यसमा आज अलिकति टिप्पणी गरौ जस्तो लाग्यो ।
१. संलग्न प्रेश वक्तव्यमा, मगराँतको कुरो बुलन्दीका साथ उठाईएको छ, जो एकदम जायज छ । मगराँत, वैदिककालदेखि नै पूर्वतिर किरांत भनिए जस्तै एक ऐतिहासिक तथ्य हो । पुर्खाहरुबाट प्राप्त एकप्रकारको विरासत Inheritance हो मगराँत । यसबारे आवाज उठाउंदा के गल्ति भयो ? भएको छैन, ठीक भएको छ !
२. यो जनसम्पर्क Outreach गर्ने काममा कन्जुस्याई नगरिकन बढी भन्दा बढी Outreach हुनुपर्यो । कसैले केही टिप्पणी गर्यो भन्दैमा उसलाई लिष्टबाट हटाउने मानसिकतालाई हटाउनु पर्दछ ।
३. जो, जहाँसुकै भएपनि वा जुन कुनै पार्टी विशेषमा भएपनि, मूलकुरो राज्ययन्त्रमा निर्णायक भूमिका खेल्ने ठाउँमा पुग्नुपर्यो । यसको माने Limelight मा आउनुपर्यो र त्यसमा सबैको साथ र समर्थन हुनुपर्यो ।
४. बौद्दिक व्यक्तित्व, विज्ञ र ज्ञाताहरुको एउटा टोली बनोस वा बनाइयोस र त्यसले टोलीले अध्ययन अनुसन्धान गरेर कृतिहरु प्रकाशित गरोस किनभने मगर जातिका बारेमा आजभोलि विरोधाभासयुक्त कृति, लेख, रचनाहरु प्रकाशित हुन थालेका छन् । यो ठीक भैरहेको छैन । केन्द्रीय समितिले मगरजातिका बारेमा महीनामा कम्तिमा पनि एकपटक एउटा गोष्ठी वा विद्वतसभा आयोजना गर्दा धेरै राम्रो हुने थियो ।
५. र एउटा अर्को थप कुरा । हालैको चितवन राष्ट्रिय अधिवेशनको बेला उम्मेदवारहरुले छातीभरि पुरै A 4 साइजको अर्थात पुरै पृष्ठको पोष्टर जस्तो लाग्ने ID झुन्ड्याईएका ठीक देखिएन । सानो सानो, चुस्त दुरुस्त ID भएको भए राम्रो हुने थियो । अब भविस्यमा हुने यस्ता अधिवेशन र चुनावका बेला पोष्टर साइजको ID को प्रयोग नहोस भन्ने चाहना हो । पोष्टरहरु भित्तामा टाँसिनछन्, अन्यत्र होईन ।
धन्यवाद
बोस्टन मगर समाज [BMS]
Email: bostonmagarsociety@gmail.com