आठ बुँदे पोखरा घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सकियो

Read Time:4 Minute, 53 Second

रूद्र श्रीसमगर,

  पोखरा चैत्र,१५ – बौद्ध बिहार निर्माण र बुद्ध शिक्षा प्रचारमा जोड दिने निर्णय रूद्र श्रीसमगर पोखरा, १५ चैत्र नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा शनिबारदेखि पोखरामा सुरु भएको अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन आठ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सोमबार सकिएको छ ।


सम्मेलनले जारी गरेको घोषणापत्रमा बौद्ध चक्रपथलाई केन्द्रित गरी बहुउपयोगी बिहार स्थापना गर्ने, मगर समुदायमा परियत्ति शिक्षाको अध्ययन र प्रवद्र्धन गर्ने, बुद्ध शिक्षा र बौद्ध संस्कृतिका माध्यमबाट पुरातन संस्कृति उन्मूलन अभियान सञ्चालन गर्ने, बौद्ध स्थलहरू लुम्बिनी, तौलिहवा, कपिलवस्तु, देवदह, रामग्रामलगायतका बौद्ध सम्पदाको संरक्षणमा टेवा पु¥याउने, गाउँ गाउँमा बुद्ध शिक्षा प्रचारप्रसार, बुद्ध दर्शन, कला, संस्कृति, सभ्यता र साहित्यलाई सञ्चारमाध्यममार्फत् जनसमक्ष पु¥याउने तथा जीवनपरक बौद्ध साहित्यलाई मगर भाषामा लिपिमा प्रकाशन र प्रवद्र्धन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध धर्मगुरु, बौद्ध विद्वान्, अन्वेषक, बौद्ध अभियन्ताहरूलाई आमन्त्रित गरी विचार गोष्ठी, अन्तरक्रिया धर्म साकच्छा, आध्यात्मिक शिविरको आयोजना गर्ने र अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन–२०७२, पोखरामा प्रस्तुत भएका कार्यपत्र, महत्वपूर्ण सुझावहरूलाई बौद्ध एकता र जागरणका लागि गरेका ऐतिहासिक निर्णयहरू, महत्वपूर्ण घटनाहरू र दूरदर्शी घोषणाहरूको दस्तावेजीकरण गर्ने कुरा समेटिएका छन् ।

 सोमबार पोखरा–३, नदीपुरस्थित सम्मेलनको बन्दसत्रस्थल नगर विकास प्रशिक्षण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्रबारे जानकारी गराइएको थियो । सो अवसरमा सम्मेलनका संयोजक टीबी पुनमगर ‘रोशन’ले मगर समुदायमा बौद्ध जागरण ल्याउन सम्मेलन पूर्ण सफल भएको बताउनुभयो । बुद्ध शिक्षा र बौद्ध संस्कृतिको प्रचारप्रसारका लागि सम्मेलन कोसेढुंगा बनेको भन्दै संयोजक पुनले भन्नुभयो, ‘मगर जाति प्राचीन समयदेखि नै बौद्धमार्गी हुन् ।’ मगर बौद्ध बुद्धिजीवी परिषद्का सदस्य कमल थापामगरले मगर जातिमा धार्मिक एकता कायम गर्न सम्मेलनले ठोस सफलता प्राप्त गरेको दाबी गर्नुभयो ।

अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनले मगर समुदायलाई धार्मिक रूपमा एकताबद्ध तुल्याएको छ’, थापाले भन्नुभयो, ‘धार्मिक र सांस्कृतिक जागरण भएमात्र समुदायको प्रगति सम्भव छ ।’ दुई दिनसम्म चलेको सम्मेलनको बन्दसत्रमा नेपालमा बुद्ध धर्म र मगर समाजको वर्तमान स्थिति र भविष्य, विहारको स्वरुप, मगर संस्कार, संसारमा बुद्ध धर्म  एक विहङ्गम दृष्टि, बुद्ध धर्ममा मगर प्रव्रजितहरूको भूमिका, मगर भाषा र पाली भाषाको सम्बन्धलगायतका ६ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

  पूर्व मन्त्री एवं इतिहासविद् एमएस थापामगर, पूर्व मन्त्री बौद्ध विद्वान् डा. केशवमान शाक्य, बौद्ध विद्वान् शाक्य सुरेन, बौद्ध विद्वान् टीबी पुनमगर ‘रोशन’लगायतले प्रस्तुत गरेका कार्यपत्रमाथि विभिन्न विद्वान्हरूले टिप्पणी गरेका थिए भने सम्मेलनका प्रतिनिधिहरूले विभिन्न जिज्ञासा राखेका थिए । यसअघि, शनिबार सम्मेलनको धर्मशीला बुद्ध विहार, पोखराका प्रमुख धर्मगुरु भदन्त श्रद्धानन्द महास्थवीरले उद्घाटन गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %