बीर बिक्रम नेपाली सिने जगतको बिर सिनेमा

Read Time:2 Minute, 59 Second

रेन्द्र इङनाम – केन्ट बेलायत

गत १६ अप्रिल शनिबार बेलायतको आँसफोर्डमा निर्देशक मिलन चाम्सु द्धारा निर्देशित ‘बीर बिक्रम’ को छैटौ प्रिमियर शो सम्पन्न भयो ।
हालैको नेपाली सिने जगतका एक नम्बर चर्चित र लोकप्रिय नायक दया हांग राई र नायिका दिया पुनको प्रत्यक्ष उपस्थिति रहेको, बेलायत लगायत हङकङको प्रिमियर शोहरुले ‘बीर बिक्रम’ चलचित्र दर्शकहरुले ज्यादै रुचाएको र सकारात्मक प्रतिकृया पाएर पनि उक्त शो हेर्न अत्यन्तै उत्साहित दर्शकहरुको भिडले ठुलैहल पनि प्याक भएको थियो ।
गत २ अप्रिल २०१६ को दिन अल्डर्सटको प्रिन्सेस हलमा रेडकार्पेट प्रिमियर शो गरे यता अन्य ५ शोहरु बेलायतको बिभिन्न स्थानहरुमा गरि सकेको छ । अहिले सम्ममा कबर गर्ननसकेको ठाउहरुको दर्शकहरुले उक्त चलचित्र हेर्न नपाएको गुनासो र हेर्न पाउने अनुरोधले गर्दा निर्देशक र नायकको नेपाल फर्कने समय बढाउनु परेको निर्देशकले बताए ।
चलचित्रको कथाले दर्शकलाइ अत्यन्तै बाँधेर राख्न सक्ने भएको र चलचित्रका द्वन्द र रौनक कथा झन रोचक हुँदै जाने भएकोले चलचित्र भित्र हराएर दर्शकहरुले पुरै फिल्म चुपचाप हेरेका थिए ।
निर्देशकले उत्कृष्ट २०० भन्दा धेरै म्युजिक भिडियोहरु र नेपाली सिने जगतमा “हसिया” एक्शन चलचित्र बाट प्रवेश गरेका हुन । यस चलचित्रका नयाँ अनुहार नायिका दिया पुनले पुराना नायिकाहरु भन्दा अझै राम्ररी आफ्नो अभिनय निभाएको र नायक दया हांग राइको अरु चलचित्रमा नदेखिएको अभिनयले झन यस चलचित्रलाई हेर्न नछुटाउने बनाएको छ।
यस चलचित्रले जागरुक र सजग बन्नु पर्ने शिक्षा दिन्छ र सामाजका कुरीतिहरु र अन्ध बिश्वास हटाउनु पर्छ जस्ता पाठ सिकाउँछ, समग्रमा सिंगो समाज अट्ने बनेको छ यो ‘बीर बिक्रम’।
अत्यन्तै उत्कृष्ठ फिल्म बनेकोले ‘बीर बिक्रम’ सन् २०१६ को सुपर हिट फिल्महरूको सूचीमा अवश्य पर्ने छ र यस चलचित्रले नव नायिका दिया पुनलाई नेपाली सिने जगतमा स्थापित गराउने प्रवल सम्भावना देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %