कतार पत्रकार महासंघ शाखाले ईफ्तार कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 38 Second

कृष्ण सारू मगर

दोहा-कतार २३ जुन नेपाल पत्रकार महासंघ कतार शाखाले ईस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजान ईफ्तारको अवसरमा २१ जुनका दिन सनैया स्थित रोटाना होटलको सभाहलमा एक विशेष कार्यक्रम गरी मध्ये पूर्वीय राष्ट्र शाखाका सल्लाहकार समेत रहेका ई-कान्तिपुर अरव व्यूरोका संयोजक होम कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको छ ।

डिजिटल मिडिया ई-कान्तिपुर तथा कोशेलीका संयोजक समेत रहेका यज्ञशले एक हप्ते बसाई संगै समाज भित्रको सत्य, तथ्य र यथार्थतामा आधारित विभिन्न विधाका पत्रकारले आ-आफ्नो क्षमता बृद्धिको अध्ययन महत्वपूर्ण रहेकोले समाचार बनाउदा भाषा छनौट र त्यसको महत्वको बारेमा बुझ्न जरुरी रहेको उनको भनाई थियो । उनी नेतृत्व विकाश तथा क्षमता अभिबृद्धिका लागि आधारभूत पत्रकारिता भन्ने अभियानको एक दिवसीय प्रशिक्षण तालिमका लागि नेपाल देखि नेेपाल पत्रकार महासंघ शाखाको निमन्त्रणामा कतार आएका हुन् ।

विगत लामो समय देखी सूचना तथा संचार क्षेत्रमा कलमको माध्यम द्वारा सु-सुचित गर्न/गराउन जनमानसमा खेलेको अग्रणी भुमिकाको उच्च मुल्यांकन गर्दै मुख्य प्रशिक्षक यज्ञशलाई सभाध्यक्ष बन्जाडे र प्रमुख अतिथि कार्कीको सहयोगमा कदरपत्र प्रदान गर्दै मध्ये पूर्वीय राष्ट्र बैदेशिक शाखाको रुपमा स्थापित महासंघले विशेष सम्मान गरेको हो ।

शाखाले विगत स्थापनाकाल देखी नै विभिन्न समुदाय संग आपसी सद्भाव, धार्मिक सहिष्णुता, आत्मिय भाईचाराको विकास गर्ने उद्धेश्य रहेको जनाउँदै ईद अल फितरको ईफ्तार कार्यक्रम आयोजना गरिएको सभाअध्यक्ष बन्जाडेले आफ्नो भनाई राखेका थिए ।

ईस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजान ईफ्तार परेकोले सोही अवसरमा भेटघाट तथा परिचयात्मक उक्त कार्यक्रमलाई संवोधन गर्दै विशेषगरी नेपाली समुदायको विविध समसामहिक विषयका समाचारलाई संप्रेषण गरी प्रवासको काम, कर्तव्य सँगै सक्षम पत्रकारिता गरिरहेका पत्रकारलाई थप हौसला र प्रोत्साहनको खाँचो रहेको अौलाउँदै प्रभावकारी ढंग बाट अझ अगाडि बढाउनमा जोड दिनु पर्ने भन्दै मन्तब्यको क्रममा आफ्ना धारणा राखेका थिए ।

कृयाशील पत्रकारहरुको उल्लेखनिय सहभागीता रहेको उक्त कार्यक्रममा कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेको सभापतित्व तथा सचिव नवराज बिकको संचालनमा कार्यक्रम संपन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %