मगर संघ कुबेत द्धारा पाल्पाको मगर संघलाई आर्थिक सहयोग

Read Time:2 Minute, 58 Second

देव पचभैया मगर,

पाल्पा, असार १४- नेपाल मगर संघ पाल्पा शाखालाई कुबेत मगर संघले संस्थागत विकास गर्न आर्थिक सहयोग गरेको छ । कुवेत मगर संघले पठाएको कोशेली र दश हजार रुपियाँ नेपाल पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थीले मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहालाई आइतबार तानसेनस्थित कार्यालयमा हस्तान्तरण गर्नुभयो । मगर संघ पाल्पाको संस्थागत विकास र कार्यालय खर्च संचालनका लागि कुवेतको मगर संघले पठाएको रकम आफूले पुलको रुपमा काम गरेर मगर संघ पाल्पालाई हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थीले बताउनुभयो ।

पन्थीले सहयोग हस्तान्तरणपछि कुवेतमा बैदेशिक रोजगारीमा रहेका मगर समुदायले र मगर संघ पाल्पाको बीचमा सुमधुर सम्बन्ध कायम गर्न सहयोग मिल्ने बताउनुभयो । कार्यक्रममा मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहामगरले कुवेतमा रहेका मगर समुदायले आफ्नै संस्थाको मायाले पसिना बगाएर संकलन गरेको रकम पारदर्शी ढंगले संस्थाको विकासमा लगानी गर्ने बताउनुभयो । उहाँले संघलाई भवन निर्माण तथा लखन पार्क निर्माणमा आर्थिक अपुग रहेको जनाउँदै कुवेत मगर संघले सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

गाहाले आगामी दिनमा पनि कुवेत मगर संघलाई सहयोग जारी राख्न आग्रह गर्नुभयो । उहाँले कुवेतको मगर संघ र पाल्पा मगर संघबीचको सम्बन्ध गाढा बनाउन पुलको काम गर्नुभएकोमा पत्रकार महासंघ कुवेतका उपाध्यक्ष पन्थीलाई धन्यवाद समेत दिनुभयो । 

 कार्यक्रममा नेपाल मगर संघका उपाध्यक्ष जहरसिं सारुमगर, मगर महिला संघकी अध्यक्ष प्रतिक्षा सिंजालीमगर, आदिवासी जनजाति पत्रकार महासंघका पञ्चिमाञ्चल संयोजक देव पचभैँया, नवसंवाद साप्ताहिकका सम्पादक रेखीराम रानाको समेत सहभागिता रहेको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रम संघका अध्यक्ष बलबहादुर गाहाको सभापतित्व र सचिव रामबहादुर गरम्जाको संचालनमा सम्पन्न भएको थियो ।

 

{youtube}https://youtu.be/7I814FH4H68{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %