बहराईनमा NRNAले नेपाली महोत्सव २०७३ भब्य संपन्न गर्यो

Read Time:4 Minute, 14 Second

राज्यसत्ता ब्यूरो

 मानमा,मे ३१-बहराईन मे २९ गैर आवासीय नेपाली संघ द्वारा आयोजित कार्यक्रम गत २७ मे २०१६ शुक्रबारका दिन बहराईनको राजधानी मनामा स्थित डेलमन इन्टरनेशनल होटलको प्राङ्गणमा नेपाली महोत्सव २०७३ लाई संस्थाका अध्यक्ष टंक बस्नेतको सभापतित्वमा संपन्न गरेको छ ।

 प्रमुख आतिथि नेपाली दुतावासका महामहिम का.बा राजदुत खगराज पाण्डे हुनु हुन्थ्यो भने विषेश अतिथिहरूमा नेपाली क्लवका अध्यक्ष कल्याण श्रेष्ठ, महान समाजसेवी गम गुरूङ, लगायत विभिन्न उच्च ओहडामा रहेका विशिष्ट ब्यक्तित्वहरू साथै, अतिथिहरूमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न जातिय, क्षेत्रिय, वर्गीय, संघ, संस्था, संगठनहरूका प्रतिनिधि एवंम् स्थानिय पत्रकारहरू अतिथिहरूलाई ब्याज तथा खादाले स्वागत गरेको थियो ।
नेपाली राष्ट्रिय मौलिक पहिचान झल्काउने विभिन्न तैयारी पोशाक, हस्तकालाका वस्तुहरू तथा खानाका स्वादिष्ट परिकार, महोत्सवको स्टलमा अवलोकन तथा खरिद, विक्री गर्ने सहभागीहरू आ-आफ्नै ब्यस्तता रहेको थियो । अर्का तर्फ आस्कर मेडिकल सेन्टरको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविरको परिक्षण तथा परामर्श बाट प्रतक्ष लाभ लिन लाईनको घुईचो लागेको थियो । किरात याक्थुङ चुम्लुङका अध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बूको संयोजकत्वमा किराँत याक्थुङ लिम्बूहरुको प्रचलित स्वादिष्ट खानाका परिकार महोत्सव स्टलमा राखिएको थियो भने, आ-आफ्नो भेष,भुषामा मौलिक पहिचान झल्किने जातिय समुदायको कौडा, धाननाच तथा साकेला नृत्य लगायत अन्य थुप्रै नेपाली महोत्सवको विविध आकर्षक साँस्कृतिक प्रस्तुतिले गीत संगीत पारखीहरूलाई भरपुर मनोरञ्जन दिलाउन स्थानिय कलाकारहरुले बेजोड सांगीतिक प्रस्तुति महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको हाजिरी जवाफ प्रतियोगितामा विभिन्न संघ, संस्था, संगठनहरुको सहभागिता थियो ।
उक्त हाजिरी जवाफ प्रतियोगितामा चितवन सेवा समाजले प्रथम पुरस्कार हात पारेको छ । द्धितिय स्थानमा नेप्लिज वेल्फेयर सोसाइटीले चित्त बुझायो । भने कडा प्रतिस्पर्धाको सामना गर्दै किराँत याक्थुङ चुम्लुङ्गले तृतिय पुरस्कार हासिल गरेको हो ।
महोत्सवलाई सफल बनाउन सहभागी विभिन्न संघ, संस्थाहरूलाई प्रमुख अतिथि, विशेष अतिथिको सह्योगमा थप प्रोत्साहनका लागि प्रमाणपत्र तथा प्रतियोगि बिजेता टिमलाई बधाई दिँदै, मेडल तथा प्रशंसा-पत्र आयोजकले प्रदान गरेको हो ।
उप-अध्यक्ष नारायण उप्रेतीको स्वागत तथा औंपचारिक कार्यक्रम महासचिव राजकुमार बस्नेतले गरेको थियो भने साँस्कृतिक कार्यक्रमका संयोजक अशिम महतको संचालनमा कार्यक्रम संपन्न गरेको जनजाति महासंघका सचिव झहर थेवे लिम्बुले राज्यसत्ता डटकमलाई जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %