कृष्णबहादुर सारु मगर
जून,२९-यहि आउँदो २९ जुलाई सुक्रबारका दिन वृहत साँस्कृतिक कार्यक्रमलाई भब्य सम्पन्न गराउन मंगोलियन हर्ट गायक राजु लामा र पप तथा आधुनिक गायिका सुवानी मोक्तान तामाङ सेवा समाजको निमन्त्रणामा आउने भएका छन् ।
बहराईनको राजधानी मानमा स्थित गोल्ड सिटीको ठीक अगाडि डेलमन ईन्टरनेश्नल होटलको प्रांगणमा हुने उक्त कार्यक्रमको चिट्ठी यदी तपाईं सम्म केही प्राविधिक समस्याका कारण पत्र नपुगेको खण्डमा यसै सुचनाको निमन्त्रणालाई आधार मानी बहराईनमा स्थापित विभिन्न जातिय, क्षेत्रिय, वर्गीय, धार्मिक संघ, संस्था, संगठन तथा उधोग ब्यावसायी, समाजसेवी, विशिष्ट सम्मानित ब्याक्तित्व, स्थानिय पत्रकार लगायत समस्त गीतसंगीत पारखी आदरणीय श्रोता, तथा दर्शक बृन्द नेपाली दाजुभाई तथा दिदी(बहिनीहरूमा गरिमामय उपस्थितिका लागि तामाङ सेवा समाज आयोजक परिवारले सादर निमन्त्रणा गरेको छ
उक्त कार्यक्रममा बहराईन तामाङ सेवा समाजले २०१३ मा सम्पन्न भएको उत्कृष्ट नेपाली सिङ्गिङ आइडलका सागर राईको एकल आवाज रहेको गिति एल्बम र मिस नेपाली बहराईनकी प्रिया उप्रेती द्वारा अभिनित म्यूजिक भिडियो सोही कार्यक्रममा लोकार्पण गर्दै सार्वजनिक गर्ने आयोजक समितिले जनाएको छ ।
त्यस्तै गरि पप तथा आधुनिक गायिका सुवानी मोक्तानले आफ्नो जोड्दार प्रस्तुतिका साथ स्थानिय कलाकार हरुलार्इ विभिन्न नृत्य बिद्यामा हाल सम्मकै भिन्न र पृथक बनाउने कार्यक्रमको लक्ष रहेको समाजका महासचिव सोनम दोङ तामाङले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
नोटस् विष्तृत जानकारीका लागि पोष्टरमा हेर्नुहोस् उल्लेखित नं(मा संपर्क गरी अवश्य लाभ लिनुहोस् ।