बहराईनमा निस्शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

Read Time:3 Minute, 34 Second

राज्यसत्ता ब्यूरो

  वैषाख,१३ – मानमा(बहराईन २४ अप्रैल गैर आवासीय नेपाली संघ तथा नेपाली क्लवको संयुक्त पहलमा २२ अप्रैल २०१६ शुक्रबारका दिन आस्टर मेडिकल सेन्टरका ब्यावस्थापन समितीको नर्स, जनरल फिजिसियन डाक्टर तथा विशेषज्ञ टोली सहितको विशेष सह्योगमा मध्ये पूर्वीय राष्ट्र बहराईनमा रहेका नेपालीहरूको निस्शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त औपचारिक कार्यक्रमलाई महामहिम का।बा राजदुत खगराज पाण्डे, आस्टर मेडिकल सेन्टरका प्रवन्ध निर्देशक शानाबास, एनआरएनएका अध्यक्ष टंक बस्नेत र नेपाली क्लवका अध्यक्ष कमल श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नु भएको हो ।

गत वर्ष नेपालका भएको अकल्पनिय घटना प्राकृतिक प्रकोप बाट क्षति भुकम्प पीडितहरुका लागि आस्टर ग्रुप परिवारले आर्थिक, भौतिक नैतिक मानविय सह्योग जुटाई मद्धत गरेकोमा धन्यवाद ज्ञापन दिनुका साथै नेपाली समुदायलाई गरेको सह्योग प्रति खुलेरै उच्च प्रशंसा गर्नु भएको थियोे ।

अन्त्यमा उहाँले जआस्टर मेडिकल सेन्टरका प्रवन्ध निर्देशक शानाबास तथा ब्यावस्थापन समिती संग बसेको उक्त, विशेष बैठकमा अस्पतालमा संवन्धि योग्य, दक्ष अनुभवि आवश्यक विभिन्न विविध चिकित्सक तथा अन्य रोजगार संभावनाको बारेमा पनि राजदूत पाण्डेले विशेष छलफल गर्नु भएको श्रोतले जनाएको छ ।

का।बा। महामहिम राजदुत खगराज पाण्डे, सहित २३५ जना सर्वसाधारणले सामान्य ल्याव टेष्ट सहित स्वास्थ्य निस्शुल्क स्वास्थ्य परिक्षण संगै जटिल तथा सामान्य रोग बाट बच्ने विभिन्न उपाय र विकल्पको बारेमा डाक्टरले सुझाव, सल्लाह तथा परामर्श दिएका हुन् ।

स्वास्थ्य परिक्षण शिविरमा सहभागीलाई जलपान तथा भोजनको ब्यावस्थापनमा क्लवका प्रमुख सल्लाहकार दुर्गा गिरीले सौजन्य प्रदान गरेका थिए ।

गैर आवासीय नेपाली संघका अध्यक्ष टंक बस्नेतले कार्यक्रमलाई सफल बनाउन विशेष योगदान पुर्‍याउने आस्टर मेडिकल सेन्टरका ब्यावस्थापन समिती परिवार, तथा विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरू स्थानिय पत्रकारवंधु एवंम् प्रतक्ष वा अप्रतक्ष सहयोगदाता शुभेच्छुकहरु साथै, संघका कार्यकारी पदाधिकारी सदस्यहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन दिँदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्दै सम्पन्न गरेको थियो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %