पैसा कमाउन गएका श्रीमान एच,आई,भि बोकेर फर्किएपछि ३ छोरी पढाउन सास्ती ।
देब पचभैया
पाल्पा, जेठ २१- धन कमाउन मुग्लान पसेका श्रीमानको एच,आई,भि एड्स बाट ज्यान गएपछि खानीछाप ४ पाल्पाकी ३५ बर्षिया हुमिसरा सारुलाई घर ब्यवहार चलाउन निकै दुख भएको छ । १२ बर्ष भारतको गुजरात बसेका श्रीमान् मिलनको एच,आई,भि एड्कै कारण २०६४ सालमै ज्यान गएको हो । अहिले हुर्किएका ३ छोरी पढाउन र घर ब्यवहार चलाउन समस्या भएको १० बर्ष देखि एच,आई,भि संगै बाच्नु भएकी हुमिसराको भनाई छ । गाउमा नजिक बिधालय नभएकाले ३ छोरीहरु सदरमुकाम तानसेनमा बसेर पढिरहेका छन् । {youtube}https://youtu.be/FXvOwOyAtTo{/youtube}
१९ बर्षकी जेठी छोरीले कक्षा १२ मा पढेकी छिन् । १७ बर्षिया माहिलीले एल,एल,सि दिएकी हुन् भने १३ बर्षिया कान्छी छोरीले कक्षा ९ मा पढ्छिन् । कोठा भाडा, खानपिन र स्कुल कलेजमा तिर्दा मासिक ८/१० हजार खर्च हुन्छ, हुमिसरा भन्नुहुन्छ “आम्दानी गर्ने श्रीमान् जानु भो , म संग केही छैन । ” श्रीमान् बाट हुमिसरामा सरेको एच,आई,भि ३ छोरीमा भने छैन । पटक पटक जाच गरियो, हुमिसराले मुहार हसिलो बनाउदै भन्नुभयो, छोरीहरुमा पोजेटिभ छैन, मेरो खुशि यसैमा छ ।
उहाको परिवार श्रीमान् छंदै छुट्टा भिन्न भएको हो । गाउमा भैसी, बाख्रा कुखुरा र बंगुर पालेर अहिले सम्म छोराछोरी पढाउदै आउनुभएकी हुमिसराले छोरीहरु माथिल्लो कक्षा जादा झन पिर परेको र पढाउन नसकुला भन्ने चिन्ताले सताएको बताउनुभयो । छोरीहरुले जागिर खाएको हेर्ने रहर छ , उहा भन्नुहुन्छ बिहेदान नगरी मरे भने आत्माले पनि सराप्छ कि भन्ने चिन्ता लागी रहन्छ ।खुलेर बाहिर आउदा जिवन बचायो श्रीमान्को मृत्यु एच,आई,भि एड्स बाट भएको थाहा पाएपछि हुमिसराको रगत परिक्षण गरियो ।
परिक्षणमा भेटियो, एच,आई,भि पोजेटिभ । मलाई पनि बाचुला जस्तो लागेको थिएन्, उहा पुराना दिन सम्झिनुहुन्छ तर छोरीहरुको मुख हेरेर चित्त बुझाए, समाजमा खुलेरै बाहिर आए अहिले धेरै राम्रो भएको छ । एच,आई,भि संक्रमितहरुको सस्था प्रतिबद्ध समुह पाल्पाका अध्यक्ष समेत रहनुभएकी हुमि सराको सुझाब छ, खुलेर बाहिर आए, औषधी उपचार, तालिम र केही सहयोग पनि पाउन सकिने रैछ ।
एच,आई,भि भएको थाहा पाएपछि आफु घरबाट बाहिर निश्किनै बडो दुख लागेको हुमिसराको अुनभव छ । अरुले अरु कुरा गरेपनि आफ्नै बारेमा बोले जस्तो लाग्थ्यो, उहाले बिगत संझिनु भयो, खुलेर आएपछि सबैले माया गर्दारहेछन् । घर परिवार र समाजको पनि सकारात्मक सहयोग पाए एच,आई,भि संक्रमितहरुको समस्या खासै ठुलो नभएको उहाको भनाई छ । गाउमा बसेर मेलापात र घास दाउरा गर्दे आउनुभएकी हुमिसरा हप्तै पिच्छे भने सदरमुकाम आउ जाउ गर्नुहुन्छ ।
तालिमको लागी महिनै पिच्छे काठमाण्डौ पुग्थे, कार्यक्रमकै लागी नेपालका धेरै ठाउ घुमेको छु , उहाले भन्नुभयो आफु जस्तै साथीभाई संगको भेटघाट र अनुभव साटसाट गर्दा धेरै कुराको ज्ञान बढेको छ । पाल्पामा दुई सय पचास बढी संक्रमित भएपनि मुश्किलले ४० जना जति खुलेर बाहिर आएको भन्दै भुमिसराको सुझाब छ, समाज र परिवारले पनि संक्रमितलाई हेर्ने नजर सकारात्मक बनाउनुपर्छ ।