नेपाल मगर पत्रकार संघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

Read Time:2 Minute, 59 Second

(देव पचभैयामगर)

  महासचिव

नेपाल मगर पत्रकार संघ केन्द्रीय समिति, काठमाडौं

 काठमाडौं ,जेठ ६-मगर कुलमा जन्मिएर पत्रकारितामा क्रियाशील मगर पत्रकारहरुको साझा संस्था नेपाल मगर पत्रकार संघको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक संगठनका अध्यक्ष मनोज घर्तीमगरको अध्यक्षतामा ५ जेठ २०७३ मा काठमाडौंमा बस्यो ।

बैठकले लिएको महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ । निर्णयहरु १) मगर पत्रकार संघको केन्द्रीय समितिमा अप्सरा समालमगर (उदयपुर), डिवी मगर (ओखलढुंगा) र नवीन रानामगर (स्याङ्जा) गरी ३ जनालाई मनोनित गरेर संघको केन्द्रीय समितिको रिक्त पदपूर्ति गरिएको छ । १ जना विदेशबाट मनोनित गर्नुपर्ने सदस्य मनोनित गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिने निर्णय गरिएको छ । २) संघको विधान बमोजिम निम्नानुसार अग्रज पत्रकारहरुलाई संघको सल्लाहाकार चयन गरियो ।

उजीर मगर, नरेश खपाङ्गीमगर (बेलायत), खिलध्वज थापा, लोकदीप थापा, राधा बुढाथोकी, दिलीप थापामगर, उदय जिएम, हर्क आलेमगर, खेम सारुमगर, खेम बुढामगर, मौसम रोकामगर, गिरि श्रीसमगर, तिलक पुनमगर, दुत पुनमगर (बेलायत) जेवि पुनमगर (हङकङ), धनबहादुर मगर, उमा मगर, प्रदीप थापामगर (अमेरिका), बालकृष्ण काउछामगर, सुरेन्द्र थापामगर र भरत जर्घामगर । ३) संघको लेखा समिति संयोजकमा सन्त गाहामगरलाई चयन गरियो । समितिको २ सदस्य मनोनित गर्ने जिम्मा संघको सचिवालयलाई दिने निर्णय गरिएको छ ।

४) संघका अनुशासन समिति संयोजकमा उदय जिएम (दाङ) र सदस्यमा रामजी राना –(लम्जुङ)लाई चयन गरियो । समितिका १ जना सदस्य मनोनित गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिने निर्णय गरियो । ५) संघको तदर्थ समिति गठन भईसकेका जिल्लाहरुमा आगामी ३ महिनाभित्र अधिवेशन गरी नयाँ कार्यसमिति चयन गर्ने र तदर्थ समिति नभएका जिल्लाहरुमा तदर्थ समिति गठन गर्ने निर्णय गरियो । ६) मगर पत्रकारहरुको लागि (पुरस्कार, उपचार र क्षमता अभिवृद्धि) ‘मगर पत्रकार अक्षय कोष’ स्थापना गर्ने निर्णय गरियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %