मनोज घर्ती मगर
छैटौं मिस नेवाः पोखरा–११३६ कोे उपाधि कास्की मोहरीयाटोलकी एलिसा जोशीले जितेकी छन् । १८ जना प्रतिस्पर्धिलाई पछि पार्दै एलिसाले उपाधि जितेकी हुन् । बेष्ट ट्यालेण्टको सब टाइटलसहित उपाधी जितेकी एलिसाले ४० हजार रुपैयाँ, क्राउन, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्पर पुरस्कार पाइन् । यस्तै रामबजारकी सुवि तण्डुकारले बेष्ट स्माइल र बेष्ट पर्सनालिटीको सब टाइटलसहित फस्ट रनरफप भइन् । उनले २५ हजार, क्राउन लगायत पुरस्कार जितिन् । सेकेण्ड रनरफप भएकी सन्ध्या श्रेष्ठले १५ हजार रुपैयाँसहित प्रमाणपत्र र आकर्षक उपहारहरु पुरस्कार पाइन् ।
बेष्ट फोटोजेनिक करिस्मा शाहिले र बेस्ट नेवारी ल्याङ्गवेज दुवै टाइटल आफ्नो पोल्टामा पारिन् । बेष्ट भ्युअर च्वाइस सेलिका श्रेष्ठ, मोस्ट फ्रेण्डली दिपिका श्रेष्ठ भईन् । उनीहरु सबैले जनही ५ हजार रुपैयाँ, प्रमाणपत्र र उपहार पुरस्कार पाएको प्रचारप्रसार संयोजक सञ्जय कुमार मल्लले जानकारी दिए । नेवाः खल, कास्कीले हरेक वर्ष मौलिक नेवा संस्कृति, भाषा, भेषभुषा, कला, रहनसहन आदिको संरक्षण र सम्बद्र्धन गर्दै नेवाः समुदायका अविबाहित युवतीहरुलाई यसबारे अवगत गराउने वर्षेनी यो प्रतियोगिता गर्दै आएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए ।
प्रतियोगीलाई एक महिनाको बिभिन्न किसिमका तालिम प्रदान दिइनुका साथै नेवारी मौलिक संस्कृति बारे जानकारी गराउन काठमाण्डौ, बुङ्गमति, ललितपुर र भक्तपुरको साँस्कृतिक भ्रमणमा गराइएको थियो ।
तस्वीरः सुरज श्रेष्ठ-ठिकठाक डटकम