प्रिस्टाईन किन्डरगार्टेनको १५ औं दिक्षान्त समारोह सम्पन्न

Read Time:5 Minute, 21 Second
मुककाजी गुरुङ 

हङकङ-२६ जुन २०१६ आईतबारका दिन युनलोंगस्थित थिएटर हलमा प्रिस्टाईन किन्डरगार्टेनले आफ्नो १५ औं दिक्षान्त समारोह सम्पन्न गरेको छ।
 
हङकङ यूनिभर्सिटी पाठ्यक्रम बिकास अधिकारी मिस पिंकी योंगको प्रमुख आतिथ्यमा ईस्लामिक प्राथमिक बिधालयका महिला प्रधान अध्यापक मिस ङो सिउ लान, यसैगरी युनलोंग टाउन हलका अफिसर मिस्टर जोह्नी चान बिशेष अतिथिको रुपमा रहेका थिए ।
 
राष्ट्रिय गान बजाएर शुरुवात गरिएको कार्यक्रमलाई प्रिस्टाईन किन्डरगार्टेनकी शिक्षिका चिजु गुरुङ्ले सञ्चालन गरेकी थिइन भने किन्डरगार्टेनका सञ्चालक तथा सुपर भाईजर जग्दिश कुमार आलेले किन्डरगार्टेन तहको अन्तिम तह पूरा गरि उपाधि प्राप्त गर्ने सा-साना बिधार्थीहरुलाई उज्जवल भविष्यको कामना सहित प्रमुख अतिथि, अतिथि लगायत उपस्थित अभिभावकहरुलाई सहयोग र समर्थनको लागि बिशेष धन्यवाद ब्यक्त गरे भने अभिभावक, शिक्षा तथा शिक्षिका र बिधार्थीहरुको सुमधुर सम्बन्धले नै बिधालयको विकास साथै बिधार्थीहरुको पढाईमा प्रगति हुने बताउंदै सम्पूर्ण अभिभावकहरुलाई यस प्रति ध्यानार्कषण गराए ।
 
यसै क्रममा, प्रमुख अतिथि मिस पिंकी योंगले प्रिस्टाईन किन्डरगार्टेनको प्रगतिको कामना गर्दै दीक्षित भएर जाने सा-साना बिधार्थी भाईबहिनी हरुलाई उज्जवल भविष्यको कामना गर्दै कार्यक्रममा आमन्त्रण गरेकोमा सुपरभाईजर जग्दिश कुमार आलेलाई धन्यवाद ब्यक्त गरिन र शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह समेत गरिन । यसैगरी किन्डरगार्टेनको पढाई पूरा गरि जाने ५४ जना दीक्षित सा-साना बिधार्थीहरुलाई प्रमुख अतिथि मिस पिंकी योंगले शैक्षिक प्रमाण पत्र प्रदान गरेकी थिइन । सम्मानकै क्रममा बिभिन्न तह र विधामा उत्कृष्ठ बिधार्थीहरुलाई प्रमाण पत्र, मेडल र ट्रफीद्वारा सम्मान गरे भने एक दशक भन्दा लामो समय प्रिस्टाईन किन्डरगार्टेन मा आफ्नो शिक्षिकाको भूमिकालाई ईमान्दारिता तथा निष्ठवान पूर्वक पूरा गरेको भन्दै शिक्षिकाद्वय मिस चेउङ काई फन र चिजु गुरुङलाई सुपर भाईजर जग्दिश कुमार आलेले सम्मान गरे । यसैगरी अतिथि नृत्य प्रस्तुत कर्ताहरु कश्मिना गुरुङ, सनिता थापा र देवी मगरलाई पनि मायाको चिनो प्रदान गरे ।
 
अभिभावकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा किन्डरगार्टेनमा अध्ययनरत सा-साना बिधार्थी हरुले नेपाली, चिनिया र अंग्रेजी गरि बिभिन्न गीतहरुमा नृत्य पस्केका थिए । यसैगरी सोहि बिधालय बाट ३ बर्ष अगाडि मात्रै आफ्नो किन्डरगार्टेन तहको उपाधि प्राप्त गरेकी कश्मिना गुरुङले कल्चर नृत्य (ङै नासारी) भन्ने गीतको बोलमा आफ्नो प्रस्तुती पस्केकी थिइन र ईस्लामिक प्राथमिक बिधालयको तर्फबाट पनि 
सौजन्य स्वरुप “बनमा फूल्यो फुलै फूल” भन्ने नेपाली गीतको बोलमा सामूहिक नृत्य पस्केका थिए ।

अन्तमा, अभिबावकको तर्फबाट अभिभावक प्रमुख मिस्टर जोह्नेस जोजेफ बुल्ट्सले आफ्नो भनाईहरु ब्यक्त गर्दै प्रिस्टाईन किन्डरगार्टेनको १५ औं दिक्षान्त समारोहलाई शुभकामना ब्यक्त गरे र दिक्षित भएर जाने सा-साना बिधार्थी भाईबहिनीहरुलाई उज्जवल भविष्यको कामना पनि ब्यक्त गरे। यसैगरी अभिभावकको तर्फबाट श्रीमती सनिता थापा र देवी मगरले “हिमाललाई ढाक्यो कान्छा” भन्ने नेपाली गीतको बोलमा युगल नृत्य पस्केकी थिइन।
 
स्मरण रहोस उक्त किन्डरगार्टेनमा नेपाली, भारतीय, चिनिया, फिलिपिन्स, श्री लंकन, लगायत बिभिन्न मुलका ३ देखी ६ बर्ष सम्मका सा-साना बिधार्थीहरुले अध्ययन गर्ने गर्दछन ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %