भद्रकालीमा समता कला कार्यशाला

Read Time:2 Minute, 17 Second

मनोज घर्ती मगर 
पोखरा

प्रकृतिलाई दुरुस्त उर्तानु मात्रै कला होइन, भाव थपेर नराम्रोलाई राम्रो बनाउनु कला हो । कलाकारले पानी रङको पोखरा भन्न रुचाउने यहाँ थुप्रै कलाकार छन्, जसले चित्र कोर्छन् । तीनै कलाकारलाई प्रबद्र्धन गर्न पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन/तीन महिनाको तेस्रो शनिबार समता कला कार्यशाला आयोजना गर्छ । जुन कार्यशालमा कलाकारले तत्स्थानमै पोखरा चिनाउने विभिन्न चित्र बनाउँछन् । पोखराको प्रसिद्ध मन्दिर भद्रकाली परिसरमा शनिबार आयोजना गरिएको समता कला कार्यशालाको ५१ औं श्रृङ्खलामा पनि कलाकारले थुप्रै चित्र बनाए । कलाकारले चित्र बनाउँदै गरेको अवलोकन गर्न पुगेका कार्यशालाका प्रमुख अतिथि वरिष्ठ कलाकार दुर्गा बरालले हतारमा काम गर्दा कला बिग्रन सक्ने भएकाले यसका लागि धैर्य रहनुपर्ने सुनाए । पानी रङको सहरका रुपमा परिचित पोखराका कलाकारले पानी रङमा अझ साधाना गनुपर्ने उनको सुझाव थियो ।

कार्यक्रमका कला नायक वरिष्ठ कलाकार गोपाल श्रेष्ठले कलाको विकास गर्न आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनुपर्ने अनुभव सुनाए । कला कार्यशालमामा मिलन शेरचन, पदम घले, विश्वराज पराजुली, मनोज तामाङ, थमनसिंह सुनार, सुजन गुरुङ, देवेन्द्र गुरुङ, गोपाल दरै, एलिता गुरुङ, हल बहादुर गुरुङ लगायतका कलाकारले पानी रङ, होनानो ओसिआना र एक्रेलिक माध्यमको प्रयोग गरि प्रकृति र जीवन जगतलाई कलामा उतारेको परिवारका अध्यक्ष सुरेश रानाभाटले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %