हुम सुनारी मगर
आम नेपाली जनताको मुक्ति चाहेको हो, जनमुक्तिले। आदिवासी जनजाति मात्रै आम नेपाली जनता होइनन्। दलित, मधेशी, मुस्लिम मात्रै पनि आम नेपाली जनता होइनन्। ब्राम्हण, क्षेत्री, दस्नामी र ठकुरी मात्रै पनि आम नेपाली जनता होइनन्। पुरै, पौने तीन करोड जनता आम नेपाली जनता हुन्। कसले भन्यो जनमुक्तिलाई नितान्त जनजातिहरूको मात्र पार्टी हो भनेर रु समाजवादको खोक्रो नारा लगाउनेहरूले रु लोकतन्त्रको धज्जी उडाउनेहरूले रु नक्कली साम्यवादीहरूले रु या एक तर्फीय सूचना प्रबाह गर्न पल्किएका पत्रकारहरूले रु हो, जनमुक्ति पार्टीलाई केहि जनजाति नेताहरूले बहुजातीय समाजवादू को दर्शनलाई अवलम्बन गरेर पार्टी स्थापना गरेको पक्कै हो ।
के जनजाति नेताहरूले स्थापना गरेको पार्टीलाई जनजातिको पार्टी भन्न मिल्छ रु त्यसो हो भने नेपाली काँग्रेसलाई ब्राम्हण नेताले जन्माएको हो, त्यसलाई ब्राम्हण पार्टी भनौं रु एमालेलाई ब्राम्हण पार्टी भनौं रु माओवादी, राप्रपा लगायत ब्राम्हणहरूले नेतृत्व गरेको सबै पार्टीहरूलाई ब्राम्हण पार्टी भनौं रु जनमुक्ति पार्टीले जातीय उत्पीडनलाई माथि उठाएर समावेशी महान समाजवादको नीति अवलम्बन गर्यो। सदियौंदेखि भाषिक, धार्मिक र साँस्कृतिक रूपमा थिच्चिएर बस्ने आम उत्पीडित
नेपाली समाजलाई मुक्त गर्ने नीति महान समाजवादी हुन्छ कि जातीय पार्टी हुन्छ रु निरङ्कुश, बुर्जुवा, नोकरशाह, दलाल र शोसकहरूबाट सदियौंदेखि पिल्सिएर दासी जीवन बिताइरहेका र बर्गीय रूपमा उत्पीडनमा पारिएका आम नेपाली सर्बहारा जनताको मुक्तिको लागि अढाई दर्जन बर्षदेखि शसस्त्रको माध्यमबाट नभई शास्त्रको बाटोबाट संघर्षशील जनमुक्ति पार्टी कसरी जातीय पार्टी हुन्छ रु के जनजाति, दलित, मुस्लिम, मधेशी र अल्पसंख्यकरसिमान्तकृत नेपाली समूदायहरू मात्रै बर्गीय उत्पीडनमा परेका छन् रु कर्णाली, सुदुरपश्चिम लगायत नेपालको कैयौं क्षेत्रहरूमा पनि ब्राम्हण, क्षेत्री, ठकुरी र दस्नामीहरू बर्गीय रूपमा उत्पीडनमा परेका छैनन् रु के नेपालका सबै ब्राम्हण क्षेत्रीहरू सम्पन्न छन् रु बर्गीय रूपमा उत्पीडन र ति बिपन्न ब्राम्हण क्षेत्रीहरूलाई सम्पन्न हुने अधिकार छ कि छैन रु तिनीहरूलाई मुक्तिको आवश्यकता छैन रु महान बहुजातीय समाजवाद दर्शनले भाषिक, धार्मिक र साँस्कृतिक रूपमा उत्पीडनमा परेका र नपरेका सबै जातजाति र पक्षहरूलाई समेटेको हुन्छ र छ पनि।
के जनजातिहरूले मात्र आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गर्नु पर्ने हुन्छ रु ब्राम्हणले आफ्नो संस्कृतू भाषाको संरक्षण गर्नु पर्छ कि पर्दैनरु यद्धपि, एक संस्कृत बिषयलाई मात्र राज्यले प्रोत्साहित गर्ने कार्यलाई पार्टीले घोर आपत्ति जनाउँनु पर्छ। आफ्नो हिन्दु धर्मलाई जोगाइ राख्न पर्छ कि पर्दैन रु पश्चिमी संस्कार र संस्कृतिको बिकृति नेपालमा भित्रिरहेको अवस्थामा त्यसलाई निरूत्साहित पार्दै आफ्नै मौलिकता, संस्कार र संस्कृतिलाई जोगाइ राख्न पर्छ कि पर्दैन रु यी यावत कुराहरूलाई सम्बोधन र संरक्षण गर्न नेपालमा बहुजातीय समाजवादू को आवश्यकता छ, जसलाई जनमुक्ति पार्टीले नेपालमा पहिलो पटक प्रतिपादन गर्यो।
अब भन्नुस् जनमुक्ति पार्टी कसरी जातीय पार्टी भयो रु जनमुक्ति पार्टीले जनसंख्याको आधारमा राज्यको हरेक निकायहरूमा समानुपातिक समावेशी नीति राज्यले लागू गर्नु पर्छ भनेको छ। के समावेशीता जनजाति, दलित, मधेशी र मुस्लिमलाई मात्र आवश्यक छ रु जनसंख्याको आधारमा नेपालको सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्री र ब्राम्हणलाई आवश्यक छैन समावेशी नीति रु काठमाडौँ र झापाको ब्राम्हण क्षेत्रीले मात्रै अधिकार प्राप्त गर्ने र उनीहरूलाई मात्रै सम्पन्न हुने अधिकार नेपालको कुन कानुनमा लेखेको छ रु काठमाडौँका शाहरशाही ठकुरीहरू मात्रै सम्पन्न हुने कर्णाली र सुदुरपश्चिमका ठकुरीहरू अधिकार देखि बञ्चित हुनु पर्ने भन्ने नेपालको कुन कानुनमा लेखेको छ रु कर्णाली र सुदुरपश्चिमका क्षेत्रीहरू सधै बिपन्न भईरहने तर काठमाडौँ लगायत अन्य जिल्लाका क्षेत्रीहरूले मात्रै अधिकार प्राप्त गर्ने भन्ने कहिँ लेखेको छ रु यी यावत विभेदहरूलाई समाप्त पार्न नेपालमा समानुपातिक समावेशी हुनु पर्ने जनमुक्तिले आजभन्दा २५ बर्ष अगाडी उठाएका थिए।
अब कसरी जनमुक्ति पार्टी जनजातिको पार्टी भयो रु तुलनात्मक रूपमा विभिन्न उत्पीडनमा परेका जातजाति, भाषाभाषीहरू, कर्णाली र सुदुरपश्चिमका जनताहरू शिक्षामा केहि पछाडी अवश्य होलान्। तर, उनीहरू किन पछाडी परे, यस प्रति अनुसन्धान गर्नु जरुरी छ कि छैन रु के राज्यले कर्णाली र सुदुरपश्चिमका जनताले बोल्ने भाषामा औपचारिक शिक्षाको व्यवस्था गरिएको छ रु मधेशमा बोल्ने मैथली, भोजपुरी, अवधि र थारू भाषालाई त्यहाँको स्थानीय तहमा प्रार्थमिकता दिएको छ रु पूर्वमा बोल्ने लिम्बु र राई, मध्ये क्षेत्रमा बोलिने तामांग र नेवास् पश्चिममा बोलिने गुरुङ र मगरले आफ्नै भाषा लगायत सबै अल्पसंख्यक जातजातिहरूको भाषामा शैक्षिक शिक्षा लिन पाएका छन् रु मानव जातिको वास्तविक पहिचान भनेको उसको भाषा हो।
उसको धर्म हो र उसको संस्कृति हो। उसको भाषालाई नै दमन र समाप्त गर्ने कार्य २५० बर्षदेखिको एकात्मक राज्यसत्ताले गर्यो। अब नेपालमा बोलिने सबै भाषा, धर्म र संस्कृतिलाई प्रयोग गर्ने अधिकार राज्यले गर्नु पर्छ र त्यो पहिचान सहितको सङ्घीय व्यवस्थाले मात्रै सम्भव छ भनेर जनमुक्ति पार्टीले पहिलो पटक भनेका थिए। भाषा, धर्म संस्कृतिको संरक्षण गर्न नेपाल भरि रहेका आम नेपाली जनताहरूलाई समान अधिकार छ कि छैन रु त्यो चाहे ब्राम्हण होस् या जनजाति या मैथली या थारू या क्षेत्री या दलित या मुस्लिम या कुनै ( सबै सबैलाई आ(आफ्ना भाषा, धर्म र संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकास गर्नु पर्छ भन्ने मान्यता राख्दछ। त्यसको प्रत्याभूत गर्न पहिचान सहितको सङ्घीय व्यवस्थाले मात्रै सम्भव छ भनेर जनमुक्ति पार्टीले भनेका छन्। सबै सबैका भाषा, संस्कृति र धर्मको रक्षा गर्न चाहने पार्टी कसरी जातीय पार्टी हुन्छ रु एकात्मक शैलेको समाजवाद दर्शन बोकेको देशकै सबैभन्दा पुरानो पार्टीले २०४६ साल पछि सबै भन्दा बढी सत्ताको स्वाद चाखेको छ।
देशको विकासमा कायापलट गर्ने अवसर र मौका त्यो पार्टीले पायो । सबै भन्दा ठुला र पुराना साम्यवादी पार्टीहरूले सत्ताको स्वाद पटक पटक चाखी सके । त्यसका नेतृत्वहरू सम्पन्न भए, काठमाडौँमा महल ठडाए र अहिले तिनीहरू विलासिताका जीवन बिताई रहेका छन्। त्यस्तो पार्टी र तिनका नेताहरू कसरी साम्यवादी पार्टी हुन सक्छ रु नेपाल भन्दा धेरै पछि मात्रै लोकतन्त्र प्राप्त गरेका देशहरू आज विश्व कै शक्तिशाली राष्ट्रमा दर्ज भईसकेका छन् । तर, नेपाल सम्पन्न र समृद्धिको कुरा धेरै टाढाको बिषय भयो ( आम नेपाली जनताहरू जातीय मुक्तिबाट माथि उठ्नसम्म पनि सकेन।
बर्गीय मुक्तिबाट पनि माथि उठ्न सकेन। जनमुक्तिले के अहिले सम्म सत्ताको स्वाद चाखेको छ रु नेपाललाई विश्व कै गरिब राष्ट्रमा दर्ज गराउने के जनमुक्ति पार्टी नै हो रु के जनमुक्ति पार्टीले नेपालको नदीनालाहरू भारतलाई बेचेको छ रु भारतसँग राष्ट्रघाती सम्झौताहरू के जनमुक्ति पार्टीले गरेको हो रु जनमुक्ति कै कारणले के दश बर्षे जनयुद्ध भएको हो रु १७ हजार नेपाली यूवा यूवतीहरू सहादत हुनु परेको कारक के जनमुक्ति पार्टी हो रु हजारौं नेपाली जनताहरू बेपत्ता पारिए, के त्यो जनमुक्ति पार्टीको कारणले हो रु पचास लाख यूवाहरू देशमा बेरोजगारको कारणले विभिन्न देशहरूमा श्रम गर्न र गुलामी बन्न पुगेका छन् ( के त्यो जनमुक्ति पार्टीले गर्दा हो रु जनमुक्ति पार्टीले अहिलेसम्म नेपाली समाज र राष्ट्रलाई नै हानी हुने खालको के राष्ट्रघाती काम गरेको छ र यो पार्टीलाई आम नेपाली जनताले विश्वास नगर्नु पर्ने रु सङ्घीय जनमुक्ति पार्टी आम नेपाली जनताहरूलाई अधिकार दिलाउने एक मात्र पुरानो र असली समाजवादी पार्टी हो।
यसले अहिलेसम्म कुनै पनि अराष्ट्रवादी र राष्ट्रघाती कार्य गरेको छैन। जातीय र बर्गीय रूपमा ९त्यो जुन सुकै जात र समूदाय किन नहोस्० उत्पीडनमा पारिएका आम नेपाली जनताको पक्षमा यो पार्टी प्रतिवद्ध छ। विभेदरहित नीतिको अनुशरण गरेको छ। एकाधिकारवादलाई समाप्त पारेर समावेशी सिद्धान्तलाई आत्मसात गरेको छ। राष्ट्र भित्र बसोबास गर्ने प्रत्यक नेपाली नागरिकको भाषा, धर्म र संस्कृतिलाई समान रूपमा सम्मान गरेको छ। सबै सबैलाई समान किसिमको अधिकारको प्रत्याभूत गर्ने प्रतिवद्ध छ, जसले मात्रै नेपालमा स्थायी शान्ति हुने र स्थायी शान्तिले मात्रै देश समृद्धितिर उन्मूख हुने भएको हुँदा मैले १७ बर्षको राजनीतिक बिश्राम पछि सङ्घीय जनमुक्ति पार्टीमा समाहित हुने निर्णय गरेँ।
बचेकुचेको मेरो बाँकि जीवन आम नेपाली जनता, समाज र सिङ्गो राष्ट्रको लागि बिना पूर्वाग्रह, पक्षपात रहित, निश्वार्थ र स्वयंसेवकको रूपमा पार्टीमा रहेर नेपाली जनता र राष्ट्र कै पक्षमा समर्पित हुनेछु। अवसरको राजनीतिलाई निरुत्साहित पार्दै सबै सबै पक्षको समान अधिकारको लागि समाज र राष्ट्रको समृद्धिको लागि समर्पित सिपाही नै असल राजनीतिज्ञको बिशेषता हो भन्ने सिद्धान्तलाई सबै राजनीतिक कर्मीहरूले आत्मसात गरौँ।
लेखक सङ्घीय जनमुक्ति मञ्च साउदी अरेवीयाका अध्यक्ष हुन् ।