युएईमा रहेका नेपाली पहिचानवादीहरुको नयाँ वर्षको शुभकामना कार्यक्रम

Read Time:2 Minute, 36 Second

उमेश राई

१९ अप्रिल युएई – नेपाली संघीय समाज युएईको आयोजनामा,युएईमा रहेका नेपाली पहिचानवादीहरुले, बिक्रम संवत २०७३ नयाँवर्षलाई आगामी २९ अप्रिल शुक्रवार, आबुधाबी स्थीत मुरूर कर्नेशपार्कमा, शुभकामना आदानप्रदान एवं पिकनिक कार्यक्रम गर्दै भव्यरुपमा मनाउने भएका छन् र उक्त शुभकामना कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न समाजको बरिष्ठ उपाध्यक्ष दिपराज न्योहांग लिम्बुको संयोजकत्वमा उपाध्यक्ष नवराज भुसाल,सचिव चन्द्रा साम्पांग राई,कोषाध्यक्ष योगराज बर्देवा र युवा विभाग प्रमुख अर्जुन गारंग्जा मगर एवं पिकनिकको सम्पूर्ण बन्दोबस्त मिलाउन, समाजकी महिला विभाग प्रमुख शुशी पुलामी मगरको संयोजकत्वमा,सहकोषाध्यक्ष प्रमिला थापामगर, सांस्कृतिक विभाग प्रमुख आशा थापा मगर,केन्द्रिय सदस्य द्वय धन कुमारी थापामगर र यसोधा थापा रहेको  ५र५ सदस्यीय तैयारी समिति निर्माण भएको जानाकारी समाजका अध्यक्ष हरि बहादुर घर्ति मगरले दिएका छन् ।

पहिचान र अधिकार प्राप्तिको निम्ति,संघीय समाजवादी फोरम,नेपाल समेत मुख्य नेतृत्वमा रहेकोले हाल मुलुकमा जारी “संयुक्त राष्ट्रिय आन्दोलन” लाई  प्रवासवाट के कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने उदेश्यले युएईमा रहेका पहिचानवादीहरुलाई एककृत गराई बृहत छलफल गर्न र आन्दोलनलाई सक्दो सहयोग गर्नको निम्ति पनि उल्लेखित कार्यक्रम महत्वपूर्ण हुने हुँदा, युएईमा रहेका सम्पूर्ण नेपाली पहिचानवादी दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन समाजले सादर निमन्त्रणा गरेकोछ र सोहि अवसरमा समाजको दोर्सो बैठक हुने र क्षेत्रीय समिति आबुधाबीलाई पनि पूर्णता दिईने  अध्यक्ष मगरले जानाकारी दिएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %