देव पचभैया,
नवलपरासी, असार ६-फुटवलर बिमल घर्तीको बैनी मनिषा घर्तीको रहस्यमय मृत्युबारे अथार्थ जानकारीका लागी नेपाल मगर संघका अध्यक्ष सहितको केन्द्रिय पदाधिकारी नवलपरासी स्थित बिमलको घरमा पुगेर यथार्थ जानकारी लिएका छन् । नेपाल मगर संघका अध्यक्ष नविन रोका, भाषिक उपाध्यक्ष दल बहादुर बिरकट्टा, कोषाध्यक्ष कमला थापा संगै मगर पत्रकार संघका महासचिब देब पचभैया, सचिब मिलन गाहा लगाएतको टोलीले बिमल घर्ती र उहाका परिवार, छिमेकी लगाएतका आफन्तहरु संग भेटघाट र घटनाको बारेमा जानकारी लिएका हुन् ।
घटनाको बारेमा जानकारी पछि मनिषाका दाजु बिमल, आमा र हजुर बा लाई धैर्यधारण गर्न आग्रह गरेका छन् । घटनाको बारेमा यथार्थ जानकारीको माग गर्दे मगर संघका अध्यक्ष नविन रोका मगरले मनिषा हत्यामा संलग्नलाई राज्यले कारबाही नगरे जनताले कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
(भिडियोमा रिपोर्ट हेरौ )
{youtube}https://youtu.be/IVgVqQKprEY{/youtube}