कस्तो हो नियम कानुन मेरो देश नेपालको ?

माया घले मगर

 

इजरायल,जून १,

आजभोली समाजमा ,यस्तो प्रहार हुन्छ 

बासनाको आशमा पराकाष्ट ,सृष्टीको  सिकार हुन्छ । 

यस्तै खबर दिनानुदिन, मिडियाले फुक्छ

मौन बस्छन समाजसेवी,महिला अधिकार कर्मी,कहाँ उद्दार हुन्छ !

आफ्नै घरमा सुरक्षित छ,छैन कुनै चेली

फेरी नारी अधिकारको ,किन प्रचार हुन्छ ?

अपराधीलाई न्यायधिशले दण्ड दिन्छ, पार्टी र  मान्छे हेरी, हेरि

 यहि कार्य बलात्कारको ,मुख्य आधार हुन्छ

न्यायको भिख माग्छिन आमा रुदै चिच्याउदै, निराधार हुँदै

न्याय नपाउँदा साथ् जिन्दगानी, आफैंमा भार हुन्छ

यो कस्तो हो नियम कानुन, मेरो देश नेपालको रीत

जो ओकाल्छ सत्य उही, न्यायको जार हुन्छ । ।