कृष्ण सारू मगर
दोहा कतार, ३१ मे – यहि आउँदो ३ जुन २०१६ सुक्रबारका दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघले दोहाको नज्मा स्थित अल नक्यायन रेष्टुरेण्टको सभाहलमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता डा.ओम गुरुङले नेपाली भुमिपुत्र मुलवासी समुदायका सम्पूर्ण मातृ संस्थाका पदाधिकारी लगायत सबैलाई आदिवासी जनजातिहरुको आन्दोलन, पहिचान, संघियता र अधिकार, लगायत विविध महत्त्वपूर्ण विषयमा बिहान ११:०० बजे देखि प्रशिक्षण कार्यक्रम रहने हुँदा मध्ये पुर्वीय राष्ट्र दोहाको कतारमा समाजिक अवधारणा बोकी स्थापित महासंघमा आवद्ध मातृ संस्थाका अध्यक्ष तथा कार्यसमितिको विभिन्न पदमा पदेन पदाधिकारी, सल्लाहकार तथा केन्द्रिय समितिका सदस्य, विभागीय सचिव एवंम् संघिय परिषदका सदस्यहरू लगायत सबैमा उक्त प्रशिक्षण कार्यक्रममा गरिमामय उपस्थितका लागि सार्वजनिक सुचना जारी गरेको छ ।