बहराईनमा नेपाली क्लबले चर्चित कलाकारको साथमा साँस्कृतिक साँझ मनाउने

Read Time:2 Minute, 22 Second

राज्यसत्ता ब्यूरो,

 मानमा(बहराईन)जुन, १७  – नेपाली मौलिक, कला, संस्कृतिको जगेर्ना संगै, संरक्षण(संवर्द्धन गर्न नेपाली साङ्गितिक चर्चामा आएका राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार राष्ट्रको गौरव हुन् भन्ने मुल्यांकन गर्दै उनिहरूको कला र प्रतिभाका धनि सर्जकलाई अझ थप टेवा मिल्ने अभिप्रायले मुस्लिम धर्मालम्बीहरूको पवित्र पर्व इद अल फित्रको शुभ अवसरमा कलाकारलाई नेपाल देखि आमन्त्रण गरिएको क्लबका अध्यक्ष कल्याण श्रेष्ठले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन । 

साङ्गितिक कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन राष्ट्रिय लोक तथा दोहोरी गायक राजन कार्की, चर्चित पप गायक अनिल सिँह, गायिका मेलिना राई र नायिका तथा नृत्यङगना रजनी गुरुङको प्रस्तुतिले दर्शक तथा श्रोताहरूलाई भरपुर मनोरञ्जनका साथ कार्यक्रम सफल बनाउन नेपाली क्लबको निमन्त्रणामा बहराईनमा आउने भएका हुन् ।

पवित्र पर्व इद अल फित्रको पहिलो दिन आयोजना हुने साँस्कृतिक कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन स्थानिय कलाकारहरूको विभिन्न विधाका बेजोर्ड प्रस्तुति समेत रहने भएको हुँदा सम्पूर्ण संघ, संस्था, संगठन, उधोग, ब्यबसायी, पत्रकार एवंम् बहराईनबासी समस्त आदरणीय नेपाली दाजु(भाई तथा दिदि(बहिनीहरूलाई मानमाको गोल्ड सिटीको ठीक अगाडि पर्ने डेलमन ईन्टरनेश्नल होटलको प्राङ्गणमा गरिमामय उपस्थितिका लागि सबैमा आयोजक परिवार सादर निमन्त्रणा गरेको छ । 

नोटस्:- विष्तृत जानकारी पाउन ब्यानरमा उल्लेखित संपर्क नम्बरमा संपर्क गर्नु हुन अनुरोध गर्दछौ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %