कतारमा मगर महिला र कला तथा साँस्कृतिक विभागले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 37 Second

राज्यसत्ता व्यूरो

वैशाख,८-दोहाकतार १६ अप्रैल नेपाल मगर संघ, शाखा कतार ९केन्द्रिय समिती०को मातहतमा रहेको महिला विभाग तथा कला संस्कृति विभागको संयुक्त पहलमा दोहाको नज्मा स्थित अमवज रेष्टुरेण्टको सभाहलमा गत १५ अप्रैल २०१६ शुक्रबारका दिन ईशोरा थापा मगरको सभापतित्वमा नव वर्ष २०७३ को शुभकामना आदान(प्रदान कार्यक्रम संपन्न गरेको छ ।

प्रमुख आतिथि नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर हुनु हुन्थ्यो भने शुभकामना आदान(प्रदान कार्यक्रम समारोहमा २०१६र०१७ का नव नियुक्त मगर ९बाङ० राजालाई विशेष आतिथ्य ग्रहण गराएको थियोे ।

प्रमुख अतिथि महेन्द्र तथा सभाध्यक्ष ईसोराले ब्यानरलाई अनावरण गर्दै मगरहरूको राष्ट्रिय गीत संगै संयुक्त रूपमा शान्तिका द्धिप प्रज्वलन गरी   अौपचारिक कार्यक्रमलाई उद्घाटन भएको थियोे ।

मातृ भाषा, लिपि तथा अध्ययन अनुसन्धान विभागका अभिमत पुन मगर, विदेश विभाग संयोजक शेर बहादुर रोका मगर, क्रमशस् दिपक योक्चाई मगर, मन कुमार रोकीम मगर, नरेन्द्र ल्हायो मगर, अम्वर थापा मगर, उद्धब सारु मगर, मगर, केशव राना मगर, खिम राना मगर र जनक थापा मगरले शुभकामना मन्तव्य राखेका थिए ।

संघको मातहतमा रहेका समिति तथा उप(समितिका पदेन सहभागी सदस्य, कलाकार, खेलाडी, लगायत  कतारवासी मगर तथा गैर मगर दाजु(भाई तथा दिदि(वहिनीहरुलाई मिठा(मिठा स्वादिष्ट भोजनको साथमा मगरहरूको मौलिक पहिचानलाई संरक्षण(संवर्द्धन प्रति साँगीतीक मनोरञ्जनका लागि चिरपरिचित तथा लोकप्रिय गायक दिपक थापा मगर र सोम थापा मगरले दिएका थिए भने बाँसुरीको सुमधुर धुनमा पाण्डव थापा मगरले साथ दिएका हुन् । उक्त साँगितिक भरपुर मनोरञ्जनले कार्यक्रमलाई सौहादपुर्ण वातावरणमा भएको थियोे ।

शाखा कतारको मातहतमा रहेका विभिन्न विभागिय समिति तथा उप(समितिमा आवद्ध सदस्य, कलाकार, खेलाडीको कार्ययोजना अझ प्रभावकारी ढंग बाट अगाडि बढ्न थप टेवा पुगेको बताएका उनले थप्दै भने, परम्परागत हाम्रा पूर्खाले दिएको अमुल्य सम्पत्ति ईतिहास, मौलिक पहिचान भाषा, धर्म, संस्कृति पद्धति संगै न्याय, हक, अधिकारको लागि प्रवास वाट पनि बुलन्द आवाज उठाउनु पर्ने जोड दिँदै प्रमुख अतिथि महेन्द्रले मन्तब्यको क्रममा आफ्नो धारणा रहेका थिए ।

कला तथा साँस्कृतिक विभागकी सह(संयोजक गायत्री पुन मगरको स्वागत तथा साँस्कृतिक सचिव सोम थापा मगरको संचालनमा कार्यक्रम संपन्न भएको थियोे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %