स्व. दिलबहादुर घरब्जा छन्त्याल स्मृति दोस्रो तारा खेल प्रतियोगिता सुरु

Read Time:5 Minute, 15 Second

रूद्रबहादुर श्रीसमगर

  पोखरा, १५ वैशाख – नेपाल छन्त्याल संघ, कास्कीको आयोजनामा संघका संस्थापक सर्वमान्य स्व. दिलबहादुर घरब्जा छन्त्यालको स्मृतिमा बुधबारदेखि संस्थापक सर्वमान्य स्व. दिलबहादुर घरब्जा छन्त्याल स्मृति दोस्रो तारा खेल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको उद्घाटन गर्दै संघका संस्थापक कास्की जिल्ला अध्यक्ष सोमबहादुर तथब्जा छन्त्यालले तारा खेललाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन यस्ता प्रतियोगिताले महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । तारा खेल आदिवासी जनजातिहरूको महत्वपूर्ण ऐतिहासिक खेल भएको जनाउँदै छन्त्यालले तारा खेलको महत्वका बारेमा प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष भक्तबहादुर घरब्जा छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आर्चरी संघका केन्द्रीय उपाध्यक्ष वसन्त थकाली, अन्नपूर्ण आर्चरी क्लबका अध्यक्ष एवं प्रशिक्षक केके गुरुङ, नेपाल आर्चरी संघ, कास्कीका अध्यक्ष योगेन्द्र शेरचन, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष पानबहादुर घर्ती, नेपाल छन्त्याल महिला संघ कास्कीका अध्यक्ष माया तथब्जा छन्त्याल, थकाली सेवा समिति, कास्कीका महासचिव इञ्जिनियर गोविन्द गौचन, नेपाल छन्त्याल संघ कास्की तारा खेल समितिका संयोजक सु. धनबहादुर भलञ्जा छन्त्याल, सचिव बमबहादुर घरब्जा छन्त्याललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । बिहीबार सकिने सो प्रतियोगितामा आयोजकका दुईसहित नौ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २१ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मीना र अञ्जनले गरे जनवादी विवाह जनवादी विवाह पनि फेशनजस्तै हुन थाल्यो ः श्याम पोखरा, १५ वैशाख नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक अशोक छन्त्याल ‘अर्जुन’की जेठी छोरी मीना छन्त्याल र पाल्पा, तानसेननिवासी अञ्जन आलेमगरले जनवादी विवाह गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) कास्कीको आयोजनामा बुधबार पार्टी नेता तथा कार्यकर्ता र आफन्तको रोहवरमा भएको कार्यक्रममा मीना र अञ्जनले जनवादी विवाह गरेका हुन् ।

 सो अवसरमा बोल्दै नेकपा (माओवादी)का केन्द्रीय सचिवालय सदस्य एवं तमुवान राज्य संयोजक श्रीनाथ अधिकारी ‘श्याम’ले जनवादी विवाह जनवादी संस्कृति निर्माणका लागि महत्वपूर्ण हुने बताउनुभयो । जनवादी विवाह अहिले फेशनजस्तै बन्दै गएको भन्दै नेता श्यामले जनवादी विवाह गरेपछि पनि दैनिक जीवनमा जनवादी आचरणलाई लागू गर्न सक्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो समाजमा चलिआएको विवाह सामन्तवादी र पुँजीवादी संस्कारबाट ग्रसित छ’, नेता श्यामले भन्नुभयो, ‘तर, हामीले फरक ढंगले जनताको संस्कृति अनुसार जनवादी विवाह भनेका हौं ।’

कार्यक्रममा वर र बधूले दाम्पत्य जीवनलाई नमुना बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । सो अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवं तमुवान राज्य सह–संयोजकद्वय हरिबहादुर चुमान ‘अजित’ र रामजी थापा, नेकपा माओवादी कास्कीका सेक्रेटरी पूर्णजीत पुन ‘उभार’, नेकपा (क्रान्तिकारी माओवादी) कास्कीका सह–संयोजक भीमबहादुर श्रीस, बधूकी आमा कौशिला बुढामगर ‘कोपिला’, क्रान्तिकारी पत्रकार महासंघ कास्कीका संयोजक रूद्रबहादुर श्रीसलगायतले वैवाहिक जीवनको सफलताको शुभकामना दिनुभएको थियो । 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %