मनिषा हत्यामा प्रेमी आशिष संलग्न रहेको प्रहरीको निष्कर्ष

Read Time:2 Minute, 31 Second

देब पचभैया,

प्रहरी प्रमुख चौधरी भन्छन् अवको वल अदालतको कोटमा छ

 नवलपरासी, असार ६  – नेपाली फुटवलर बिमल घर्ती मगरको बहिनी मनिषाको आफ्नै प्रेमी आशिष (रुद्रनारायण ) चौधरीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले निष्कर्ष निकालेको छ । मनिषा हत्यामा आशिष चौधरी संलग्न भएको निष्कर्ष निकाल्दै प्रहरीले सरकारी वकिल मार्फत  जिल्ला अदालतमा सोमबार ज्यानमुद्धा दायर गरेको छ ।

 घटनास्थलका प्रमाण र अनुसन्धानका आधारमा सरकारी वलिक मार्फत अदालतमा ज्यान मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख , प्रहरी उपरिक्षक रमेश चौधरीले जानकारी दिनुभयो ।  अनुसन्धान सकाएर १३ (३) को माग दाबी गरेका छौ, प्रहरी उपरिक्षक चौधरीले भन्नुभयो, “ बल अव अदालतको कोर्टमा परेको छ  । ” नवलपरासीका अनुसन्धान अधिकृत, प्रहरी निरिक्षक प्रकाश सापकोटाका अनुसार घटनास्थल बाट बरामद भएका सिसाका टुक्रा, घाटीमा लागेको पासो (कपडा) मनिसाको च्यातिएको भित्रि बस्त्र, मोबाईल कुराकानी, म्यासेज लगाएतका प्रमाण  अदालतमा पेश भएको छ ।

मनिषा मृत्यको बारेमा अनुसन्धानका लागी आषिको  पोलिग्राफ परिक्षण भएको थियो । अभियुतmको बयान साचो वा झुटो पत्ता लगाउन गरिएको पोलिग्राफ परिक्षणमा भने आषिसको बयानमा मनिषाको हत्या आफुले नगरेको भन्ने सही पाईएको प्रहरीले जनाएको थियो ।

पोलिग्राफ मात्रै सबै होईन, प्रहरी निरिक्षक सापकोटाले भन्नुभयो “त्यो पनि एउटा प्रमाण मात्रै हुन सक्छ, तर हामीले हत्यामा आशिषलाई नै ठहर्याएका छौ । ”

गएको जेठ १२ गते घरमै मनिषाको रहस्यमय रुपमा ज्यान गएको थियो । उनका प्रेमी आशिष लाई अर्को दिन बिहानै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

(भिडियो रिपोर्ट सहित)

{youtube}https://youtu.be/vIqRQ4Z3oHE{/youtube}

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %