नेपाल मगर संघको आगामी नेतृत्व कस्तो हुनुपर्दछ ?

Read Time:8 Minute, 52 Second

केहर सिं थापा

काठमाण्डौ, चैत्र ३० नेपाल मगर संघको ११ औं महाधिवेशन २०७३ वैशाख १८ देखि २२ को सन्दर्भमा आयोजित कार्यक्रममा अवको अगर संघ कस्तो हुनुपर्दछ ?भन्ने बारे अन्तरक्रिया कार्यक्रम २९ चैतका दिन यूनिएन हाउस आनम नगरमा एक बहशको रुपमा सम्पन्न भएको छ ।

मगर सरोकार समूह आयोजक रहेको उक्त कार्यक्रममा नेपाल मगर संघका सस्थापक महासचिब सुरेश आले मगर नेपाल मगर संघका पूर्ब अध्यक्ष क्या.यामबहादुर बुढाथोकी मगर, पुर्ब उपाध्यक्ष बम कुमारी बुडा मगर,पूर्ब अर्थमन्त्री बर्षमान पुन मगर, पोखरा बिश्वबिधालयका पूर्ब उपकुलपति प्राध्यपक डा.केसर जंग बराल मगर, नेपाली कांग्रेसका सांसद अमरबहादुर पुन मगर,भोज बिक्रम बुडा मगर र नेपाल मगर संघ केन्द्रिय समितिका संचार सचिब माधव दर्लामी मगर प्यानलिष्टका रुपमा उपस्थित भएका थिए ।

कार्यक्रम दुई सेशनमा चलाईएको थियो । नेपाल मगर संघलाई कस्तो बनाउने ?भन्ने आधार पत्र पूर्ब संबिधान सभाका सभासद् रामबहादुर थापा मगरले प्रस्तुत गरेका थिए । नेपाल मगर संघको नीति तथा कार्यक्रम कस्तो हुनुपर्दछ भन्ने पत्रको आधारमा पहिलो सेशनको छलफल तथा प्रस्तुतिको सहजकर्ता नेपाल पत्रकार महांघका महासचिब उजिर मगरले गरेका थिए ।

नेपाल मगर संघको आगामी नेतृत्व कस्तो हुनुपर्दछ ? भन्ने दोष्रो सेशनको प्रस्तुति तथा छलफलका सहजकर्ता प्रा.डा. चित्रबहादुर बुढाथोकी मगरले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमका अध्यक्षता ललितपुर मगर समाज सेवा केन्द्रका अध्यक्ष ले.मान बहादुर बुढा मगरले गरेका थिए भने मगर सरोकार समूहका रामबहादुर थापा मगर र झकेन्द्र घर्ती मगरले संचालन गरेका थिए ।

संघका सस्थापक महासचिब सुरेश आले मगरले नेपाल मगर संघको स्थापनाकाल बिगत देखि बर्तमान सम्मका तिता तथा यर्थाथ बताएका थिए । पूर्ब अर्थमन्त्री तथा एकिकृत माओबादीका सचिब बर्षमान पुन मगरले बाणीज्य महासंघको उदाहरण दिदै मगर संघको नेतृत्वमा जाने ब्याक्तिले चार बर्षका लागी राजनितिक,ब्यापार र अरु संगठनबाट अलग रहेर काम गरे मात्र मगर समाजको बिकास र उन्नति हुने बिचार राखेका थिए ।

 

संघका पूर्ब अध्यक्ष क्या.याम बहादुर बुढाथोकी मगरले संघको बिधानको असहज बारे ब्याख्या गर्दै नेतृत्वमा जानलाई एक कार्यकाल पदाधिकारीमा बस्नुपर्ने प्रावधान हटाई राम्रो ब्याक्ति संघमा जानु पर्ने र बिधानको धेरै धाराहरुमा सुधारको आबश्यक रहेको प्रस्ट पारेका थिए । पिएचडि सोधार्थी तथा मगर लेखक तथा साहित्य संघका उपाध्यक्ष विष्णु सिंजाली मगरले पहिलाको बिधान अर्थात यस अघिका अधिवेशनमा पाच जना प्रतिनिधि जाने ब्याबस्थालाइ खारेज गरी तिन जना प्रतिनिधि जाने ब्याबस्था बैज्ञानिक हैन , धेरै भन्दा धेरै मगरले महाधिवेशनमा प्रतिनिधि भएर भाग लिन पाउनुपर्छ । जबकि ६५ हजार मगर बराबर एक जना प्रतिनिधि पाउनु मगरको बिकाशको लागी पनि यो बिधान बाधक भएको बिचार राखेका थिए । उनले थपे मगर संघको बिधानले राजनितिक पार्टीमा भन्दा पनि तानाशाही लादेको बिचार राखेका थिए ।

नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर र महासचिब नबिन रोका मगरलाई प्यानलिष्टको रुपमा आमन्त्रित गरिएता पनि उनिहरु कार्यक्रममा उपस्थित भएनन् । महासचिब नबिन रोका मगर दाङ जिल्लामा र अध्यक्ष काठमाण्डौ मै थिए । कार्यक्रममा उपस्थित अधिकांस मगर बक्ताहरुले उनिहरुको तिब्र आलोचना गरे पछि मगर संघका संचार सचिब समेत रहेका प्यानलिष्ट माधव दर्लामी मगरले उनिहरुको बचाउ गरेका थिए ।

मगर संघ हंगकंगका पूर्ब अध्यक्ष,गोरेबहादुर खपांगी फाउन्डेशन र नेपाल मगर भुतपूर्ब सैनिक तथा प्रहरी संघका अध्यक्ष हुमबहादुर पचभैया थापा मगरले मगरहरुलाई राज्यको मुलधारमा ल्याउन नेपाल मगर संघको महत्वपूर्ण भूमिका रहने हुदा उसले खेल्ने सक्ने रणनिती अब आउने नेतृत्वले चनाखो भएर भूमिका निभाउनु पर्नेमा जोड दिए । उनले थपे आफु धेरै चोटी उपराष्ट्रपतिको कार्यक्रममा भाग लिएको र हालै सुमेरु हस्पिटलमा स्वास्थ्य उपचार गराई रहनु भएकी राष्ट्रको दोष्रो र तेस्रो मर्यादाक्रममा रहदा रहदै पनि मुलधारको पत्रपत्रिकामा समचार नआउनु दुःखत रहेको भन्दै छलफल तथा प्रस्तुतिको सहजकर्ता समेत रहेका नेपाल पत्रकार महांघका महासचिब उजिर मगरलाइ मगर समाजका अग्रणी ब्यक्तित्वहरु नेपाल सरकारको उच्च ओहोदामा रहदा मुख्यपृष्ठमै समचार बनाउन र पहल गराउन अनुरोध गरेका थिए ।

पूर्ब उपसचिब तथा मास्टर मित्रसेन प्रतिष्ठानका अध्यक्ष ८१ बर्षिय त्रिलोक थापा मगरले मगरलाई आीथक बिकास गरे मात्र मगरको समग्र बिकास हुने बिचार राखेका थिए । त्यस्तै पूर्ब उपसचिब तथा भूतपूर्ब कर्मचारी संघका संयोजक तिलबहादुर राना मगरले मगर यूबाहरुलाइ धेरै भन्दा धेरै शिक्षामा जोड दिदै मगरहरु शिक्षित भएमा मात्रै अरु जात,जाति सरह निजामति सेवा र सरकारी सेवामा प्रबेश गराउन सकिने धारणा राखेका थिए । उनले थपे लोकसेवा आयोगको तयारी कक्षा संचालन गरेर गत बर्ष सोह् जना मगरयूबाहरु अधिकृत बनाउन आफु सफल भएको जानकारी गराउदै खुसी ब्यक्त समेत गरेका थिए ।

अन्य बक्ताहरुमा नेपाल मगर पर्यटन समाजका उपाध्यक्ष गायत्री राना मगर,नेपाल मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की मगर , नेपाल मगर महिला संघका अध्यक्ष गंगा खासु मगर , मगरहांगका अध्यक्ष्ँ धनकेशर सूर्यवंसी मगर, मगरात मुक्ति मोर्चाका अध्यक्ष सुर्दशन वराल मगर, राम मगर,हिमाल पुन मगर,समिर राना मगर, नया सक्ति तथा लेखक संघका सोपा घर्ती मगर, नेपाल मगर संघ यूकेका महासचिब लाल पून मगर, बिश्व मगर संघ बेल्जियमका नेत्रबहादुर मगर, जापान मगर संघका पूर्ब अध्यक्ष राजु राना मगर, नेपाल मगर संघ मलेसीयाका प्रतिनिधि लगायत बिभिन्न संघ सस्थाका ब्याक्तित्वहरुले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा भाग लिने बौद्धिक वर्ग र अधिकांश प्रतिनिधिहरुले यस्ता छलफल र बहशहरु निरन्तर भइरहनु पर्ने बताएका थिए । कार्यक्रम दिनको १ बजे देखि सुरु भई बेलुकीको डिनर सहित ८ बजे समापन भएको थियो ।

नेपाल मगर संघलाई कस्तो बनाउने ?

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %