नेपाल मगर भूपू सैनिक संघलाई नेपाल मगर संघले बिना सर्त आवद्धता दिइयोस्

Read Time:3 Minute, 23 Second
हुम सुनारी मगर
 
चैत २४- नेपाल मगर संघ, केन्द्रीय समितिको आगामी महाधिवेशनमा नेपाल मगर भूपू सैनिक संघलाई प्रतिनिधि नदिने बारे मगर अन्तर्राष्ट्रिय मञ्चले गम्भीर ध्यानाकर्षण गर्दछ। हामी १९ लाख नेपाली मगरहरू बिगत ३३ बर्षदेखि अधिकारको लागि सङ्गठित हुँदै आइरहेका छौं । हाम्रो भाषा, धर्म र संस्कृतिको संरक्षण, संबर्द्धन र बिकासका लागि हामी आम मगरहरू सङ्गठित भएका हौँ।
दोश्रो, राज्यको हरेक निकायहरूमा जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशिताको व्यवस्था गरेर मगरहरूलाई सोहि अनुसारको प्रतिनिधित्वको प्रत्याभूत गराइयोस् भन्ने हाम्रो अर्को प्रमुख उद्देश्य रहेको छ। 
 
नेपाल मगर संघ आम १९ लाख मगरहरूको छाता संगठन हो। जहाँ सबै मगरहरू अट्न सक्नु पर्छ। मगरहरूको कुनै भातृ संस्था यसमा अट्न सक्ने र कुनै अट्न नसक्ने भन्ने हुनै सक्दैन। हामी अधिकार (rights) र समावेशीता (inclusiveness) को लागि सङ्गठित हुने तर हाम्रै मगर संघ संस्थाहरू मध्ये कसैलाई अधिकार र समावेश/आवद्ध दिने कसैलाई नदिने भन्ने त्यो कसरी भयो ? कुनै मगर संघ संस्थालाई आवद्ध गर्ने कुनैलाई बाहिर राख्ने गरेर हाम्रो यो महान उद्देश्यहरू कसरी प्राप्त हुन्छ ?
 
 
मगरहरूको एउटा प्रमुख पेशा बैदेशिक भर्तीकेन्द्र हो। जहाँ अहिले पनि अधिकांश मगरहरू कार्यरत छन्। बेलायत र हंङकङको मगर संघ भूपू गोर्खाहरूको संलग्नता र योगदान ले नै निर्माण भएका हुन्। हजारौं मगर भूपू  शैनिकहरू स्वदेश मै छन्। वहाँहरू पनि भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्द्धन कै लागि र समान अधिकार कै खातिर सङ्गठित हुने नैसर्गिग अधिकार छ। 
 
उनीहरू माथि उल्लेख गरिएका उद्देश्यहरू प्राप्तिका लागि बाहेक अर्को कुनै उद्देश्य लिएर सङ्गठित भएका पक्कै होइनन्। वहाँहरू नेपाली मगर नभई भारतीय मगर भूपू अथवा बेलायत मगर भूपूको रूपमा सङ्गठित भएका पनि होइनन्। संस्था कै नामको अगाडि “नेपाल मगर” त्यस पछि भूपू शैनिक संघ नाम राखेर सङ्गठित भईसके पछि आम मगरहरूको छाता संगठन नेपाल मगर संघले आवद्धता नदिने भन्ने हुने सक्दैन। 
 
मगरले मगरलाई अलग्याएर त्यो नेपाल मगर संघ हुनै सक्दैन। त्यसैले, नेपाल मगर भूपू सैनिक  संघलाई बिना सर्त आवद्धता दिइयोस् र आगामी महाधिवेशनमा यसबाट प्रतिनिधिहरूको आह्वान गरियोस्।  
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %