समाजवादी क्रान्ति कि सामाजिक क्रान्ति ?

Read Time:3 Minute, 20 Second

नन्द बहादुर घर्ती मगर

  कुनै वेलाका अर्थमन्त्री क.अनन्त १/२ दिन अगाडि रोल्पा आएछन । एमाओवादीको आयोजनामा सरकारी कार्यालयका प्रमुखहरुलाई वटुलवाटुल पारी जिल्लाको विकासको गतिविधिवारे क.अनन्तले वुझ्ने काम गरे रे । योभन्दा एकदिन अगाडि पनि एमाले नेता माधवकुमार नेपालले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारी कार्यालयका प्रमुखहरुलाई वटुल्न लगाई जिल्लाको अवस्थावारे वुझ्ने काम भयो रे । यी दुवै पार्टीहरु यसप्रकारको काम गर्नमा तछाडमछाड गरेको पाइयो ।

सार्वजनिक पदधारण नगरेको व्यक्ति तथा पार्टीको आयोजनामा हुने यसप्रकारको गतिविधि कति उचित या अनुचित ? यी सवै पेटभित्र लुकेको छ । म ठान्छु यो राजनीतिक भ्रष्टाचार हो । राजनीतिक भ्रष्टाचारको धर्म हो जनताको सार्वभौमिकताको स्वरुपलाई क्षयीकरण गर्दै लैजाने । त्यसैले उनीहरुको यो काम वेइमानीले भरिपूर्ण छ ।

कार्यक्रममा अनन्तले भने रे, “राजनीतिक क्रान्तिको अभिभारा पूरा भयो अव समाजवादी क्रान्तिको थालनी गर्नुपर्छ र त्यो काम एमाओवादीले मात्र गर्छ ।” उनको यो भनाई वैचारिक कुरा हो । वैचारिक कुरा गर्न सवैलाई स्वतन्त्रता छ । तर यो भनाई उनको मनभित्रको ज्ञानले देख्यो या गाइडेड । हामीले छुट्टयाउन खोजेको गाँठी कुरा यो हो ।

समाजवादी क्रान्ति भनेको आर्थिक रुपले डुव्लाएका जनतालाई मोटो वनाउने संकल्पको तयारी । भनौं यो क्रान्तिको तेश्रो चरण हो । आर्थिक रुपले पहिलो विश्वशक्ति अमेरिकाको ‘नेटिभ अमेरिकन’ जसलाई हामी ‘रेड इन्डियन’ भन्छौं उनीहरु राष्ट्रपतीय निर्वाचनमा वेखवर हुन्छन । यद्यपि उनीहरु आइएलओ १६९ खाएर वसेका छन तर राजनीतिक रुपमा जागेको दखिएन । ठिक त्यसैगरी क.अनन्त र माधवकुमार नेपालले रोल्पाका सरकारी कार्यालयका प्रमुखहरुलाई वोलाई राजनीतिक भ्रष्टाचार गर्दा पनि यहाँका जनता वेखवर छन । यसको अर्थ नेपालमा पनि रेड इन्डियनहरुको वाक्लो वस्ती रहेछ भन्ने वुझिन्छ ।

क.अनन्त जुन धरातलमा छन त्यो धरातललाई समाजवादी कि सामाजिक क्रान्ति ? हामी राजनीतिक रुपमा इमान्दार छैंभने वहसमा उत्रिनुपर्छ । हैभने मान्छेको जुन विकासक्रम छ त्यसमा वाझो हाल्नु हुदैन । गाइडेडवाट चल्नु सवैभन्दा खतरापूर्ण हुन्छ । यो ज्ञानको कुरा हो । 

४ चैत २०७२

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %