मगर भूपू सैनिकलाई भातृसस्थाको मान्यता दिने नेपाल मगर संघको निर्णय

Read Time:4 Minute, 51 Second

ज्ञापन पत्रको पुरा पाठ सहित पढ्नुहोस

राज्यसत्ता ब्युरो,

फोटो: गंगा बहादुर आले मगर

काठमाण्डौ,चैत्र २८- नेपाल मगर संघले भूपू शैनिक संघलाई भातृ सस्थाको मान्यता दिने निर्णय गरेको छ ।

(केन्द्रिय अध्यक्षलाइ ज्ञापन पत्र हस्तान्तरण गर्दै हुम थापा मगर) शनिबार बेलुकी चितवनमा सम्पन्न मगर संघको केन्द्रिय समितिको बैठकले मगर भूपू सैनिकलाई भातृसस्थाको रुपमा मान्यता दिने र मगर संघको आगामी ११ औ महाधिबेशनमै सहभागी गराउने निर्णय भएको मगर संघका सचिब ज्ञानेन्द्र पुनले जानकारी दिए ।

पुनका अनुसार मगर भूपू शैनिक संघलाई एक हप्ता भित्र आवश्यक कागजपत्र बुझाउन भनिएको छ । भूपू सैनिकका आवश्यक काम अगाडि बढाउन बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती र सचिब ज्ञानेन्द्र पुनलाई बैठकले जिम्मेवारी दिएको छ । संघको बिधान अनुसार मगर भूपू संघमा अव प्रहरी पनि थपिने भएको छ ।

(ज्ञापन पत्र बाचन गर्दै महासचिब बिकट्टा मगर)

पुर्ब मेची देखि पश्चिम महाकाली सम्मका सबै क्षेत्रका सैनिक प्रहरी अटाउने गरी भूपू सैनिकको नया संरचना निर्माण गरी ७ दिन भित्र संघमा पेश गर्न भनिएको संघका संचार सचिब माधब दर्लामीले जानकारी दिए । चितवनमा मगर संघको बैठक बसीरहेको बेला मगर भूपू सैनिक संघका अध्यक्ष हुम बहादुर थापा (पचभैया) मगरले केन्द्रय अध्यक्ष महेन्द्र थापा मगरलाइ ज्ञापन पत्र दिएका हुन । भूपू सैनिक संघका महासचिब दलबहादुर बिरकट्टा मगरले बेठक हलमा ज्ञापन पत्र बाचन गरेका थिए । पचभैयाको नेतृत्वमा ५० बढी भूपूहरु ज्ञापन पत्र बुझाउन चितवन भेला भएका थिए । भूपूहरुको ज्ञापन पत्र माथि ब्यापक छलफल भई भातृसस्थाको मान्यता दिने मगर संघले निर्णय गरेको हो ।

(बिकट्टा मगरको बिचार सुन्दै केन्द्रिय सदश्य तथा पदाधिकारीहरू)

मगर संघका अन्य सरोकारवाला र शुभेच्छुक सस्थाहरुलाई पनि पर्यबेक्षकको रुपमा महाधिबेशनमा प्रतिनिधित्व गराउने बारेमा पनि छलफल भएको र यसको बारेमा आगामी ४ गते बस्ने मगर संघको सचिवालय बैठकले अन्तिम टुङ्गो लगाउने बैठकले निर्णय गरेको छ ।

यस अघि भूपूहरुले आफुहरुलाई मगर संघले भातृसस्थाको मान्यता नदिएर बेवास्ता गरेको गुनासो गरेपछि देश बिदेश बाट समेत मगर संघलाई चर्को दवाब परेको थियो । मगर भूपू सैनिक संघका अध्यक्ष हुम बहादुर थापा मगरले नेपाल मगर संघको पछिल्लो निर्णयलाइ स्वागत गर्दै केन्द्रिय समितिलाइ धन्यबाद समेत दिएका छन । लाखौ भूपूहरुलाई हौश्याएको भन्दै तत्काल मगर भूपूहरुको बैठक बसेर आवश्यक कागजपत्र संघमा बुझाउने जानकारी दिएका छन ।

(भूपू सैनिकको पक्षमा वोकालत गर्दै के.स नरबहादुर राना मगर)

मगर संघको केन्द्रिय समितिको बैठकले बैशाख १८ देखि २२ सम्म चितवनमा हुन लागेको ११ औ महाधिबेशनमा ६५ जिल्ला, ११ बिदेश शाखा र मगर भूपू सैनिक सहित ६ वटा भातृसस्थालाई सहभागी गराउने निर्णय गरेको छ । बैठकमा सहमति मार्फत नया कार्यसमिति चयन गर्ने कुरा उठेपनि केन्द्रिय पदाधिकारीहरुले सहमति नभए आफुहरू उठ्ने घोषणा गरेका छन् ।

(बैठक कक्ष बाहिर निर्णय पर्खिदै भूपू सैनिकहरू)

(होटेल रोयल सेचुनचुलीमा सहयात्री भूपू सैनिकहरूलाइ ज्ञापन पत्र बारे जानकारी दिदै)

(मगर भाषा समचार बाचिका पत्रकार प्रेम कुमारी आले मगरले जिज्ञासा लिदै)

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %