बिक्रम सम्बत् भारतीय हो कि नेपाली मौलिक सम्बत् ?

Read Time:2 Minute, 58 Second

होइन खाटी राष्ट्रबादी मै हुँ भन्ने हुन्कार गर्नेहरुले नेपाली मौलिक नेपाली संवत पनि राख्न नसकेर भारतमै पनि हराइ सकेको बिक्रम संवतलाई काखी च्यापेर के सारो लाचारपन देखाको !
टेक बहादुर थापा राजेश 

प्राचिन भारतमा शक् जातीका प्रतापी शासक मोअस नाम गरेका एक शासक थिए | उनको राज्य तक्षशिला, मथुरा, महाराष्ट्र र उज्जैन क्षेत्रमा थियो | बैद्धिक आर्य र शक् जाती पृथक मूल्य मान्यता बोकेका जाती थिए | बैद्धिक आर्य सम्राट बिक्रमादित्य नाम गरेका शासकले युद्धमा उनै शक् सम्राट मोअसलाइ पराजित गरेपछि त्यसैको खुसियालीमा भारतमा बिक्रम सम्बतको शुरुवात गरिएको थियो |

बिक्रम सम्बतलाइ हिन्दु सम्बत पनि भनिन्छ | हालको हिन्दुस्तानमा बिक्रम सम्बत शुरु गरिनु भन्दा पहिला शक् सम्बत प्रचलनमा थियो | नेपालका शासकहरुले बिक्रम सम्बत प्रचलन ल्याउनुको मुख्य कारण चाही बैदिक आर्यहरुको प्रभाब नै हो | हिजो नेपाल हिन्दु राज्य थियो | हिन्दु राज्यले हिन्दु पात्रोलाइ मलजल गर्थियो | हिन्दु शासकहरुको त्यो दायित्व थियो |

नेपाल एक धर्मको राज्यबाट सबै धर्म अबलाम्बीहरुको राज्य बन्ने तर्फ उन्मुख छ | नेपाल नामसंग जोडिएको नेपालीहरुको आफ्नै नेपाल सम्बत पनि हामीसंग छ | जो बिजय र पराजयसंग नजोडीएर मुक्तिसंग जोडिएको छ | संखाधर साख्वाले गरीबहरुको ऋण तिरिदिएर स्थापना गरिएको नेपाल सम्बत् हिन्दु पात्रो बिक्रम सम्बत् को बिकल्प हुन् सक्छ ।

लेखक 

भारतबाट शुरु भएको बिक्रम सम्बत् अहिले हिन्दु तिथि, मितिको लागि सास्कृतिक महत्वमा मात्र सिमित छ भारतमा | भारतको कामकाजी पात्रो इश्बी सम्बत् हो |

हिन्दुस्तानीहरुले नै कामकाजी पात्रो बनाउन नचाएको बिक्रम सम्बत् लाइ हामी नेपालीहरुले मरेको बिरालोलाइ काखी च्यापे जस्तो किन च्यापने ? हिन्दु मान्यताको एउटा उखान छ “गाई मारेर गधा पोस्ने ?” सच्चा राष्ट्रबादीहरुले अब सोच्ने पो हो कि ?

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %