कतारमा वसन्त फिल्मस प्रा.लि.को सहकार्यमा पाल्पाली समाजले नेपाली कलाकारलाई सम्मान

Read Time:4 Minute, 16 Second

राज्यसत्ता ब्यूरो

  कतार, जून १- वेलकम रेष्टुरेन्टको सभाहलमा समाजसेवी कृष्ण बरालको प्रमुख आतिथ्यमा बसन्त फिल्मस प्रा।लिको सहकार्यमा पाल्पाली समाजले इश्वर काफ्लेको सभापतित्वमा गएको २८ मे सनिबारका दिन नेपाली कलाकारलाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पाल्पाली सेवा समाजका सल्लाह्कार समेत रहेका बसन्त फिल्मस प्रालिका प्रवन्ध निर्देशक सभापति इश्वर काफ्लेले नेपाली राष्ट्रिय पहिचान पाल्पाको गौरव पाल्पाली ढाका टोपी र पवित्र खादा र समाजका अध्यक्ष लिलम्बर चिदी मगरले प्रसंशा(पत्र दिँदै पाल्पाली समाजले विभिन्न विदाका पाल्पाली सर्जकहरूको उत्तरोत्तर प्रगतिमा थप हौसला, प्रेरणा मिलोस् भन्ने कामना गर्दै क्रमशस् सबै कलाकारलाई सम्मान गरेको छ ।

नेपाली मौलिक कला र संस्कृति राष्ट्रको गौरव र अमुल्य सम्पत्ति हुन् भन्ने उद्धेश्य बोकेर मध्यपूर्वीय राष्ट्र कतारमा विगत स्थापना काल देखि नै बसन्त फिल्मस् प्रा।लिले कतारमा आयोजना हुने विभिन्न विधाका आमन्त्रित कलाकारलाई थप हौसला प्रेरणा मिलोस् भन्ने अभिप्रायले कला र संस्कृतिको जर्गेना, संरक्षण(संवर्द्धनमा अहम भुमिका रहने हुँदा थप प्रोत्साहनका लागि सम्मान गर्दै आएको सभापति काफ्लेको भनाई थियो हो ।

गीत संगीत पारखी श्रोता तथा शुभेच्छुक सम्म विभिन्न विधाका सर्जकहरूका म्यूजिक भिडियो ब्यावस्थापन गरि सर्वत्र बजारमा पुर्‍याउने महत्वपुर्ण भुमिका प्रतिको उच्च मुल्यांकन गर्दै कलाकारको सम्मान कार्यक्रममा आयोजक अग्र पङ्क्तिमा रहेको खुस्सी ब्यक्त गर्दै, विभिन्न समयमा दीन दुस्खीहरूलाई आर्थिक, भौतिक र नैतिकरूपमा प्रतक्ष सह्योग समेत गर्दै आइरहेको प्रमुख आथिति,बिशेष आथितिहरुले अझ उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।

म्याग्दी प्रवासी नेपाली राष्ट्रिय संघ कार्यकारी समिति द्वारा आयोजित मोना कतारको दोश्रो साङ्गीतिक कार्यक्रमको निमन्त्रणालाई स्विकार्दै नेपाली राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सदस्य समेत रहेका विशेष अतिथि चर्चित लोक तथा रोईला गायक पुरुसोत्तम गैरे, लोक तथा दोहोरी गायिका निषा केसी र आधुनिक तथा पप गायक गगन पुन मगरले ग्रामिण संचार विकास योजना सफल बनाउन लागि नेपाल देखि आएका हुन् ।

सो, कार्यक्रममा समाजसेवी छम परियार, मोना कतारका उपाध्यक्ष किरण शाही, महासचिव तिलु शर्मा पौडेल, पाल्पाली समाजका कोषाध्यक्ष मीन ब।सारू मगर, नारायण भट्टराई कलाकार बिजय मगर लगायत स्थानिय पत्रकारहरू तथा बुद्धिजीवी, समाजसेवी, एवंम् विशिष्ट ब्यक्तित्वहरूको बाक्लो उपस्थित रहेको थियो।

का।बा।सचिव रमेश कनौजे मगर, तथा कार्यक्रम संचालन शरद पाण्डेको संचालनमा विदाई तथा सम्मान कार्यक्रम संपन्न गरेको थियो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %