काठमाडौ । दश बर्षे जनयुद्धको चपेटामा परेको रोल्पा अनि रोल्पाको काखमा हुर्केका जनक घर्ती मगरकोे कलिलो मनमा दश बर्षे सशस्त्र जनयुद्धको प्रभाव प¥यो । जातीय विभेद, सामाजिक उत्पीडनको विरुद्धमा माओवादीले सशस्त्र क्रान्तिको सुरुवात गर्दा जनक घर्ती आमाको काखमा खेल्दै थिए ।
गाउमा क्रान्तिको आगो दन्किरहेको थियो । दिनडाहालै सेना, प्रहरी र माओवादीबीच भीडन्त हुँदा लाउलाउ लाग्दा र खाउखाउ लाग्दा जवानहरु छिनको छिनमा नै बन्दुको सिकार बन्ने गर्थे । आम जनतामा त्रास पीडा थियो । सेना प्रहरी गाउ आउदा पनि जनतालाई सुख थिएन । माओवादीबाट पनि सुख थिएन रोल्पाली जनतालाई । यस्तो वातावरणमा आफनो बात्सल्य जीवन विताएका जनकले अन्तत रोल्पालीको पीडा चलचित्र रोल्पा रोगमा प्रस्तुत गर्न सफल हुन पुगेका छन ।
उमेरको हिसाबले भर्खर २०औ बसन्त पार गरेका जनक आज भन्दा २० बर्ष अगाडि रोल्पा जिल्लाको लिवाङ–१ नुवाकोटमा जन्मिएका हुन । उनी सानै देखि आफुलाई सफल कलाकार बनेको हेर्न रुचाउथे । आफना रहर इच्छालाई पुरा गर्नका लागि जनक रोल्पादेखि काटमाडौसम्मको यात्रा सुरु गर्छन । काठमाडौमा आइपुगेपछि उनलाई टेलिचलचित्र तितो सत्यमा दिपकराज गिरीले अभिनय गराउन पुगे केही बर्ष जनकले तितो सत्यमा नै काम गरे । यस् सँगै उनले आधा दर्जन जती टेलिफिल्ममा अभिनय गरी सकेका छन भने केही ठुला पर्दाका चलिचित्रमा समेट अभिनिय गरी सकेका छन ।
अर्को तिर हेर्दा जनक घर्ती मगर तेक्वान्दो खेलाडी पनि हुन । उनले जिल्ला क्षेत्र हुदै राष्ट्रिय खेलमा सहभागी हुदै पदक पनि जितेका छन । जनकलाई सुरुमा कसैले पनि फिल्म खेल्नु पर्छ भनेर भनेको थिएन । उनी भन्छन– मलाइ कसैले पनि फिल्म मा खेल्नु पर्छ भनेर भनेन, सानोमा फिल्म हेरिसके पछि मलाइ आफ्सेआफ फिल्ममा अभिनय गर्ने इक्षम भयो ।Watch video trailer
रोल्पा रोग -जाउला कान्छी
बीएसी अध्यायन गर्दै गर्दा जनकले चलचित्र सम्बन्धी अध्ययन अध्यापन गरिने ओस्कर कलेजको बारेमा थाहा पाए । त्यसपछि उनले ओस्कारमा भर्ना भए । पढाइसंगै उनको निर्देशक दिपक ओलीसंग भेट भयो । दिपक ओलीले चलचित्र रोल्पा रोग निर्देशक गर्ने र कलाकारका रुपमा जनकलाई रोज्न पुगे अन्ततः जनकको कलाकार बन्ने सपना पुरा भयो ।
त्यसपछि नेपाली चलचित्र क्षेत्रमा नायक बनेर स्थापित हुन पुगेका छन । चलचित्र रोल्पा रोग यही बैशाख २४ गतेबाट रिलिज हुने तयारीमा छ । रोल्पा रोगमा उनको अभिनयको निकै तारिफ गरिएको छ । रोल्पा रोगमा जनकले गरेको अभिनय कस्तो भन्ने आम दर्शकको कौतुहल भने वैशाख २४ गते पुरा हुनेछ ।
हेड लाइननेपाल ड्ट कम बाट
Source:-http://headlinenepal.com/archives/13329