सनातन धर्ममा भाग्य र कर्म

Read Time:9 Minute, 20 Second

रामप्रसाद धिताल

Ram prashad dhitalजेठ,२२-सनातन वैदिक हिन्दु धर्मले आफ्ना अनुयायीलाई ‘कर्ममा नभई भाग्यवादमा विश्वास गर्न लगाउने’ आलोचना खेप्दै आएको छ । पुराणका पण्डित र ज्योतिषशास्त्रीहरूले फैलाउँदै आएका केही भ्रमका कारण वैदिक धर्मले भाग्यमा भर पर्ने र कर्मलाई महìव नदिने गरेको केहीलाई भान पर्नु स्वभाविक पनि हो । विशेषगरी पुराणका केही प्रसङ्ग र फलित ज्योतिषका कारण सनातन धर्ममा कर्मभन्दा भाग्यलाई महìव दिइएको आभाष भएको हो । पुराणका सन्दर्भमा लुकेका गुढ अर्थलाई नबुझी सतहीरूपमा हेरिँदा यस्तो हुनु अस्वाभाविक होइन । यद्यपि वैदिक शास्त्रमा भाग्य, दैवजस्ता पक्ष हुँदै नभएका भने होइनन् ।

विशेषगरी दैवबल ९भाग्य० र पौरुषबल ९कर्म० को चर्चा शास्त्रमा भइरहन्छ । सनातन धर्मको मूल वेददेखि इतिहास–पुराण हुँदै संस्कृतका पछिल्ला ग्रन्थ नीति तथा हितोपदेशमा पौरुषबलको महिमा बताइएको छ । पुरुषार्थका कारणले सिद्ध नहुने र लौकिक कारण वा तर्कले पुष्टि गर्न नसकिने परिस्थितिलाई मात्र भाग्य वा पूर्वजन्मको फल ९प्रारब्ध० मानिएको छ । मानिसको प्रयासबाट पार नलाग्ने विषयमा मात्र भाग्यलाई दोष दिएर मन शान्त पार्ने पक्ष महाभारतमा बताइएको छ ।

वेदले राजा ९शासक० देखि नागरिकसम्मलाई आफ्नो बुद्धि विवेक र तहअनुसारको कर्म गर्न निर्देश गरेको छ । वैदिक वर्णाश्रम व्यवस्थामा पनि कर्मलाई प्रधान मानिएको छ यहाँ कुनै वर्ण वा जाति घोटिएको घोटियै गर्ने, कोही बसीबसी खाने पक्ष छैन । आफ्नो योग्यताअनुसार कर्मबाट कोही विमुख हुन पाउँदैनथे । विद्या आर्जन गरी ज्ञान बाँड्ने हुन् या शासन गर्ने तहमा रहेका वा हतियार लिई युद्ध मैदानमा निस्कने सबैलाई आफ्नो कर्मको महìव हुन्थ्यो । कृषि पेसा वा व्यापार व्यवसाय गर्ने वर्ग होस् सेवा गरेर जीविका चलाउने नै कर्मबाट चुके भने क्षम्य हुन सक्दैनथ्यो । कर्मबाट चुक्ने राजा ९शासक० नै भए पनि क्षम्य हुँदैन भन्ने वैदिक धर्मको मान्यता छ । वेदअन्तर्गत पर्ने ज्ञान, उपासना र कर्मकाण्डमा पनि कर्मकै आवश्यकता पर्छ । कर्मविना कुनै पनि बाटो सहज हुँदैन । देवताहरू आलस्य, तन्द्रा आदि मन

 पराउँदैनन् अर्थात् कर्ममा लिप्त भएको देख्न चाहन्छन् ९शैशिरीय शाकल ऋग्वेदमन्त्रसंहिता ८/२/१८० । वेदका मन्त्रहरूले सय वर्ष बाँच्न र कर्म गर्न अर्थात् कर्म गरेरै सय वर्ष बाँच्न निर्देश गरेका छन् ९कुर्वन्नवेह कम्र्माणि जिजीविषेच्छतं समाः ।  एवं त्वयि नाऽन्यथेताऽस्ति न कर्म लिप्यते नरे )शुक्लयजुर्वेद ४०/२, ईशावास्योपनिषद् २० कर्मशील व्यक्ति नै धेरै वर्षसम्म बाँच्नका लागि योग्य हुन्छ भन्ने पनि हो । श्वेताश्वपनिषद्   ९६/४० मा आरभ्य कर्माणि गुणान्वितानि।।।अर्थात् सद्गुणयुक्त कर्म गर भन्ने सन्देश छ । ‘।।।उठ, जाग र उत्तम कर्म गर’, कठोपनिषद् ९१/३/१४० को वचन हो, यो । यस्तै बसिरहनेको भाग्य बसिरहने, उठिरहनेको भाग्य उठिरहने र सुतिरहनेको भाग्य सुतिरहने भन्दै क्रियाशील भइरहनेको भाग्य क्रियाशील हुने तर्क ऐतरेय ब्राह्मणमा गरिएको छ ९३३/३० । कतिपय सन्दर्भमा कर्मसँगै दैव वा भाग्य पनि जोडिएका सन्दर्भ शास्त्रमा आउँछन् । कर्मसँगै भाग्यको पनि निर्माण भइरहेको हुन्छ भन्ने अर्थ पनि पाइन्छ ।  यथा ह्येकेन चक्रेण रथस्य न गतिर्भवेत् एवं पुरुषकारेण विना दैवं न सिध्यति ।  

याज्ञवल्क्यस्मृति ९१/३५१० मा अर्थात् जसरी एउटा चक्रले मात्र रथ ९गाडा० को अर्थ हुन्न त्यस्तै कर्म नगर्ने मानिसलाई भाग्य ९दैव०ले पनि साथ दिँदैन । मनुस्मृति त अझ कार्यको विफलताबाटक थकित भए पनि तिमी कर्म गर्न नछोड भन्छ । स्मृतिकार मनुका अनुसार  विचलित नभई कर्म गरिरहने ९९/३००० व्यक्तिलाई मात्र लक्ष्मीले साथ दिन्छिन् । कर्मको महìव दर्शाउन देवताहरूले समेत विभिन्न रूप लिएको र विभिन्न लीला गरेको सन्दर्भ आउँछ । वैदिक शास्त्रमा बताइएका चार पुरुषार्थ धर्म, अर्थ, काम, मोक्षका लागि पनि कर्मकै आवश्यकता पर्दछ । कर्मविना कुनै एक पनि पुरुषार्थ सिद्ध हुँदैन । हिन्दु परम्परामा विद्याकी देवी सरस्वती र धनकी देवी लक्ष्मी हुन् । धन वा विद्यामध्ये कुनै एकको आकांक्षा नराख्ने मानिस पाइँदैनन् । धन नभए पनि विद्याको साधना गरेर आत्मज्ञानको मार्ग रोज्नु एउटाको लक्ष्य हुन्छ । अर्कोतिर विद्याको वास्ता नगरी धन कमाई भोगविलास गर्ने अर्कोको उद्देश्य हुन्छ तर नीतिशास्त्रहरू विद्याबाटै धन प्राप्त हुने बताउँछन् ।

आधुनिक सन्दर्भमा विद्या आर्जन गर्नुको लक्ष्य आत्मज्ञानभन्दा धनार्जनका लागि हुँदै आएको छ । सरस्वती वा लक्ष्मी दुवैको प्राप्तिका लागि पनि कर्मकै आवश्यकता पर्दछ । त्याग तपस्या र उत्कट कर्म  नगरी आत्मज्ञानको बाटो खुल्दैन । यता लक्ष्मी प्राप्त गर्न पनि मिहिनेतकै आवश्यकता पर्दछ । नीतिहरूले त म कहिल्यै मर्दिन भन्ने भाव लिएर कर्म ९अध्ययन वा अर्थ उपार्जन०  गर र मृत्यु पछाडि आइसक्यो भन्ने भाव लिएर धर्म ९शास्त्रमा निर्दिष्ट परोपकार० कर्म गर भन्छन् । महाभारतअन्तर्गत श्रीमद्भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई कर्मको महìवबारे प्रष्ट्याएका छन् । युद्ध मैदानमा विपक्षी आफ्ना सम्बन्धी मात्र देखेर धनुवाण बिसाउन खोजेका अर्जुनलाई कर्मण्यवाधिकारस्ते।।। अर्थात् कर्ममा मात्र तिम्रो अधिकार छ।।। जस्ता वचन सुनाएका थिए, कृष्णले । कर्मसम्बन्धी गहन कुरा छन् गीतामा । निरन्तर लगावपूर्व कर्मको प्रभावले त प्रारब्धलाई समेत विफल पारिदिन्छ भन्ने पुराणको भनाइ छ ।  

सत्कर्म गरेमात्र पुनर्जन्ममा सुख पाइने पक्ष भनेको अहिलेको जीवनलाई अल्छी वा कुकर्म गरी खेर नफाल उत्तम कर्म गर भन्ने अर्थमा आएको हो । पुनर्जन्ममा विश्वास गर्ने हिन्दु समाजमा कर्मको फल दूरगामी हुन्छ भन्ने सन्देश हो । कर्म गरेर खाने वर्गलाई वैदिक हिन्दुशास्त्रले गुणगान गरेकै छन् । रूपमा श्रम, तपस्या वा कर्मशीलताको महìव विभिन्न प्रसङ्गमार्फत दर्शाइएको छ । भाग्यको भरमा आलस्य गरेर बस्नेको निन्दा गरिएको छ । सुतिरहने सिंहको मुखमा आहार आफैँ आएर पस्दैन । आहारका लागि मिहिनेत गर्नुपर्छ त्यसैगरी उद्योगी वा कर्मशील मानिसलाई मात्र लक्ष्मीले पत्याउँछिन् भन्ने हितोपदेशको भनाइ छ । अरुमाथि अन्याय हुने कर्म, अन्यायपूर्ण तरिकाले आर्जन हुने धन, यसरी आर्जित गरिने मोजमस्तीको पक्ष (कुकर्म) को विरोध गरिएको छ ।

साभर :गोरखापत्र बाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %