राज्य सत्ता ब्युरो
काठमाण्डौ , चैत्र २० – आगामी बैशाख १८ देखि २२ गते सम्म चितवनमा हुने नेपाल मगर संघको ११ औ राष्ट्रिय महाधिबेशनमा ५ सय बढी प्रतिनिधि र पर्यबेक्षकहरुको सहभागीता हुने भएको छ ।
चितवनमा हालै सम्पन्न मगर संघको सचिवालय बैठकले महाधिबेशनको नारा, उद्घाटन स्थल र बन्द शत्रको स्थान तय गरेको छ ।
“२०७३ साल बैशाख १८ गते चितवन जाऔ, अधिकार सम्पन्न एकिकृत मगरांत स्वायत्त प्रदेश प्राप्तीका लागि साझा अभियान, मगर समुदायको समृद्धि र आर्थिक रुपान्तरणको पक्षमा एघारौ राष्ट्रिय महाधिवेशन” भन्ने नारा तय भएको मगर संघका सचिब ज्ञानेन्द्र पुनले जानकारी दिनुभयो । सचिवालयको बैठकले प्रतिनिधि÷पर्यबेक्षकको दर्ता यही चैत्र २० देखि ३० गते सम्म अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ । महाधिबेशनको उद्घाटन शत्र चितवनको बिरेन्द्र क्याम्पसको प्राङ्गढ र बन्द शत्र नारायणी कला मन्दिरमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
महाधिबेशनमा ६५ जिल्ला, ५ भातृ सस्था र बिदेशको १० देश देखि प्रतिनिधि ÷ पर्यबेक्षक सहभागी हुने छन् । संघको बिधान सम्सोधन राष्ट्रिय सम्मेलन मार्फत गर्ने निर्णय भएको छ ।
बैठकले मगर संघको केन्द्रिय समितिको बैठक यही चैत्र २७ गते चितवनमा बस्ने निर्णय गरेको छ । महाधिबेशन सम्पन्न गर्न आवश्यक सुझाब र आर्थिक सहयोग जुटाउन लुम्बिनि अंचलको बुटवल, गण्डकी अंचलको पोखरा र नारायणी अंचलको चितवनमा सर्बपक्षिय छलफल र भेटघाट गर्ने कार्यक्रम तय भएको संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीले जानकारी दिनुभयो ।
महाधिबेशन उद्घाटनको प्रमुख अतिथिको लागी सभामुख ओनसरी घर्ती मगरलाई
ल्याउने कुराकानी भएपनि केन्द्रिय समितिको बैठकले यसको टुङगो लगाउने छ ।
प्रतिनिधि हैन, पर्यबेक्षक मात्रै
चिवालय बैठकमा मगर संघका भातृसस्थाहरु मगर भुपु सैनिक संघ, मगर चलचित्र कर्मी संघ, मगर बौद्ध सेवा समाज, मगर लेखक संघ र मगर खेलकुद संघ लाई अहिलेको माहाधिबेशनमा प्रतिनिधिको रुपमा सहभागी गराउन नसकिने निर्णय गरेको छ । संघको बिधान अनुसार भातृसस्थाहरुको १० जिल्लामा शाखाहरु गठन भएको हुनुपर्ने, अधिबेशनको ४ बर्ष पहिले संघमा आधिकारीक दर्ताको लागी निवेदन दिनुपर्ने,सस्था मगर संघमा आधिकारिक दर्ता भएको हुनुपर्ने लगाएतका कारणले यस पटकको महाधिबेशनमा उनीहरुलाई प्रतिनिधिको रुपमा सहभागी गराउन नसकिने निर्णय भएको सचिब पुनको भनाई छ । बिधान अनुसार मगर लेखक संघको
प्रकृया पुगेपनि सबै भातृसस्थाहरुलाई एकै पटक महाधिबेशन पछि राष्ट्रिय सम्मेलन गरी मगर संघको बिधान संसोधन गर्ने र ति सस्थाहरुको नाम राख्ने निर्णय भएको
छ ।
“आगामी १२ औ महाधिबेशनमा सबैलाई सहभागी गराउने गरि अघि बढेका छौ, सचिब पुनले भन्नुभयो तर अहिलेको महाधिबेशनमा उनीहरुलाई पर्यबेक्षकको रुपमा सहभागी गराईने छ । ”
मगर संघका पुराना भातृसस्थाहरु बिधार्थी, युवा, महिला, सम्पर्क समन्वय र मगर सास्कृतिक संघले भने प्रतिनिधिको रुपमा सहभागीता पाउने छन् ।
संघको महाधिबेशनका लागी जिल्ला शाखाहरु र भातृसस्थाहरु बाट एक जना महिला अनिवार्य गरी ३ जना प्रतिनिधि र दुई जना पर्यबेक्षक सहभागी हुनेछन् ।
प्रवासमा क्रियाशिल वैदेशिक शाखा समिति तथा बैदेशिक सस्थाबाट एक जना महिला अनिवार्य हुने गरी ३ जना प्रतिनिधि र १ जना पर्यबेक्षक सहभागी हुने छन् । मगर संघको ११ औ राष्ट्रिय महाधिबेशनले ३ बर्षको लागी नया कार्यसमिति चयन गर्नेछ ।
सहयोगको लागी आब्हान
मगर संघको सचिवालय बैठकले महाधिबेशन सम्पन्न गर्न झण्डै ४० लाख खर्च लाग्ने भएकाले सबैलाई सहयोग गर्न आब्हान गरेको छ । महाधिबेशनमा सहभागी हुने प्रतिनिधि र पर्यबेक्षक बाट साढे ३ लाख, जिल्ला दायित्व बाट ७ लाख उठ्ने अनुमान गरिएको छ । बाकी सबै चन्दा अभियान मार्फत सहयोग जुटाउने प्रयास भैरहेको संघका संचार सचिब माधब दर्लामीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन शत्रमा मात्रै १२ लाख खर्च लाग्ने र बाकी हरेक दिन कम्तीमा ७ लाख खर्च लाग्ने संघले अनुमान गरेको छ ।
यो खर्च प्रतिनिधि ÷ पर्यबेक्षक र स्वयम् सेवकको खाना नास्ता र बास बस्नको लागी हो ।
सहमतिमा अघि बढ्न बर्तमान अध्यक्ष र सल्लाहकारको आग्रह
सचिबालय बैठकमा मगर संघका अध्यक्ष महेन्द्र थापाले आफु अबको महाधिबेनमा कुनै पनि पदमा नबस्ने घोषणा गर्नुभयो । सहमतिको आधारमा पदाधिकारी चयन हुन सके संघलाई अगाडि बढाउन निकै सजिलो हुने उहाको सुझाब छ ।
संघका सल्लाहकार झक बहादुर थापाले पनि सहमतिकै आधारमा महाधिबेशन सकाउने गरी छलफल र अन्र्तक्रिया अघि बढाउन आग्रह गर्नुभयो । सहमतिमै पदाधिकारी चयन गर्न सके ४ दिन लाग्ने भनिएको पदाधिकारी चयनको समय पनि घट्ने र दैनिक ७ लाख खर्च पनि जोगिने अध्यक्ष र सल्लाहकार थापाको सुझाब छ ।
बैठकमा अध्यक्षका आकांक्षी बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती,पुर्बाञ्चल उपाध्यक्ष गंगा बहादुर थापा, पश्चिमाञ्चल क्षेत्रका उपाध्यक्ष बालकृष्ण काउछा र महासचिब नबिन रोक्का चारै जनाले सहमतिकै आधारमा पदाधिकारी चयन गर्नुपर्ने त भने तर आफुले अध्यक्ष पदमा भने उम्मेद्धारी दिने बताएका छन् । पुर्ब उपाध्यक्ष बम कुमारी बुढाले पनि मगर संघको नेतृत्वको लागी प्रतिस्पर्धा गर्ने तयारी गर्नुभएको बुझिएको छ ।
महाधिबेशनलाई सहमतिको आधारमा सम्पन्न गर्नुपर्नेमा जोड दिदै आउनुभएका
सचिब द्धय ज्ञानेन्द्र पुन र माधब दर्लामीले पनि सहमतिमा नगए आफुहरु महासचिबमा भिड्ने बताउदै आउनुभएको छ ।
मगर संघको यस अघिका महाधिबेशन लोकतान्त्रिक बिधिको नाउमा निर्बाचन गर्ने र राजनैतिक आस्थाका आधारमा पदाधिकारी चयन हुदै आएको छ । त्यसले गर्दा समग्र मगर हक हितको लागी उठ्नुपर्ने आवाज तेजिलो बन्न सकिरहेको छैन । मगरात पहिचान आज धरापमा छ । मगरात भुमिलाई राज्यले टुक्रा टुक्रा पारेर मगरलाई अल्पमतमा पारेको छ ।
यस्तो अवस्थामा सबै मगरहरु एक ठाउमा उभिनु आवश्यक छ, त्यसको शुरुवात नेपाल मगर संघ बाट हुनुपर्नेमा आम मगरहरुको आग्रह छ ।
