कृष्ण सारू मगर
दोहा(कतार) जुन १५- पाल्पाली सेवा समाजले स्थाई घर पोखराथोक ४ (गोफाक) बस्ने वर्ष २४का टोप ब. कुमाललाई १६ जुन २०१६ बिहिबारका दिन विहान ९:१५ बजे उडान नं( ९१३३को एयर अरवीया बाट उद्धार गर्दै स्वदेश फिर्ता पठाउन NRNA NCC श्रम विभाग संयोजक प्रेम रसाइली र पिडित पक्षका क्याम्प सुपरभाइजर आङ पासाङ शेर्पा लगायत सयौं संख्यामा रहेका अन्य थुप्रैको रोहवरमा पाल्पाली समाजका अध्यक्ष लिलम चिदी मगरले टिकट र खुरूस (Exit) पेपर बुझाएको हो ।
अर्का झडेवा(४ ज्यामिरे पाल्पाकै वर्ष २५का दान ब.घर्ती मगरको खुरूस (Exit) पेपर तैयार नभएकोले उनलाई कतारको ऐन कानुन बमोजिम प्रकृया पूरा हुना साथ तुरुन्तै स्वदेश फिर्ता पठाउने वचन दिएका छन् कुमाल र घर्ती मगर दुवै जना वैदेशिक रोजगारीका शिलशलामा गत वर्ष २६मे २०१५ देखी एन।आर।सी। मेनपावर बाट ELUCID COMPANYश्रमका लागि आएका थिए ।
विभिन्न मुलुक देखि श्रमका लागि आधा दर्जन बढी भन्दा धेरै देशका करिव ६ सय भन्दा धेरै मजदुरहरूले विगत लामो समय देखि तलब सेवा,सुविधा बाट बन्चित रहेको उक्त तेर्सो मुलुक ELUCID COMPANYप्रवन्ध निर्देशकले आफ्ना सबै आर्थिक कारोवारका रकम लिएर बदमासी गरी भागे पश्चात कम्पनी बन्द भै नेपाल, भारत, बंगलादेश, श्रीलंका ट्यूनिसिया, नाईजेरियन, ईजिप्सियन, मोरोक्को र फिलपिन्सका मजदुरहरू अन्ततः उनिहरू विचल्लीमा परेका हुन् ।
श्रोतका अनुसार गैर आवासीय नेपाली संघ शाखा कतारको विशेष पहलमा यो घटनाको समस्या र समाधानका लागि कतारको ऐन कानुनी ऐन अनुसार प्रकृया पूरा गरी अविलम्ब ती पिडितहरुलाई नेपाली दूतावासले स्वदेश फिर्ता पठाउन पहल भै रहेको (NRNA NCC)का श्रम विभाग संयोजक प्रेम रसाइलीले थप्दै भने, नेपाली पिडितहरूको पूरा विवरण ल्च्ल्ब् को वेव साईटमा पनि राखेको बताएका छन् ।
प्राप्त जानकारी अनुसार मानव अधिकारवादी संस्था Human Rigts लगायत समाजिक अवधारणा बोकी स्थापित नेपाली संघ संस्था, संगठन लगायत समाजसेवी भद्रभलाद्मी ब्यतित्वहरूले पनि आ(आफ्नो तर्फ बाट विविध खाधान्न सामाग्रीहरू उपलब्ध गराएको थियो त्यही बाट नै जसो, तसो उनिहरूले ज्यान बचाएका छन् ।
प्रतक्ष सह्योग जुटाउन मध्ये पूर्वीय राष्ट्र (NRNA NCC)कतार शाखाले समाजिक सेवाभावले बिचल्लित परेको अवस्थामा मानवीय सद्भाव, सदाश्चयताको महत्त्वपूर्ण भुमिका निर्वाह प्रति आफू लगायत सबैलाई उद्धारमा अहोरात्र खटेर लागेको साथै, आ(आफ्नो जिल्लावासी संघ, संस्थाले पनि विभिन्न सरकारी कागजी कार्यवाही प्रकृया लगायत अन्य समाजले पनि उद्धार गर्ने सान्त्वना पाएकाले सायद यहाँको खुल्ला जेल बाट मुक्तिका पहलकदमीको सदैव ऋणि रहने पिडित पक्षका आङ पासाङ शेर्पाले राज्यसत्ता डककमका संवादाता संगको भेटबार्तामा जानकारी दिएका हुन् ।
