रामबहादुर थापा मगर
(मगरहरुको सामाजिक संस्था नेपाल मगर संघको आगामी २०७३ वैशाख १८—२२ गतेसम्म चितवनमा हुनगइरहेको एघारौं महाधिवेशनलाई केन्द्रित गरी अवको नेपाल मगर संघ कस्तो बनाउने? भन्ने प्रश्न उठेको छ ।
प्रश्नको प्रमुख कारण अहिलेको संघको नेतृत्व आम मगरहरुले अपेक्षा गरेअनुरुप अगाडी बढ्न नसक्नु हो । अब मगरहरुले नेपाल मगर संघको नीति, कार्यक्रम र नेतृत्वको गम्भिर समीक्षा गर्दै आगामी बाटो तय गर्नु जरुरी छ । संघको आसन्न महाधिवेशनलाई केन्द्रित गरी संघको नीति, विचार र नेतृत्व सम्वन्धमा मगर समाजका अगुवाहरुको विचमा अर्थपूर्ण र तार्किक छलफलका लागि मगर सरोकार समूहले यो आधार पत्र तयार गरिएको हो ।)
१.पृष्ठभूमीः
• २०२८ सालमा लाङ्घाली परिवार र २०३९ मा नेपाल लांघाली परिवार संघ २०४८ सालदेखि नेपाल मगर संघको नामबाट स्थापित हालको नेपाल मगर संघ नेपालका आदिवासी जनजातिमध्ये जनसंख्यामा सबैभन्दा ठूलो आदिवासी जनजाति समुदाय हो ।
• आदिवासी जनजाति अधिकारको लागि स्थापित आदिवासी जनजाति महासंघ,आदिवासी जनजाति विद्यार्थी महासंघ र आदिवासी जनजाति महिला महासंघको पहिलो नेतृत्व मगर समुदायबाट भएको ।
• अधिकार प्राप्तीको लागि संघर्ष र संगठनको नेतृत्व गर्दै आएको मगर समुदाय राज्य विभेदको विरुद्ध संघर्ष गर्दै समुन्नत मगर समाज निर्माणको लागि मगर संघले भूमीका खेल्नु पर्छ ।
• संघलाई औपचारिकतामा सिमित नराखि सबै वर्ग,क्षेत्र,लिंग र भाषाका मगरहरुको साझा र आस्थाको संगठन कसरी बनाउने ? उत्तर खोज्नु जरुरी छ।
• अबको शताव्दीपछि मगर पहिचान मात्रै होइन जाति नै लोप हुन सक्ने खतरा छ ।
• मगरको पहिचान,अधिकार र अस्तित्व रक्षाको दायित्व मगर संघको हुनाले संघलाई परम्परागत ढंगबाट रुपान्तरण सहित शसक्त बनाउनु जरुरी छ ।
२. मगर समाजको व्यापकता र विविधता
भूगोल, क्षेत्र र लिगको आधारमा मगरहरुको जनसांख्यिक अवस्था
क्षेत्र जनसंख्या प्रतिशत
नेपालको कूलजनसंख्या २६,४९४,५०४ १००
मगर कूलजनसख्या १८,८७,७३३ ७.१२
सघीय प्रदेशको आधारमा
प्रदेश न १ १८९२४८ १०
प्रदेश न २ ६ ४८७८ ३.५
प्रदेश न ३ २७०६३९ १४.३
प्रदेश न ४ ४२०५६२ २२.२
प्रदेश न ५ ७१२८२० ३७.८
प्रदेश न ६ १७२९१९ ९.२
प्रदेश न ७ ५६६६७ ३
लैंगिक आधारमा
महिला जनसंख्या १०,१३,३१७ ५३.६८
पुरुषजनसख्या ८७४,४१६ ४६.३२
पर्या भौगोलिक आधारमा
हिमाल २७,७८३ १.४८
पहाड १३,२४,५२५ ७०.१६
तराई ५३५,४२५ २८.३६
गाउँ र शहरमा
गाउँमा १६,५४,८४१ ८७.६६
शहरमा २३२,८९२ १२.३४
स्रोतः केन्द्रिय तथ्यांक विभाग २०६८
३. मगर संघको नीति तथा कार्यक्रम कस्तो छ, कस्तो हुनुपर्दछ ?
अहिले कस्तो छ ?
अव कस्तो हुनुपर्दछ?
• समानुपातिक समावेशीकरण सघको एक प्रमुख माग हो । तर मगर समाजको विविधता अनुसार मगर संघ आफैं समावेशी समानुपातिक हुन सकेको छैन ।
• भाषा, भूगोल, लिंग र विचारको आधारमा पूर्ण समानुपातिक समावेशी हुनुपर्दछ । ड्ड शहरका १२ प्रतिशत जनसंख्यामा सिमित छ
• गाउँका ८० प्रतिशत जनसंख्यामा लैजान पर्दछ ।
• मगर संघको संगठनात्क संरचना एकात्मक र केन्द्रिकृत संरचनामा छ ।
• देश नै संघीयतामा गइसकेको अवस्थामा पूर्ण संघीय संरचनाससहितको महासंघीय अभ्यासमा लैजानुपर्दछ ।
• मगर संघ दैनिक प्रशासन र झिना मसिना काममा अल्झेको छ तर सामाजिक,आर्थिक र राजनीतिक मुद्दाहरु मगर संघको प्राथमिकतामा छैनन । उठाइएका मुद्दाहरु पनि स्थानीय र प्रभावहीन छन् ।
• एकिकृतरुपमा सामाजिक, आर्थिक राजनीतिक र साँस्कृतिक मुद्दाहरुलाई अल्पकालीन र दीर्घकालीन योजनासहित उठाउँदै राष्ट्रिय अन्तराष्ट्रियकरण गर्नुपर्दछ ।
• मगर संघका कार्यक्रमहरु मगर समाजमा मात्र केन्द्रित छ ।
• नेपालको आदिवासी जनजाति आन्दोलन तथा राष्ट्रिय आन्दोलनसंग जोडिनुपर्दछ ।
• आम मगरहरुको भावनालाई समेट्न सकेको छैन ।
• सवै विचार, क्षेत्र, वर्ग, लिंग,पेशा व्यवशास र संस्कृतिका मगरहरुको पहुँच र अपनत्व स्थापित गरी भावनात्मक एकता कायमगर्ने हुनुपर्दछ ।
• मगर संघको आर्थिक श्रोत विगतको तुलनामा राम्रो देखिन्छ तरपनि आर्थिक कमजोरी देखिन्छ । भएका श्रोत साधनको पनि पारदर्शिता र कार्यन्वयनमा प्रभावकारीता छैन।
• नयाँ नयाँ आर्थिक श्रोतको मपहिचान गनु जरुरी छ । आर्थिक क्षेत्रमा लागेका व्यक्तिहरुसँग परामर्श गरी आर्थिक नीति तया पार्दै पारदर्शि र गतिशील बनाउनुपर्दछ
• मगर समाजको भन्दा राजनैतिक पार्टीको मुद्दा र आस्थालाई बढी ध्यान दिए जस्तो देखिन्छ । यसले संघलाई पार्टीकरण गराउदै भागबण्डा ले ग्रसित बनाएको छ ।
• बैचारिक रुपले सै पार्टीको प्रतिनिधित्व आवश्यक छ तर मगर जातिको मुद्दालाई राजनीतिकरण गर्दै सवै मगरको साझा संस्था बनाउनुपर्दछ । र,संघलाई पार्टीको होइन समाजको ऐना बनाउनु पर्छ ।
४. अवको मगर नेतृत्व कस्तो ?
अहिलेको नेतृत्व कस्तो छ?
अव कस्तो नेतृन्व चाहिन्छ?
सैद्धान्तिक वैचारिक अस्पस्टता सैद्धान्तिक बैचारिकरुपमा सुस्पस्ट नेतृत्वक्षमता संघलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन जस्तो ठान्ने,समुदायको विविधता र फरक विचारको सम्मान गर्न नसकेको ।
व्यक्तिगत स्वार्थभन्दामाथि उठी समग्र सामुदायिक र संस्थागतहितकालागि समर्पित । जहाँ मगर त्यहाँ मगर संघ हुनु पर्छ भन्ने मान्यता राख्ने ।
आदिवासी जनाजाति आन्दोलनको नेतृत्वमा प्रभाव हिनता ।
आदिवासीजनजाति तथा राष्ट्रियताको आन्दोलनको नेतृत्व गर्न सक्ने ।
अन्धजातिवादी, मनोगत र संकुचित सोंच, चिन्तन र प्रस्तुति देखिएको ।
मगर समाज जस्तै खुला, फराकिलो, र दूरदर्शी सोंच, चिन्तन र व्यवहार अंगाल्न सक्ने ।
नेपालको सामाजिक संरचना र आर्थिक सामाजिक,तथा राजनैतिक विश्लेषणको कमि र सांगठनिकरुपमा उत्साहीनता
सामाजिक,आर्थिक र राजनैतिक विषयको अध्यायनशिल र सांगठनिकरुपमा उत्साही नेतृत्व
पदीय लालस गर्ने तर प्राप्ति पछि त्यसको गरिमालाई उच्च र सम्मानित बनाउने जिम्मेवारी पुरा नगरिएको या ध्यान नदिएको ।
पद मात्र ओगट्ने होइन काम गर्ने र जिम्मेवारी महसशु गरी दायित्व पुरा गर्ने नेतृत्व
पार्टीगत भागबण्डावाट ग्रसित भएजस्तो
पार्टीगत वा गुटगट भावना भन्दा माथि उठेर सामुदायिक हितमा काम गर्नसक्ने ।
कतिपय सन्दर्भमा नैतिक विचलन देखिएको
नैतिक तथा चरित्रवान व्यक्तित्व
मगर समाजले नै नचिने जस्तो,समाजलाई चिन्न नचहाने र समाजमाजका र्यक्रम प्रति वेवास्ता
मगर पहिचान, पहुँच र प्रतिनिधित्वलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापितगर्नसक्ने
मगर समुदायको अपनत्वमा कमी । सम्मानमा गर्व गर्ने तर तिरस्कारमा गम्भिर नहुने ।
सवै मगरले साझा अपनत्व र स्वामित्व अनुभूतिको बोध गराउन सक्ने। ठूलालाई चाकडि र स्यानोलाई उपेक्षा नगर्ने ।
५. निष्कर्ष र अनुरोध
यो आधार पत्रमा हामीले सवैभन्दा पहिले हाम्रो मगर समाज विविधतापूर्ण, व्यापक र शक्तिशाली छ भनेर स्मरण गराउने प्रयास गरेका छौं । त्यसपछि हाम्रो साझा सामाजिक संस्था निर्माणको तीनदशक भन्दा लामो यात्रामा हामीले अबलम्बन गरेका नीति, कार्यक्रम र नेतृत्वको अभ्यास मगर समाज जस्तै व्यापक र विविधतापूर्ण हुन सकेको छैन भनेर देखाउन खोजेका छौ । साथै, अव कस्तो नीतिकार्यक्रम र नेतृत्व अवलम्बन गर्नुपर्दछ भन्ने सैद्धान्तिक मान्यतालाई अगाडी सारेका छौ । हामी सवै मगर समाजको सदस्यभएको नाताले हाम्रो नेपाल मगर संघलाई पनि राम्रो र प्रभावकारी बनाउनुपर्दछ भन्ने मान्यतावाट हामी निर्देशित हुनुपर्दछ । तसर्थ आजको अन्तरक्रिया कार्यक्रममा मात्र होइन, संघको महाधिवेशनसम्मै छलफल र बहस गर्दै मगर समाजको समग्र हित र स्वार्थको पक्षमा उभिन सक्ने स्वाभिमानी, स्वतन्त्र, त्यागी र वैचारिकरुपमा सुस्पस्ट दृष्टिकोण राख्नसक्ने राष्ट्रिय व्यक्तित्व सहितको नेतृत्व समूह निर्माणमा अग्रसर हुनहाम्रो अनुरोध छ ।
मगर सरोकार समूह,
२९ चैत्र,२०७२, काठमाडौं ।
(थापा मगर संबिधान सभाका पूर्ब सभासद हुन)
यो पनि पढनुहोस नेपाल मगर संघको आगामी नेतृत्व कस्तो हुनुपर्दछ ?