नेपाल मगर संघको जारी प्रेस बक्तब्य

Read Time:10 Minute, 58 Second

नेपाल मगर संघको ११ औ राष्ट्रिय महाधिबेशनम (२०७३ बैशाख १८—२२ गते चितवन) द्धारा पारित निति कार्यक्रमहरुको २०७३ बैशाख २९ गते रिपोर्टस क्लब काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जारी प्रेस बक्तब्य ।

नेपाल मगर संघ ११ औं राष्ट्रिय महाधिवेशन (२०७३ बैशाख १८–२२ चितवन) पत्रकार सम्मेलन

पत्रकार मित्रहरु !

आफ्नै मौलिक भाषिक, साँस्कृतिक र धार्मिक संस्कार सस्कृति भएको मगर समुदाय जनसंख्याको हिसावले नेपालको सबैभन्दा धेरै जनसंख्या भएको आदिवासी जनजाति समुदाय हो । बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक लगायतका सामाजिक विविधतायुक्त नेपालमा एकात्मक, केन्द्रीकृत र विभेदपूर्ण राज्य प्रणालीका कारण मगर लगायतका आदिवासी जनजाति, दलित, महिला, मधेसी जनताहरुले राज्यको हरेक अंगमा समानुपातिक समावेशी र अर्थपूर्ण सहभागिता र पहुँचको आभास र त्यसको प्रत्यक्ष अनुभव गर्न सकिरहेका छैनन् । राज्यका हरेक अंगहरुमा सबै जाति, भाषा, लिंग, क्षेत्र र वर्ग समुदायको समानुपातिक प्रतिनिधित्व हुन नसकेकै कारण नेपाल एकपछि अर्को द्वन्दमा फस्दै गइरहेको छ ।

संघीय राज्य प्रणालीलाई औपचारिकताको सीमित घेरामा कैद गरेर बनाइएको नेपालको वर्तमान संविधानले मगर लगायत उत्पिडित आदिवासी जनजाति, मधेशी समुदायहरुको समानुपातिक समावेशीको मागलाई समेत वेवास्ता गरेको छ । संविधान सभाको राज्यपुनसंरचना तथा राज्य शक्तिको बाँडफाँड समिति र उच्च स्तरीय राज्य पुनर्संरचना आयोगको सिफारिस र अन्तरिम संविधानले दिएको अधिकारहरुलाई समेत लत्याएदै हाम्रो अधिकार खोसेर आफ्नो स्वार्थ अनुकुल संघीयताको सिमांकन गरिएको छ ।

नेपालका सबैभन्दा धेरै जनसंख्या भएको आदिवासी मगर जातिको ऐतिहासिक पहिचानलाई छिन्न भिन्न बनाएर एतिहासिक मगरात भूमि र मगर समुदायको सघन बस्तीलाई तीन भागमा विभाजन गरेर फेरिपनी दास बनाउने खेलको गम्भिर शुरुवात भएको छ । यसमा मगर र मगरात वासी जनताको गम्भिर आपत्ती छ । लगायत आदिवासी जनजातिहरुको निश्चित आदि भूमी, ऐतिहासिक राज्य र प्राकृतिक स्रोतहरुसँगको निकटता र सामिप्यता, मौलिक भाषा, धर्म, संस्कृति, परम्पराको निश्चित क्षेत्र र सघन जनसंख्याको आधारमा जातिय पहिचान र सामर्थ्यलाई संघीयताको फरक आधार बनाउनुपर्छ भन्ने स्पष्ट मान्यता नेपाल मगर संघले राख्दैआएको छ र त्यसका लागि निरन्तर संघर्ष जारि रहेको कुरा यहाँ अवगत गराउन चाहन्छौं ।

“अधिकार सम्पन्न एकिकृत मगराँत स्वायत्त प्रदेश प्राप्तीका लागि साझा अभियान, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा एघारौं राष्ट्रिय महाधिवेशन” भन्ने मुल नाराका साथ मगर समुदायको अधिकारमुखि सामाजिक छाता सस्था नेपाल मगर संघको ११औं राष्ट्रिय महाधिवेशन यहि २०७३ बैशाख १८–२२ गते चितवनमा सम्पन्न भएको छ । यस महाधिवेशनबाट पारित गरेको संघको नीति तथा आगामी कार्यक्रमहरु निम्नानुसार रहेको यस पत्रकार सम्मेलन मार्फत जानकारी गर्दछौ । संविधानद्धारा तीन चिरा पारिएको मगरात भूमिलाई एकिकृत भूमिको रुपमा स्थापित गर्न सशक्त मगरात आन्दोलन गर्ने ।

 

संघको आगामी कार्यदिशा तथा कार्ययोजनाः

१. नेपाल मगर सङ्घको “जहाँ मगर त्यहाँ मगर संघ, जहाँ मगर पहिचान त्यहाँ मगरात स्वायत्त शासन” भन्ने नाराको भावना अनुसार संघलाई प्रत्येक मगर बस्तीबस्ती वा गाउँसम्म साङ्गठनिक संरचना सहित मुद्दाहरू प्रवाह गर्ने ।

२. जातिय पहिचान र आत्मनिर्णयको अधिकार सहितको मगरात स्वायत्त प्रदेश स्थापनाको लागि देश बिदेशमा रहेका सम्पूर्ण मगर समुदायलाई आन्दोलित गर्दै मगरात मुद्दालाई साझा अभियानको रुपमा मगरात वासी र गैरमगर समुदायहरूसँग छलफल र अन्तरक्रिया गरी साझा मुद्दाको रुपमा स्थापित गर्न पहल गर्ने ।

३. समानुपातिक समावेशी, समानता समानुपातिक प्रतिनिधित्व धर्मनिरपेक्षता, संघियता र गणतन्त्र लगायतका मुद्दाहरू संस्थागत गर्न आन्दोलन जारी राख्ने ।

४. आदिवासी जनजाति आन्दोलन सशक्त बनाउन हरेक जातीय सङ्गठनहरूसँग सम्पर्क समन्वय गर्ने र राजनैतिक पार्टीहरूसँग पनि अफ्नो मुद्दाबारेमा लबिङ गर्ने ।

५. अन्तर्राष्ट्रिय संगठन अभिसन्धि नं. १६९ लगायतका आदिवासी सम्बन्धि सम्झौताहरू र संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजातिहरुको अधिकारका लागि घोषणा गरिएका अधिकारहरु लागू गराउन नेपाल सरकारलाई दबाब दिने ।

६. प्रथम शहिद क्या.लखन थापामगरलाई राष्ट्रिय विभूतिको रुपमा विभुषित गरी फाल्गुन २ गतेका दिनलाई शहीद दिवसको रुपमा सार्वजनिक बिदा गर्न पहल गर्ने ।

७. मगर साँस्कृतिक सम्पदा बचाउन वा भाषिक मगर विश्व विद्यालय स्थापनाको लागि र भूपू गोर्खाहरूको न्यायप्राप्तिको अधिकारका लागि संघले हरदम पहल र समर्थन गर्ने । साथै सम्पूर्ण न्यायपूर्ण आन्दोलनसँग सहकार्य गरी समर्थन गर्ने ।

८. मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि विभिन्न खालका कार्यक्रमहरु संचालन गर्ने ।

९. मगर समुदायमा बोलिने तीनवटा भाषाहरुको लिपी अनुसन्धान गरि विकास गर्नका लागि कार्यविधि तयार पारि विज्ञहरुको समुह तयार गरेर मगर भाषाको संरक्षण गर्ने साथै तीनवटा मगर संस्कार सस्कृतिलाई पनि संरक्षण र सम्बर्धन गर्ने ।

१०. विश्वभरिका मगर समुदायलाई एउटै साझा सांगठनिक संजालमा जोड्नका लागि मगर अन्तराष्ट्रिय मञ्चको समन्वयमा र नेपाल मगर संघको संयोजनमा विश्व मगर महासंघ निर्माण गर्नका लागि पहल गर्ने ।

११. ढोरपाटन शिकार आरक्षको सुरक्षाको नाममा राखिएको नेपाली सेनालाई तत्काल फिर्ता बोलाई उक्त आरक्षको बनलाई सामुदायिक बन बनाई स्थानिय आदिवासी र स्थानिय जनतामा हस्तान्तरण गर्न नेपाल सरकारलाई जोडदार माग गर्ने ।

१२. नेपाल मगर संघको पूर्व केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री गोरे बहादुर खपाङ्गीमगरको उपचारको लागि नेपाल सरकार संग माग गर्ने साथै उहाँको थप उपचार सहयोगका लागि आदिवासी जनजाति लगायताका सम्पूर्ण मानुभावहरुलाई आर्थिक सहयोगका लागि आवहान गर्ने ।

१३. मगर परम्परागत सामाजिक प्रथाजन्य संस्कार–संस्कृति, भाषा, भेषभुषा र धर्महरु बिस्तृत अध्ययन गरि लेखन र चलचित्रको माध्यमबाट प्रस्तुत गरि थप संस्थागत गर्न राज्यद्वारा संरक्षण सम्वर्धन र मान्यता दिन लगाउने ।

१४. नेपाल मगर संघको एघारौ राष्ट्रिय महाधिवेशनद्धारा नबीन रोकामगरको नेतृत्वमा ५१ सदस्य नया कार्य समिति निर्वाचित गरिएको छ ।

१५. मगर संघको एघारौं राष्ट्रिय महाधिवेशन भव्य एवं सानदार रुपमा सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण प्रतिनिधी पर्यवेक्षकहरु, निवर्तमान कार्यसमिति, अध्यक्षमण्डल, निर्वाचन समिति, स्वयमसेवकहरु, विभिन्न संघसंस्थाहरु, सुरक्षाकर्मी, उद्यमी, व्यवसायी, पेशाकर्मीहरु, पत्रकारहरु, समाजसेवीहरु सबैमा सहयोग, सल्लाह र मार्ग निर्देशनका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछ ।


यहाँ उपस्थित पत्रकार मित्रहरु, उत्पीडित समुदाय, वर्ग र शासकहरुको बिचमा भइरहेको पहिचान तथा अधिकार प्राप्तिको न्यापूर्ण आन्दोलनलाई सार्थक निष्कर्षमा पु¥याउनका लागि आम उत्पीडित जनताहरु सबैको सहयोग र सहभागिता हुन जरुरी रहेको समेत यस पत्रकार सम्मेलन मार्फत जानकारी गर्दछौ । धन्यवाद ।।

जय नेपाल मगर संघ । जय मगरात ।। जय संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ।।।

 

………………….                                                            …………….

ज्ञानेन्द्र पुनमगर                                                            नबीन रोकामगर
महासचिव                                                                    अध्यक्ष

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %