देशको लागि एक भई सोचौ

माया घले मगर (इजरायल)_________________

 

हामी सबै मिलिजुली एकजुट भै देशको लागि सोचौ
देशको खातिर हामी सबै एक भै कम्मर कसौ !!

हामी सबै मिल्न सके देशको बिकाश हुन् सक्दछ
हामी मिलेर नै देश नेपाल लाई चिनाउनु पर्दछ !!

भ्रष्टचारी,अन्धबिस्वास,कुरीति,जातीय भेदभाब लाई हामीले नै मिलेर हटाउनु पर्दछ
अनि मात्रै नेपाल को बिकाश हुने गर्दछ !!

गौतम बुद्ध जन्मेको देश नेपालमा अशान्ति नफैलाऔ
शान्ति क्षेत्र नेपाल भनेर बिश्व लाई चिनाऔ !!

थोपा-थोपा मिल्न सके समुन्द्र बन्दछ
हामी सबै मिलेर नै देशको मुहार फेर्नु पर्दछ !!