मगर समाज र मगरहरुले यसो गरे कसो होला !

Read Time:9 Minute, 36 Second

अन्चल हुइन्चेन राना मगर 

पोखरानेपाल

समाजको अर्थ र कर्तब्यहरु प्रति कतिपय हाम्रा अभिभाबक देखि लिएर युवा सम्म जानी जानी वा अन्जानमा हो अलिकती अनभिज्ञ देखिन्छ । त्यसैले पनि हो कि समाज अझै बलियो हुन सकिरहेको छैन । समाज पनि फरक फरक हुन्छन ,मिश्रित  समाजदाजु भाइको सानो समाजजातिय समाजसिमित जिल्ला भरिको समाज र केन्द्रीय समाज आदि हुन । जुन समाजको नाम रहेता पनि काम गर्ने तरिकाहरु र उद्देस्याहरु भने एउटै हुन ।


यिनै बिषय अन्तर्गत आज हामी मगर समाज र उद्देस्यबारे छोटो कुराकानी गरौ । आज हामी केन्द्रीय मगर समाजको बारे, उदेस्य र भुमिकाहरु कस्तो खालको हुनु पर्ने बारे छोटो प्रष्ट पार्न चाहन्छौ ।


नेपाल मगर समाजको स्थपना गरेको पनि धेरै बर्ष भयो र यसका शाखाहरु प्रत्यक जिल्लामा मात्र नभै विश्व भरी जहाँ मगर त्यहा  मगर समाज भएको पाइन्छ । बिदेशमा सबै भन्दा ठूलो संख्या रहेको मगर संघ बेलायत र हङकङ हो । त्यस पछि कोरिया, अमेरिका, पर्चुगल, बेल्जियम पर्दछ । भारत र भुटानमा पनि मगर समाज ठूलो संख्यामा रहेको छ ।


नेपाल अधिराज्य भरिका मगरहरु र विश्व भरी छरिएर रहेका मगर संघहरुको साझा घर हो केन्द्रिय मगर संघ काठमाडौ नेपाल । पहिले पहिल यातायातको असुबिधाहरु थिए अहिलेको जस्तो सन्चार मध्यमहरु थिएन तर त्यो अवस्थ अहिले छैन ।  त्यसकारण समाजलाई गठबन्धन गर्न त्यती  अफ्ठेरो देखिदैन । हरेक जिल्लाबाट, हरेक राष्ट्रबाट समाजका प्रतिनिधिहरु  मगर समाजलाई के कसरी अगाडि बढाउन सकिन्छ र भिबिन्न एजेन्डाहरु बोकेर गएका हुन्छ्न । टाढा टाढा बाट आउने दाजु भाइ दिदी बहिनी कुटुम्बहरुको जम्मा हुने छलफल गर्ने पबित्र घर केन्द्रीय मगर घर काठमाडौ नेपाल हो । कुनै पनि बेला मगर समुदाय भित्र कसैलाइ कुनै अापत  बिपत समस्याहरु आइ परेको खन्डमा त्यसको लागि समाधान गर्नका लागि नै समाज खोलिएको हो । समाजमा सकारात्मक सस्कारहरुलाई जोगाउन र नकरात्मक सस्कार रिति रिवाजहरुलाइ बन्द गर्नको लागि नै समाज खोलिन्छ ।  त्यती मात्र होइन घर टोल भित्र अशिक्षितबाट कसरी शिक्षित बनाउनुको साथै आफ्नो कलह सस्कृती, भाषा ,लिपि परम्परालाई जोगाइ राखनको लागि नै समाज खोलिएको हुन्छ । एक आपसमा सदभाब माया र राम्रो नराम्रो कार्यहरुमा सहयोग अादान प्रदान गर्नको लागि नै समाज खोलिन्छ । यिनै हुन समाजका अर्थहरु ।


मगर समुदाय भित्र राजनिती र चेतनाको बिकास हुन अति आवश्यक छ तर राजनिती र समाजको बाटो अलग अलग भएकोले राजनितीलाई समाबेस गरेर कहिल्यै पनि समाजमा छिराउनु हुदैन । राजनितीलाई अलग राखेर सबैले समाजको लागि कसरी अगाडि बढाउन सकिन्छ लोप भएका भाषा,सन्स्क्रिती , लिपि ,मगर रोषहरु जो सकारात्मक र जस्ले सहि पहिचान दिन सक्दछ त्यसका लागि संरक्षक गर्नु नै तपाईं हाम्रो आवश्यक र समाजको दायीत्व पनि हो ।


समाज कुनै राजनिती नेता र राजनिति तहबाट चल्ने कुरा होइन र चलाउनु पनि हुदैन जोसंग समाज प्रती माया छ जसले समाजलाई सधै चार कोणबाट समय दिन सक्छ समाजको हित चाहन्छ आफु र आफ्नो समाजकोलागि उत्तरदायीहुनुको साथै आफ्नो सस्कार रिति रिवाजहरुलाइ ध्यान दिनुको साथै समाजमा एकीकृत गर्न सक्ने तन मन ब्यक्तिले समाजको नेतृत्व लिन सक्दछ ।

१- मगर समाज केन्द्रीय र शाखाहरुको भुमिकाहरु:-


(क)केन्द्रिय मगर समाज र शाखाहरुले हरेक साल अा-आफ्नो ठाउँ जिल्लाहरुमा मगर राष्ट्रिय दिवसमगर राष्ट्रिय माघेसङकराती र मगर राष्ट्रिय भुमी पर्व(भुम्या पर्व) लाई धुमधाम मान्नुको साथै आफ्नो पुरानो बिकृती रोषलाई फाली नया सकरात्मक मगर रोष अगाडि ल्याउनुको साथै मगर सस्कृति झल्कने किसिमको जसले मगर पहिचान दिने गर्दछ तिनलाइ संरक्षक गर्नु नै समाजको दायीत्व हो । सम्पुर्ण मगर दाजु भाइ दिदी बहिनी कुटुम्बहरुको दयीत्व हो ।


(ख) मगर समुदाय भित्र मगर रोष धेरै भएतापनि मगर समुदायको मुख्य कर्मकान्ड र मगर बाबूजा, नान्जाहरुको न्वारन जस्ता कुरामा धेरै मगरहरु हिन्दूक्रित convert भएर होला अझै मगरहरु आफ्नो सन्स्क्रिती ,कर्मकान्ड प्रती अनभिज्ञ रहेको पाईन्छ।मगर समुदाय सान्स्कृतिक रुपमा बुद्ध सन्स्कार पद्द्ती सँग नजिक छन भने कतिले प्राकृतिक धर्म पनि भन्न्दै आएका छन ,पहिलाको भन्दा अहिलेका मगर वापाहरुले केही हद सम्म राम्रो चलन गरेतापनि यस् माथि अझ पुर्ण बिचार गरि डोल्पालि मगरहरुको कर्म कान्ड कस्तो छ विश्व भरिका मगरहरुले बिचार गर्न  अत्यन्त आवस्यक छ । राम्रो सकारात्मक कुराहरुमा सबैले सिक्न र सिकाउन सके सुनमा सुगन्ध हुनेछ समाजलाई ।


(ग) मगर समाज भित्र अभिभाबकहरु आफू कुन थरको मगर हु र मेरो थर यो भए अर्को थरको मगरलाई कुन साइनोले सम्बोधन गर्ने र अर्को कुटुम्ब थरको मगरले आफूलाई के भनी साइनो सम्बोधन गरेर बोलाउन लगाउने जस्को कारण मगर मगर बिच जुन साइनोले कस्तो खालको सकारात्मक आत्मिय सम्बन्ध, नाता रहन्छ भन्नी कुरामा नै धेरै अभिभाबकहरु अनभिज्ञ रहेकोले यस तर्फ ध्यान दिन जरुरी छ । 

आफ्नो सस्कारलाई त्यागेर अरुको सस्कारलाई मान्ने मगर समाज टोल र मगर बस्तीहरुका अभिभाबकहरुले अाफ्नो हुर्के बढेको छोरा छोरिलाई आफ्नो थर र वंशावली उपथरले अर्को मगर थर र वंशावली उपथरहरुलाई के भनेर साइनो लगाउने जस्ता ज्ञान दिनु पर्दछ । 

माया प्रेमको बारे कुनै पनि घर भित्र आन्तरिक चेतना  मुलक दाजु भाइ दिदी बहिनी कुटुम्बको बारे कुनै ज्ञान शिक्षा मुलक नसिकाइएको हुदा धेरै पढे लेखेका र सुन्दर मगर युवा ,युवतीहरु पटक पटक अपराधी र स्वार्थी धुर्त युवा युवतीहरुको माया जालमा फसी अपराध घटेको घट्नाहरु दिनहु जसो भिबिन्न जिल्ला ,शहर, गाउ ,टोलमा  घटेको देखिन्छ । यस  बिषयमा तत्काल मगर समाजहरुले पुनरबिचार र बहस गर्न जरुरी छ ।


(घ) सरकारले नेपाली जनताको लागि  के कस्तो व्यवस्था गरेको छ, मगर समुदाय भित्र त्यस्ता कुनै सरकारी कोटाहरु आएको छ या छैन खोज्न सक्नु पर्यो र गरिब छात्रहरु जो निम्न छन तीनलाई ब्यवस्था गर्न भुमिकाहरु खेल्न आवश्यक छ ।


(ङ) मगर समाजले विश्व भरिको मगरहरु जस्ले मगर समाज र देशको लागि राम्रो काम गरेको छ त्यस्ता व्यक्तित्वोहरुलाई  पक्षपात नगरी सम्मान गर्नु पर्यो जस्तो कि डा. मह वीर पुन मगरज्युलाई मगर समाजले अझै पनि चिन्न सकेको छैन । नेपाल सरकारले पनि चिन्न सकेको छैन  ।मगर समाजले उहाँ जस्तो महान बौद्धिक ज्ञान भएकालाइ सम्मान गर्नु नसक्नु निकै दु:खद । छिटो भन्दा छिटो मगर समाजले चिन्न जरुरी छ समाजले र रास्ट्रले पनि ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %