देब पचभैया
काठमाण्डौ, जेठ १८-विश्वको सर्बोच्च शिखर सगरमाथामा नेपाल मगर संघको झण्डा फरफराएको छ । भारतीय सेनामा कार्यरत तनहु गजरकोट ३ का मिन बहादुर राना (मदन) र अर्का लेसनायक बाग्लुङ्गका चन्द्र बहादुर थापाले यही जेठ ७ गते (मे २० मा ) सबोच्च शिखर सगरमाथामा नेपाल मगर संघको झण्डा गाडेका हुन् । उनीहरु दुबै भारतीय सेनाको ४/८ गोर्खाराईफलमा कार्यरत छन् ।
बिदेशी सेनामा कार्यरत भएपनि बिश्वकै अग्लो नेपालको सगरमाथामा पुग्न सफल भएकोमा आफुलाई निकै खुशि लागेको
मिन बहादुर राना (मदन) ले प्रतिकृया दिनुभयो । सगरमाथामा पुग्ना साथ पहिले मगर संघको झण्डा गाडेको अनुभव सुनाउदै उहाले त्यसपछि नेपालको झण्डा र भारतीय सेना र आफ्नो कम्पनीको झण्डा गाडेको जानकारी दिनुभयो । उहाले अब दुई, तीन दिनमा काठमाण्डौ फर्किने र हाजिरमा जाने जानकारी दिनुभएको छ ।
१४ भारतीय सेना सगरमाथामा पुगे
भारतीय सेनाको ४/८ गोर्खाराईफलमा कार्यरत १४ जना सगरमाथाको आरोप गर्न सफल भएका छन् । लेफ्टेन कर्नर आर एस जम्वाल ( रनबिर जम्वाल) नेतृत्वमा भारतीय सेनाको २४ जनाको समुहले मे २० मा सगरमाथा आरोहण गरेका हुन् ।
२४ मध्ये ४ नेपाली गोर्खाहरु पनि सगरमाथामा पुग्न सफल भएका हुन् । मिन बहादुर राना (मदन) चन्द बहादुर थापा मगर संगै गुल्मी शान्तिपुरका हवल्दार अर्जुन थापा (क्षेत्री ), भोजपुरका हवल्दार मिन बहादुर तामाङ्ग सगरमाथामा पुग्न सफल भएका हुन् । अर्का नेपाल भाषी दार्जिलिङ्गका उमेश राई पनि सगरमाथामा पुग्न सफल भएका छन् । सेनामा कार्यरत रहदा भारतका जम्मुकस्मिर लगाएतका क्षेत्रमा सगरमाथा चढ्ने तालिम लिएको उनीहरुको भनाई छ । सगरमाथा चढ्न लागेको खर्च भारतीय सरकारले बेर्होने बताईएको छ ।
उनीहरुको समुह गएको साल नै सगरमाथा चढ्न बेश क्याम्प सम्म पुगेपनि भुकम्पले गर्दा फर्किएको र अहिले आएर सफल आरोहण गरेको चन्द्र बहादुर थापा मगरले जानकारी दिनुभयो ।
१० दिनको कठिन प्रयास पछि आफुहरु सगरमाथाको शिखरमा पुगेको मिन बहादुर राना (मदन) ले जानकारी दिनुभयो ।