राज्यसत्ता
जेठ,१८-अनाथ, असाहाय गरिब एबं द्धन्द्ध पिडित बालबालिकाको संरक्षणमा जुट्नु भएकी समाजसेवी जुनू पुनले द्धन्द्धकालले गर्दा आफुले उच्च शिक्षा हाशिल गर्न नपाए पनि बालबालिकाहरुको शिक्षा र उनीहरुको भविश्य प्रति आफु सधै चिन्तित रहेको बताउनुभएको छ । जनवादी कलाकार एबं भलिबल खेलाडीको रुपमा परिचित सुखौरा,गलकोट बाग्लुङ्ग निवासी जुनू पछिल्लो पटक बालबालिकाका आमाको रुपमा परिचिति हुनुहुन्छ ।
काठमाण्डौ नया बसपार्क निरको लोकतान्त्रिक चोकको मनमैजुमा अहिले पनि उहासंग २८ जना बालबालिका छन् । एकिकृत सिर्जनशिल समाज नेपाल, नामक संस्था संचालन गरेर समाजसेवामा सक्रिय जुनू भन्नुहुन्छ दुख पाएका सबै बालबालिका आफ्नै सन्तान जस्तो लाग्छ । सबैको सहयोगमा बालबालीकाहरुको उज्वल भविश्य खोजिरहनुभएकी उनै जुनू पुन संग देब पचभैयाले छोटो कुराकानी गर्नुभएको छ ।
{youtube}https://youtu.be/u3WAKpccvtg{/youtube}