गोविन्द घर्ती मगर
रुपन्देही,जेठ ८- रुपन्देहीको देवदहमा प्रथम देवदह खुल्ला नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । स्थानीय डि यूनिटी युवा क्लवको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । क्लवका अध्यक्ष दुर्गा तिवारीको अध्यक्षतामा भएको प्रतियोगिताको बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाले रेफ्रिलाई बल हस्तान्तरण गरि उद्घाटन गर्नु भएको हो ।
प्रतियोगिताको बुद्ध सामुदायिक वन उपभोक्ता समुह प्रमुख प्रायोजकको रुपमा रहेको छ । उद्घाटन खेलमा ट्राईवेरको आधारमा आयोजक डि यूनिटी क्लव विजयी भएको छ । प्रतियोगितामा ३/३ गोल भएपछि योङ्ग स्टार क्लव कावासोतीलाई ट्राईवेकरको आधारमा ४ का विरुद्ध १ गोलले डि यूनिटी क्लव विजयी भएको हो । प्रतियोगितामा योङ्ग स्टार क्लवका जर्सी नं १५ का मार्टिनले २ गोल, जर्सी नं ९ का कृष्ण श्रेष्ठले १ गोल गरेका थिए भने डि यूनिटी क्लवका जर्सी नं १७ का सुनिल खवासले १ गोल, जर्सी नं ४ का दिपक थापाले १ गोल, जर्सी नं १५ का डोना थापाले १ गोल गरेका थिए । प्रयिोगितामा योङ्ग स्टार क्लवका जर्सी नं १५ का बर्षात गुरुङ्गले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमिति भएका थिए ।
प्रतियोगितामा फल खेलेको र रेफ्रिले पेहेलो कार्ड दिएपनि अपशव्द बोलेका कारण गुरुङ्गलाई रातो कार्ड दिएका थिए । प्रतियोगिताका विजयी टिमले ७५ हजार र उपविेता टिमले ४० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्था, व्यापारीहरुले सहयोग गरेको आयोजकले जनाएको छ । भोलीको खेल जनमुक्ति क्लव तिलोत्तमा र मगरमुढा क्लव नवलपरासी वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।