आफ्नै घर परिवार मिलाउन नसक्नेले देश कसरी मिलाउछ ?

Read Time:3 Minute, 11 Second

पहिला घर परिवार बलियो बनाउ अनी देश चलाऊ ।

हुम सुनारी मगर ,

एउटा परिवारको सदस्यहरू बीच कहिलेकाहिं ठाकठुक त हुन्छ नै त्यसलाई घर मूलिले सम्हाल्न सक्नु पर्दछ । सबैलाई मिलाएर एकताको सुत्रमा बाँध्न सक्नु पर्छ। सबैको एकताले नै परिवार मजबूत हुने हो। परिवार भित्रको फुटले छिमेकी हाँस्छन् । “दाजुभाई फुटे गँवारले लुटे” भन्ने उखानको चरिथार्थ हाम्रो गौरवशाली पार्टी भित्र भयो ।


बैचारिक र सैद्धान्तिक मतभेद र बिचलन भयो भने पार्टी टुक्रिनु स्वभावै भयो। तर, तत्कालिन राष्ट्रिय जनमुक्ति पार्टीमा त्यस्तो केही देखिएन तर व्यक्तिगत स्वार्थ, गुट उपगुट, वैमनस्यता, अहमता र नेतृत्वहरूको अपरिपक्वता कै कारणले पार्टी विभाजित हुँदै गयो । त्यसो हुनु हुँदैनथ्यो।

अब, ति सबै विभाजित समूह र पक्षहरूसँग पार्टी एकताको लागि बहस छलफल चलाउनु पर्छ। माउ (घरमूली) पार्टीको हैसियतले संघीय जनमुक्ति पार्टीले नै यसको पहल छिट्टै गरोस्। बहुजातीय समाजवादको सुत्रधार कर्ता संघीय जनमुक्ति पार्टी नै भएकोले उस्तै उस्तै राजनीतिक सिद्धान्त बोकेर पछि जन्मेका पार्टीहरूसँग पनि पार्टी एकताको पहल यसैले गर्नुपर्छ। तर, त्यो भन्दा अगाडी फुटेर गएका श्रद्धेय गोरे बहादुर खपाङ्गीका समूह र शिवलाल थापा समूहसँग आगामी हुने महाधिवेशन भन्दा अगावै पार्टी एकताको लागि पहल यहि माउ पार्टीले नै गरोस्।

आफ्नै घरका दाजुभाईहरूलाई मिलाएर राख्न सकिदैन भने त्यसले अर्को घरको समस्या कसरि समाधान गर्न सक्छ ? यहाँ त राष्ट्रिय एकताको सवाल छ। मूलुकको समृद्धि र सुशासनको कुरा छ। राज्यसत्ता कब्जा गर्ने कुरा छ। आफ्नैलाई पाखा लगाएर कसलाई समेटेर राष्ट्रिय एकता गर्ने ? कसको समर्थन लिएर राज्यसत्ता कब्जा गर्ने ? एकता नचाहने पार्टी भित्र कोहि हुनुहुन्छ भने त्यसको कारण सहित यहाँ प्रस्तुत हुनु पर्यो। होइन भने बिनासर्त अबिलम्ब पार्टी एकताको लागि पार्टी कै नेता तथा कार्यकर्ताहरूबाट दबाब दिनुपर्ने समय आयो। एकताको पहल गर्नु नै मेरो पार्टी प्रवेशको अर्को उद्देश्य हो।

सुनारी मगर, प्रवास जनमुक्ति मञ्च, साउदी अरेवीयाका अध्यक्ष हुन । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %