मंगोल नेशनल अर्गनाईजेशनको प्रेश बिज्ञप्ती

Read Time:1 Minute, 39 Second

उज्यालो अनलाइन खबरबाट २०७३।०३।२० गते सम्प्रेशण भएको समाचार “मंगोल पार्टीले लडाकु दस्तामा आउन उर्दी जारी गरेपछि रुकुमका यूवा गाउ“ छाड्न बाध्य” शिर्षकको समाचारमा मंगोल नेशनल अर्गनाईजेशनको गम्भिर ध्यान आर्कषण भएको छ ।

उक्त उल्लेखित समाचारमा जस्तो मंगोल नेशनल अर्गनाईजेशनको कुनै पनि निति तथा कार्यक्रम नभएको नेपाल सरकारको प्रशासन तथा सम्पूर्ण देश–विदेशमा रहनु भएका संगठनका कार्यकर्ता, पत्रकार, संघ–संस्था साथै मूलवासी मंगोल प्रेमी शुभचिन्तकहरुमा जानकारी गराउदाछौ साथै भ्रममा नपरिदिन हुन हार्दिक अनुरोध गर्दछौं । 

समाचारमा उल्लेखित कथित कमाण्डर हु“ भन्दै एक घर एक लडाकु तथा चन्दा आतंक मच्चाउने व्यक्ति उपेन्द्र घर्ति मगर मंगोल नेशनल अर्गनाइजेशन संगठनसंग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दछौ । उक्त समूह र व्यक्तिलाई यथाशिघ्र पक्राउ गरी कानूनी कार्वाही गरी पिडित जनताहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन मंगोल नेशनल अर्गनाइजेशन नेपाल सरकार समक्ष जोडदार अनुरोध गर्दछ ।

सचिव
मंगोल नेशनल अर्गनाईजेशन
केन्द्रिय सभा, काठमाण्डौ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %