मानवीयताको पाठ साउदी अरेवीयाका अस्पतालको डाक्टरबाट सिक्ने कि !

Read Time:6 Minute, 16 Second

 

हुम सुनारी मगर

 

सम बहादुर मगरले नयाँ जीवन पाएर स्वदेश फर्के – साउदी-जर्मन अस्पतालले डेढ करोड रुपैयाँ मिनाहा गर्यो ।

गत मार्च तेश्रो साता कान्तिपुर अनलाईन लगायत केहि मेडियाहरूले साउदीको जर्मन अस्पतालमा एक नेपाली अलपत्र‘ भन्ने शिर्षक राखेर समाचार सम्प्रेषण गरेको थियो । सो समाचार पढेपछि बिरामी भेट्न तुरुन्तै अस्पताल गएँ । बिरामीको अवस्था देखेपछि र बिरामीको उपचारमा खटिएका डा. मोहमद याहयालाई भेटिसकेपछि समाचारमा आएको जस्तो बिरामी अस्पतालमा अलपत्र भएको अवस्था थिएनन् ।

बिरामीलाई आइ.सी.यु.मा राखेर ब्यबस्थित तरिकाले उपचार गराइरहेको थियो । तरउनको आफन्त अथवा कुनैपनि नेपालीले भेट्न नगएको गुनासो अस्पतालले गरेको थियो । बिरामीको स्पोन्सर साथै त्यतिबेलासम्म अस्पतालमा गएर बिरामीको बारेमा कुनै जानकारी नलिएको गुनासो डा. मोहमद याहयाले गरेका थिए । त्यतिबेलासम्म अस्पतालले २ लाख ७३ हजार साउदी रियाल बिरामीको लागि खर्च गरिसकेको बिल देखाएको थियो । बिरामीको बिमा गरिएको भएपनि बिमा निस्कृय भएको बुझिएको थियो ।    

बिरामी लम्जुङका सम बहादुर मगर हुन् । उनि केहि महिना अगाडी मात्र अक्सफोर्ड इन्टरनेशलकाठमाडौँबाट रियाद स्थित एक सानो निजि कम्पनीमा साधारण श्रमिकको रूपमा आएका रहेछन् ।

उनलाई साउदी पठाउने मेनपावर पत्ता लागे पछि मेनपावरलाई सम्पर्क गरेर स्पोन्सरको सम्पर्क नम्बर पत्ता लाग्यो । बिरामीको स्पोन्सरलाई तुरुन्तै सम्पर्क गरेर भेटियो । बिरामीको उपचारमा र उनलाई स्वदेश नपठाउदासम्म स्पोन्सरलाई आफ्नो जिम्मेवारी निभाउन अनुरोध गरियो । नेपाली दूताबासलाई बिरामीको विवरण सहित सबै जानकारी गराईयो ।

स्पोन्सर र बिरामीको आफन्त अनुसार उनि सौचालयमा लडेका थिए । उनि मधुमेह र उच्च रक्तचांप रोगका कारण सौचालयमा लडेको हुनसक्ने अनुमान गरिएको छ । सौचालयमा लड्दा उनको टाउको टोइलेटको कमोडमा बजारिएको थियोत्यसपछि उनि पुरै बेहोस् भए ।

उनलाई रेडक्रसको एम्बुलेन्समा राखेर साउदी-जर्मन अस्पताल पुर्याएर भर्ना गरेका थिए । रेडक्रसको एम्बुलेन्सबाट अस्पताल पुर्याइएकोले अस्पतालले आकस्मिक कक्षमा भर्ना गरेर उपचार गराइएको थियो । उनको मस्तिष्कमा गम्भीर असर परेको थियो । अस्पतालले दुइ पटकसम्म वि.पि.शंट सर्जरी गरेको बुझिएको छ । तरउनि उच्च रक्तचाँप र मधुमेह रोगकै कारण शरिरको दायाँ भाग पक्षाघात भएको छ ।

साउदी-जर्मन अस्पतालले बिरामीलाई ३ महिना १० दिनसम्म उपचार गराएर ०३ जुलाईआइतबार डिस्चार्ज गर्यो । उनलाई डिस्चार्ज गर्न हामीलाई अस्पतालले २ हप्ता अगाडी नै जानकारी गराएका थिए । तरउनलाई स्वदेश फिर्ता गर्न सबै प्रक्रिया पुरा नहुँदासम्म अस्पताल मै राख्न अस्पताललाई अनुरोध गरियो ।

नेपाली दूताबासरियादका कार्यवाहक राजदूतआनन्द प्रसाद शर्माको निर्देशनमा श्रमसहचारी अम्बिका प्रसाद अधिकारीले बिरामी सम बहादुरलाई स्वदेश फिर्ता गर्न आवश्यक कानूनी प्रक्रियाहरूमा बिशेष भूमिका निर्वाह गरेका छन् । वहाँको भूमिका सह्रानिय छ ।

बिरामी सम बहादुर मगरलाई डिस्चार्ज गर्दासम्म अस्पतालले ५ लाख १० हजार साउदी रियाल अथवा १ करोड ४७ लाख रुपैयाँसम्म बिल आएको बताएका थिए । तरबिमा कम्पनीबाट एक पैसा पनि उपलब्ध नभएको बताएका थिएअस्पतालले । बिमा कम्पनीले कुनै रकम नबुझाए पनि अस्पतालको प्रशासनले सबै खर्चको जिम्मा अस्पतालले नै लिने डा. मोहमदले बिरामीलाई डिस्चार्ज गर्ने बेलामा बताएका थिए ।

बिरामीलाई तीन महिना भन्दा बढी समयसम्म उपचार गराएर एक पैसासम्म नपाउँदा पनि उपचारको जिम्मा लिएका डा. मोहमद बिरामीलाई डिस्चार्ज गरेपछि आफै रिसिप्सनसम्म आएर बिरामीलाई बिदाई गर्दाको क्षणले हामीलाई भाबुक बनाएको थियो । बिरामीको लागि एउटा ह्विलचियर पनि डा. मोहमदले नै निशुल्क व्यवस्था गरिदिएका थिए । बिरामी सम बहादुर मगर यो रिपोर्टिङ् तयार पार्दा सम्म काठमाडौँ विमानस्थल अवतरण गरिसकेका हुनेछन्।

लगभग तीन बर्ष अगाडी पनि पाल्पाका ब्रेन ट्युमर बिरामीलाई साउदी कै एक अस्पतालले झन्डै २० लाख रुपैयाँ मिनाहा गरेर उपचार गराई नेपाल पठाएको थियो । मानवीयताको पाठ साच्ची नै साउदी अरेवीयाका अस्पतालहरू र उपचारमा संलग्न डाक्टरहरूबाट सिक्न सकिने रहेछ ।   

 


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %