कृष्ण सारू मगर
दोहा-कतार २३ जुन ईस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व इद अल फितरको शुभ अवसरमा क्रियसन प्रालि द्वारा आयोजित गिरान चौर एकीकृत नमुना वस्तीको निर्माणका लागि राष्ट्रिय लोक तथा दोहोरी चर्चित लोक गायीका मुना थापा मगर तथा बहुचर्चित टेलिश्रृखला मेरी बास्सैका कुञ्जना घिमिरे “सुन्तली” र सीताराम कट्टेल “धुर्मुस” को हास्य ब्यङ्ग्य लगायत विभिन्न विधाको गीत संगीत तथा नृत्यको बेजोड प्रस्तुतिले दर्शक तथा श्रोताहरूलाई भरपुर मनोरञ्जन दिलाउने भएको छ ।
अन्य चिरपरिचित कलाकारहरू राष्ट्रिय लोक तथा दोहोरी गायक राजु गुरुङ, डीआइडी रनरअप फष्ट निर्मल तामाङ, नायिकाहरू रेखा थापा, भोजपुरी नायिका परिनिका शर्मा, सीमा सिंह र रानी चटर्जीले यही आउँदो ईद अल फितरको दोस्रो दिन एसियन टाउनको स्ट्रिट नं.३७ सनैया स्थित ग्राण्ड महलमा सास क्रिसन प्रालिका कल्याण घिमिरेले राज्यसत्ता डटकमलाई बताएका छन् ।
गएको १२ वैषाख २०७२को महाविनासकारी प्राकृतिक प्रकोप भूकम्प र पटक-पटक गएको पराकम्पन बाट क्षति भै घरबार विहीन भएका ती उजाड वस्तीको पून: निर्माणमा प्रतक्ष सह्योग पुर्याउने हेतुले धुर्मुस सुन्तली साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गरेको हो ।
एक थुकी सुकी सयौं थुकी सागर भन्ने मुल्य र मान्यतालाई आत्मविश्वास गर्दै सबैले आ-आफ्नो क्षेत्रबाट आर्थिक तथा भौतिक, नैतिक, वैचारिक साथ, सह्योगका लागि सबै एक जुट भै यस धुर्मुस सुन्तली साँझ अभियानको कार्यक्रमलाई भव्य, सभ्य बनाउनका लागि आयोजक सास क्रियसन प्रालिले सबैमा हार्दिक अपिल गरेको छ ।
सामाजिक सञ्जाल मार्फत कतारमा स्थापित विभिन्न संघ,संस्था, संगठन, तथा व्यवसायी, बुद्धिजीवी, समाजसेवी साथै पत्रकार वंधु एवंम् गीत, संगीत पारखी समस्त आदरणीय श्रोता तथा शुभेच्छुक नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा गरिमामय उपस्थितिको लागि चर्चित गायिका मुना थापा मगरले सादर निमन्त्रणा गरेकी छन् ।
नोट:ब्यानरमा निम्न तपशीलको नं.+97433282025, 30044157 र 33212108 मा संपर्क गरि विस्तृत विवरणको थप जानकारी पाउन सक्नु हुने छ ।
