राज्यसत्ता
जेठ, १७ -भाषा विना जातीय पहिचान कायम हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टाले बताउनु भएको छ । उहाले नेपालमा बोलिने सम्पूर्ण जातीको भाषाको संरक्षण र सम्वद्र्धन गर्न राज्यले लगानी गर्नुपर्नेमा जोड दिनु भयो । उपाध्यक्ष विरकट्टाले नेपालमा बोलीने सम्पूर्ण जातिय भाषामा पढाई हुनु पर्नेमा जोड दिनु भयो ।
नेपाल मगर संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको ५ दिने मगर भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले भाषा, धर्म, संस्कार र सस्कृतिको संरक्षण गर्न नसके मगरहरुको अस्तित्व गुम्न नसक्ने हुदा सम्पूर्ण मगरहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो । विरकट्टाले एक अर्को प्रसंगमा जारी संविधानले मगरहरुको अधिकार स्थापित गर्न नसकेको बताउदै अधिकार प्राप्त नभए सम्म आन्दोलन जारी राख्ने बताउनु भयो । उहाले मगरातलाई जारी संविानले ४ टुक्रा बनाएको आरोप लगाउदै मगरात प्राप्तीको लागि मगरहरु सदैव एकजुट भएर लाग्ने बताउनु भयो ।
उहाले मगरहरुको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा युवा लाग्नु पर्नेमा जोड दिनु भयो । संघका कार्यवहाक अध्यक्ष गीता सारुको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय कोषाध्यक्ष कमला थापा, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका सचिव दुर्गाबहादुर थापा, संघका सल्लाहकार दिलिप थापा, नेपाल मगर विद्यार्थी संघका मनिष थापा, नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष चन्दा थापा, समाजसेवी गोपाल राना, कुमबहादुर थापा लगायतले बोल्दै मगरहरुको पहिचान स्थापित गर्न सम्पूर्ण मगरहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान काठमाडौको सहयोगमा मगर भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु भएको हो । तालिमको भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टाले सहजीकरण गर्नुहुने संघले जनाएको छ । संघका सदस्य बर्णबहादुर थापाको स्वागत र कमल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।