बहराईनमा १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको भब्य तैयारी अन्तिम चरणमा

Read Time:2 Minute, 12 Second

राज्यसत्ता ब्यूरो

मानमा बहराइन २३, अप्रैल- सेवा नै धर्म हो भन्ने मुल उद्धेश्यका साथ स्थापित नेप्लिज वेलफर सोसाइटीले यहि आउँदो २९ अप्रैल २०१६ सुक्रबारका दिन १३०औं  अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम मनाउने भएको छ ।

उक्त कार्यक्रमको प्रवेश शुल्क बाट संकलित रकमलाई बहराईन स्थित नेपालीहरूमा भै परि आउन सक्ने विविध समस्याहरूको समाधानका लागि केही हद सम्म मलम पट्टी लगाउन मद्धत होस् भन्ने हेतुले यो साँस्कृतिक कार्यक्रमको मुख्य उद्धेश्य रहेको आयोजक समितिले जनाएको छ ।

राष्ट्रिय लोक तथा दोहरी गायीका राधिका हमाल नमस्ते, क्ष्याजोले, झोर्ले है।।। बोलको गीतले निकै  बहुचर्चा पाएकी कलाकार हुन् भने अन्य चर्चित कलाकारहरू इन्दिरा जोशी, तारा लिम्बुको साथमा स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति रहने हुँदा कार्यक्रम भब्य रूपमा सफलता बनाउनको लागि बहराईनमा स्थापित विभिन्न संघ, संस्था, संगठन समाजसेवी ब्यावसायी, मजदुर एवंम् समस्त गीत संगीत पारखी आदरणिय नेपाली दाजु भाई तथा दिदी बहिनीहरूमा गरिमामय उपस्थितिको लागि आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको समाजका अध्यक्ष शालिगराम पन्तले राज्यसत्ता डटकमलाई बताएका छन् ।

मिति:२९ अप्रैल २०१६ सुक्रबार

स्थान: डेल्मन इन्टनेश्नल होटल (मानमा)

समय: साँझ : ६:०० बजे प्रवेश शुल्क बिडी ४ मात्र 

नोटः विष्तृत जानकारी लिनका लागि ब्यानर हेर्नुहोस् 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %