बहराईनमा किराँत याक्थुङ चुम्लुङले आफ्नो लिम्बू साँस्कृतिक पहिचान झल्कायो

Read Time:3 Minute, 14 Second

राज्यसत्ता ब्यूरो

बहराईन, जून १ म -गत २७ मे २०१६ शुक्रबारका दिन बहराइनको राजधानी मनामा स्थित डेलमन  इन्टरनेशनल होटलको प्राङ्गणमा गैर(आवासिय नेपाली संघ (NRNA)ले नेपाली दुतावासका महामहिम का।बा। राजदुत खगराज पाण्डेको प्रमुख आतिथ्यमा नेपाली महोत्सव २०७३को विविध साँस्कृतिक कार्यक्रम संस्थाका अध्यक्ष टंक बस्नेतको सभापतित्वमा भब्य सम्पन्न गरेको हो ।

सोही अवसरमा किराँत याक्थुङ चुम्लुङले समाजका अध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बूको संयोजकत्वमा लिम्बूहरुको प्रचलित स्वादिष्ट खानाका परिकारहरू महोत्सव स्टलमा राखिएको थियो भने, विभिन्न जातीय पहिचान झल्कने पोशाकहरुमा उपस्थित जाति तथा समुदायले आ(आफ्नो मौलिकता झल्कने नृत्यहरु समेत प्रस्तुति रहेको थियो ।

आ(आफ्नो जातिय समुदायको भेष, भुषामा कलाकारहरूले कौडा, धाननाच र साकेला जस्ता मौलिक पहिचान झल्किने नृत्य लगायत विभिन्न मनोरञ्जनात्मक खेलहरु, बिंगो, हाजिरी जवाफ प्रतियोगिता, तथा ब्यापारिक स्टलहरु समेत रहेको उक्त नेपाली महोत्सव २०७३ कार्यक्रमलाई सफल बनाउन आस्टर मेडिकल सेन्टरले निस्शुल्क स्वस्थ्य परिक्षण तथा परामर्श सेवा सुविधा समेत उपलब्ध गराएको थियो ।

अन्य थुप्रै नेपाली महोत्सवको विविध आकर्षक साँस्कृतिक प्रस्तुतिले गीत संगीत पारखीहरूलाई भरपुर मनोरञ्जन दिलाउन स्थानिय कलाकारहरुको सांगीतिक प्रस्तुतिमा अशिम महतले संयोजकको भूमिका निर्वाह गरेका थिए ।

महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको हाजिरी जवाफ प्रतियोगितामा विभिन्न संघ संस्था, संगठन संस्थाहरु मध्ये प्रतियोगितामा किराँत याक्थुङ चुम्लुङले तृतीय स्थान कब्जा जमाउन सफल भएको छ भने पहिलो र दोश्रो क्रमशस् चितवन सेवा समाज र नेप्लिज वेल्फेयर सोसाइटी बहराइनले हात पारेका हुन् ।

सो, नेपाली महोत्सवमा सहभागी भई नेपाली राष्ट्रिय भेष(भुषा, कला, संस्कृति एवंम् आफ्नो मौलिक पहिचान प्रदर्शन गर्ने अवसरको वातावरण बनाउने आयोजक गैर आवासिय नेपाली संघ प्रति किराँत याक्थुङ चुम्लुङ परिवार हार्दिक आभार ब्यक्त गर्दछ विज्ञप्तिमा भनिएको छ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %