई सांगितीक मनोरंजन दिलाएका थिए । त्यस्तै गायिका पार्वती राईले पनि जानुका राईको शब्द जितेन राईको संगीतको मिठो गीत प्रस्तुत गरि दर्शकलाई सांगीतिक मनोरंजन दिएका थिए ।
कार्यक्रममा सहभागी सबैले भिमु संस्थालाई स्वइच्छाले आर्थिक सहयोग प्रदना गरेका थिए । जानुका राई र करिश्मा घमले संचालन गरेको उक्त कार्यक्रममा घन थापा मगर,सीता मगर, बिजय हितान मगर,शैलेस सापकोटा, बालकुमारी गुरुङ, भगवान चाम्लिङ्ग र करिश्मा घम लगायत दर्जनौ साहित्यकारहरुले सुन्दर साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए ।
संघीय समाज फोरम नेपालका बैकल्पिक केन्द्रिय सदस्य साहित्यकार भगवान चम्लिङ्ग राई, कलाकार संघका बर्तमान अध्यक्ष नीरकुमार राई, गायक गंगा राई, उपाध्यक्ष डिल्ली राई, आस्फोर्ड सगरमाथा कमिटीका सचिव समाजसेवी डम्बर सिंघक,भोबहादुर पुन,नेपाली साहित्य परिषदका सल्लाहकार घन थापा मगर, आस्फोर्ड युवा कमिटीका अध्यक्ष नरेन्द्र राई लगायत बिभिन्न संघ संस्थकाका प्रतिनिधिहरु, साहित्यकारहरु, कलाकारहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रमको अन्तमा भिमु मेमोरियल संस्थाको ब्यबस्थपनमा तयार परिएको नेपाली खाना खाएर सबै सहभागीहरुले बिशाल सुन्दर बँगैचामा सामुहिक साहित्यिक भ्रमण गरी सबै छ्टेका थिए ।